“क्यासिनो नियमावली, २०७०”अनुसार नेपाल भित्र क्यासिनो संचालन गर्न निम्न कानुनि सर्तहरु पुरा गर्नु पर्छ ।
इजाजतपत्र नलिई क्यासिनो सञ्चाल इजाजतपत्र नलिई क्यासिनो सञ्चाल इजाजतपत्र नलिई क्यासिनो सञ्चालन गर्न वा गराउन नहुनेः
कसैले पनि यस नियमावली बमोजिम इजाजतपत्र नलिई क्यासिनो सञ्चालन गर्न वा गराउन हुँदैन ।
कम्पनीको रुपमा संस्थापना गर्नु पर्नेः
क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले इजाजतपत्र लिनु अघि प्रचलित कानून बमोजिम कम्पनी संस्थापना गराउनु पर्नेछ ।
पूर्व स्वी पूर्व स्वी पूर्व स्वीकृति लिनु पर्नेः
(१) क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले नियम ४ बमोजिम कम्पनीे संस्थापना गर्नु अघि देहायका कागजात संलग्न गरी पूर्व स्वीकृतिको लागि मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछः–
(क) अनुसूची–१ बमोजिमको ढाँचाको आर्थिक तथा प्राविधिक प्रस्ताव,
(ख) कम्तीमा पाँचतारे होटल वा सो सरहको डिलक्स रिर्सोटको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटल सञ्चालकको लिखित सहमति,
(ग) कम्पनीको प्रस्तावित प्रबन्धपत्र र नियमावली ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन साथ संलग्न कागजात जाँचबुझ गर्न र प्रस्तावित क्यासिनो स्थलको स्थलगत निरीक्षण गर्नको लागि मन्त्रालयले सम्बन्धित विज्ञहरू रहेको एक समिति गठन गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको समितिले निवेदन साथ संलग्न कागजातको जाँचबुझ र प्रस्तावित क्यासिनोको स्थलगत निरीक्षण समेत गरी आफ्नो राय सहितको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम समितिबाट प्राप्त भएको प्रतिवेदन जाँचबुझ गर्दा निवेदकलाई क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा पूर्व स्वीकृति दिन उपयुक्त देखेमा मन्त्रालयले आवश्यक शर्त तोकी प्रतिवेदन प्राप्त भएको मितिले एक्काईस दिनभित्र पूर्व स्वीकृति दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्रतिवेदन जाँचबुझ गर्दा क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा पूर्व स्वीकृति दिन नमिल्ने देखिएमा मन्त्रालयले पन्ध्र दिनभित्र सो कुराको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
पूर्व स्वीकृति नदिइने :
देहायको अवस्थामा मन्त्रालयले क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा कम्पनी संस्थापना गर्नको लागि
पूर्व स्वीकृति दिने छैनः–
(क) प्रस्तावित क्यासिनोको नाम पहिले नै संस्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा,
(ख) कम्पनीको प्रस्तावित सञ्चालक नियम ७ बमोजिम अयोग्य भएमा,
(ग) कम्तीमा पच्चीस करोड रुपैयाँको चुक्ता पूँजी नभएको, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा पन्ध्र करोड रुपैयाँको चुक्ता पूँजी नभएको,
(घ) धार्मिक वा साँस्कृतिक महत्वको दृष्टिले संवेदनशिल मानिएको क्षेत्रमा क्यासिनो स्थापना गर्न प्रस्ताव गरेको भएमा,
(ङ) प्रस्तावित क्यासिनो स्थल अन्तर्राष्ट्रिय सिमाना क्षेत्रबाट पाँच किलोमिटरको दूरी भित्र रहेमा,
(च) क्यासिनो सञ्चालन गर्ने स्थान पर्यटकीय सम्भाव्यताको दृष्टिकोणबाट उपयुक्त नदेखिएमा ।
अयोग्यता अयोग्यता अयोग्यताः
देहायको कुनै व्यक्ति क्यासिनो सञ्चालन गर्ने कम्पनीको सञ्चालक हुन योग्य
हुने छैनः–
(क) कुनै कारोबारको सम्बन्धमा प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(ख) सरकारी वा सार्वजनिक संस्थालाई कुनै कर, शुल्क, रकम वा अदालती दण्ड जरिवाना तिर्न बुझाउन बाँकी भएको,
(ग) साहुको दामासाहीमा परेको,
(घ) मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको ।
इजाजतपत्र सम्बन्धी व्यवस्थाः
(१) क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुर वापत पाँच लाख रुपैयाँ संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ । तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा दुई लाख रुपैयाँ निवेदन दस्तुर लाग्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन मनासिव देखिएमा मन्त्रालयले नियम १० बमोजिमको दस्तुर लिई अनुसूची–४ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र दिन नमिल्ने भएमा मन्त्रालयले सात दिनभित्र सो कुराको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम दिएको इजाजतपत्र जुन होटलमा क्यासिनो सञ्चालन गर्न दिएको हो सोही होटलमा मात्र सञ्चालन गर्न पाउनेछ ।
इजाजतपत्र दस्तुरः यस नियमावली बमोजिम इजाजतपत्र लिन दुई करोड रुपैंयाँ दस्तुर लाग्नेछ । तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा एक करोड रुपैयाँ इजाजतपत्र दस्तुर लाग्नेछ ।
बैङ्क ग्यारेण्टी बुझाउनु पर्नेः इजाजपत्रको लागि निवेदन दिन चाहने व्यक्तिले इजाजतपत्र लिनु अघि मन्त्रालयको नाउँमा मन्त्रालयले तोकेको बैङ्कबाट नियम १५ बमोजिम निर्धारित एक वर्षको रोयल्टी रकम बराबरको बैङ्क ग्यारेण्टी मन्त्रालयमा बुझाउनु पर्नेछ ।
इजाजतपत्रको अवधिः इजाजतपत्रको अवधि एक आर्थिक वर्षको हुनेछ ।
इजाजतपत्रको नवीकरणः (१) इजाजतपत्र प्राप्त कम्पनीले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै इजाजतपत्र नवीकरणको लागि देहायका कागजात संलग्न गरी मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछः–
(क) बुझाउन पर्ने रोयल्टी रकम चुक्ता गरेको प्रमाण,
(ख) अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
(ग) कम्पनीको सञ्चालक, शेयर धनीको विवरण र शेयर लगत,
(घ) अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(ङ) बैङ्क ग्यारेण्टी नवीकरण गराएको कागजात, र
(च) मन्त्रालयले तोकेको अन्य कागजात ।
(२) उपनियम (१) बमोजिम निवेदन सहितको कागजात प्राप्त भएपछि मन्त्रालयले त्यस्तो निवेदन र सो साथ संलग्न कागजात समिति समक्ष पठाउनेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन र सो साथ संलग्न कागजात जाँचबुझ गर्दा इजाजतपत्र नवीकरण गर्न मनासिव देखिएमा समितिले सोही व्यहोराको सिफारिस मन्त्रालय समक्ष गर्नेछ ।
(४) उपनियम (३) बमोजिम इजाजतपत्र नवीकरण गर्न समितिबाट सिफारिस भएमा मन्त्रालयले इजाजतपत्र दस्तुरको पचास प्रतिशतले हुने रकम नवीकरण दस्तुर वापत लिई इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
इजाजतपत्र रद्द हुनेः (१) देहायको अवस्थामा इजाजतपत्र स्वतः रद्द हुनेछ :
(क) झुट्ठा विवरण पेश गरी इजाजतपत्र लिएको पाइएमा,
(ख) नियम १३ बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा,
(ग) नियम १५ बमोजिमको अवधिभित्र रोयल्टी रकम नबुझाएमा,
(२) नियम १८ विपरीत नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा इजाजतपत्र रद्द गर्न सकिनेछ ।
(३) कुनै इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली बमोजिम पालना गर्नु पर्ने शर्तहरू पालना नगरेमा मन्त्रालयले निश्चित अवधि तोकी त्यस्ता शर्तहरू पालना गर्न, गराउन त्यस्तो इजाजतपत्र प्राप्त कम्पनीलाई सचेत गराउन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम सचेत गराउँदा पनि इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली बमोजिम पालना गर्नु पर्ने शर्तहरू पालना नगरेमा मन्त्रालयले त्यस्तो इजाजतपत्र प्राप्त व्यक्तिको इजाजतपत्र रद्द गर्नेछ ।
(५) उपनियम (१) को खण्ड (क), उपनियम (२) र (४) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि मन्त्रालयले इजाजतपत्र प्राप्त कम्पनीलाई आफ्नो सफाई पेश गर्न सात दिनको मौका दिनु पर्नेछ ।
(६) मन्त्रालयले यस नियम बमोजिम इजाजतपत्र रद्द भएको जानकारीे कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागलाई दिनु पर्नेछ ।
निर्धारित अव निर्धारित अव निर्धारित अवधिभित्र रोयल्टी रकम बुझाउनु पर्ने धिभित्र रोयल्टी रकम बुझाउनु पर्ने धिभित्र रोयल्टी रकम बुझाउनु पर्नेः इजाजतपत्र प्राप्त कम्पनीले प्रत्येक वर्ष प्रचलित कानूनले तोके बमोजिमको अवधिभित्र तोके बमोजिमको रोयल्टी रकम बुझाउनु पर्नेछ ।
इजाजतपत्र प्राप्त कम्पनीले पालना इजाजतपत्र प्राप्त कम्पनीले पालना इजाजतपत्र प्राप्त कम्पनीले पालना गर्नु पर्ने शर्त गर्नु पर्ने शर्त गर्नु पर्ने शर्तहरूः (१) यस नियमावलीमा अन्यत्र उल्लिखित शर्तहरूको अतिरिक्त इजाजतपत्र प्राप्त कम्पनीले देहायका शर्तहरू पालना गर्नु पर्नेछ :
(क) आफ्नो सम्पूर्ण कारोवार कम्पनीको नामबाट गर्नु पर्ने,
(ख) खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन नहुने,
(ग) क्यासिनो स्थलभित्र अनैतिक, अमर्यादित वा आपराधिक क्रियाकलाप हुन नदिने,
(घ) नेपाली परम्परा, संस्कृति र सामाजिक मर्यादाको प्रतिकूल हुने गरी खेल खेलाउन नहुने,
(ङ) शंकास्पद व्यक्ति क्यासिनो स्थलमा भेटिएमा तत्काल प्रहरीलाई जानकारी दिनु पर्ने,
(च) क्यासिनो स्थलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको अनुहार प्रष्ट खिचिने गरी र सो स्थलभित्र खेल खेलेको गतिविधि देखिने गरी सि.सि.टि.भि. जडान गर्नु पर्ने,
(छ) खण्ड (च) बमोजिमको सि.सि.टि.भि. को अभिलेख छ महिनासम्म सुरक्षित राख्नु पर्ने र मन्त्रालयले माग गरेमा उपलब्ध गराउनु पर्ने,
(ज) खेलाडीलाई उपलव्ध गराउने पानी, पेयपदार्थ तथा खानाको गुणस्तर कायम गर्नु पर्ने,
(झ) क्यासिनोलाई प्रोत्साहन हुने गरी प्रचार, प्रसार तथा विज्ञापन गर्न नहुने,
(ञ) कम्तीमा पचासजना व्यक्तिलाई क्यासिनोमा रोजगार दिएको हुनु पर्ने,
(ट) शान्ति सुव्यवस्थामा खलल हुने तथा सार्वजनिक हित र नैतिकता विरुद्धका कुनै कृयाकलाप गर्न नहुने,
(ठ) मन्त्रालय र वित्तीय जानकारी इकाईले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्ने ।
(२) मन्त्रालयले इजाजतपत्र दिंदा कुनै शर्त तोकेको भए इजाजतपत्र प्राप्त कम्पनीले त्यस्तो शर्त समेत पालना गर्नु पर्नेछ ।
विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्नेः विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले मन्त्रालयको स्वीकृति लिई विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्दा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम गर्नु पर्नेछ ।
नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न न नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउनेः (१)नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न पाउने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदीय कर्तव्यको सिलसिलामा देहायका नेपाली नागरिक क्यासिनो स्थलमा प्रवेश गर्न पाउनेछः–
(क) क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारी,
(ख) सुरक्षा निकायका कर्मचारी,
(ग) मन्त्रालय, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, उद्योग विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयले अनुसन्धान, अनुगमन तथा निरीक्षणमा खटाइएको कर्मचारी ।
क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको अभिलेख व्यवस्थापनः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारीलाई क्यासिनो स्थलमा प्रवेश गर्नको लागि परिचयपत्र जारी गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारी र खेलाडीको लागि क्यासिनो प्रवेश मार्ग अलग अलग रुपमा बनाउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारी र खेलाडी क्यासिनो स्थलमा प्रवेश गर्दा र बाहिर निस्कदा रजिष्टरमा समय जनाएर प्रवेश गर्ने र निस्कने व्यवस्था मिलाई सो प्रयोजनको लागि छुट्टा छुट्टै रजिष्टर राख्नु पर्नेछ ।
(४) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको परिचयपत्र स्क्यान गरी अनुसूची–५ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
(५) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (३) र (४) बमोजिमको रजिष्टर तथा अभिलेख एक वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(६) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (३) र (४) बमोजिमको रजिष्टर तथा अभिलेख मन्त्रालयबाट माग भएको बखत उपलब्ध गराउनु पर्नेछ ।
भुक्तानी अनुपा भुक्तानी अनुपा भुक्तानी अनुपात (पेआउट रेसियो पेआउट रेसियो पेआउट रेसियो) निर्धारण गर्ने निर्धारण गर्ने निर्धारण गर्नेः क्यासिनोमा जित हारको लागि मेशिन तथा उपकरणबाट हुने भुक्तानी अनुपात मन्त्रालयले बनाएको निर्देशिकामा तोके बमोजिम हुनेछ ।
बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्ने : इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेलाडीले एक पटकमा खेल्न सक्ने अधिकतम बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्नु
क्वाइन वा चिप्सको संख्या तोक्नु पर्ने इन वा चिप्सको संख्या तोक्नु पर्ने इन वा चिप्सको संख्या तोक्नु पर्नेः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेलाडीले खेल खेल्नको लागि खरिद गर्न सक्ने क्वाइन वा चिप्सको अधिकतम संख्या तथा मूल्य तोक्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले एक खेलाडीले खरिद गरेको क्वाइन वा चिप्स
अर्को खेलाडीलाई सापटी दिन वा स्वामित्व यकिन नभएको रकम स्वीकार गरी खेल खेलाउन पाउने छैन ।
नगद रकम सुरक्षण राख्नु पर्नेः इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा प्रयोग गर्ने क्वाइन वा चिप्समा अङ्कित मूल्य बराबरको नगद रकम खेलाडीलाई फिर्ता गर्ने प्रयोजनको लागि आफ्नो साथ राख्नु पर्नेछ ।
अभिलेख व्यवस्थापनः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा खेलाडीले प्रत्येक पटक सटही गरेको विदेशी मुद्राको कारोवार प्रत्येक पटक खरिद गरेको क्वाईन वा चिप्सको संख्या तथा विवरण, क्यासिनो स्थल छोडी जाँदा फिर्ता गरेको क्वाईन वा चिप्सको संख्या तथा विवरण र सो बापत फिर्ता लगेको विदेशी मुद्राको यथार्थ विवरण खुल्ने गरी अभिलेखको व्यवस्थापन गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (१) बमोजिम खडा गरेको अभिलेखको प्रतिलिपि प्रत्येक महिना मन्त्रालय र वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) कुनै खेलाडीले एक व्यवसाय दिनमा पच्चीस लाखभन्दा बढीको रकम जित वा हार हुने गरी खेलेमा वा क्यासिनो स्थलभित्र शंकास्पद रुपमा नगद वा अन्य कुनै प्रकारको आर्थिक कारोवार गरेको पाइएमा इजाजतपत्र प्राप्त कम्पनीले सोको लिखित जानकारी मन्त्रालय र वित्तीय जानकारी इकाईलाई तुरुन्त दिनु पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “एक व्यवसाय दिन” भन्नाले क्यासिनो स्थलभित्र प्रवेश गरेको समयले चौबीस घण्टाको अवधि सम्झनु पर्छ ।
क्यासिनोमा जितेको रकमको भुक्तानी सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानून बमोजिम लाग्ने आकस्मिक लाभ कर कट्टी गरेर मात्र रकम भुक्तानी दिनु पर्नेछ र त्यसरी कट्टी गरिएको आकस्मिक लाभ कर सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आकस्मिक लाभ कर कट्टी गरेकोमा इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा प्रत्येक खेलाडीलाई दिएको भुक्तानीको विवरण अद्यावधिक राख्नु पर्नेछ ।
सुरक्षा सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा सुरक्षाको उचित प्रवन्ध मिलाउनु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलभित्रको गतिविधि निगरानी गर्न निगरानी प्रणाली सम्बन्धी योजना मन्त्रालयबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (२) बमोजिम लागू गरेको निगरानी प्रणाली सम्बन्धी योजना परिवर्तन गर्नु पूर्व मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) मन्त्रालयले आवश्यक ठानेमा क्यासिनो स्थलको गतिविधि अनुगमन गर्न छुट्टै निगरानी प्रणाली जडान गर्न सक्नेछ ।
मेशिन तथा उपकरण सम्बन्धी व्यवस्थाः (१) क्यासिनोमा प्रयोग हुने टेवल, मेशिन, क्वाइन, चिप्स, कम्प्यूटर सप्mटवेयर समेतका सबै उपकरणहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको हुनु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोको टेबुल, मेशिन, क्वाइन, चिप्स, कम्प्यूटर सप्mटवेयर समेतका उपकरण सञ्चालन सम्बन्धी कार्यविधि (स्टायाण्डर्ड अपरेशन प्रोसुड्युर) बनाई लागू गराउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा प्रयोग गर्न आयात गरेको मेशिन र उपकरणको विवरण मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ र त्यस्ता मेशिन र उपकरण पुराना भई नयाँ जडान गर्नु पर्दा समेत मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
प्रवेशद्वारमा सूचना पाटी तथा गुनासो पेटिका राख्नु पर्नेः (१) इजाजतपत्र प्राप्त
कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा नेपाली तथा अंग्रेजी भाषामा देहायका कुरा उल्लेख गरी सूचना पाटी राख्नु पर्नेछः–
(क) इजाजतपत्र प्राप्त कम्पनीको पूरा नाम र इजाजतपत्र नम्बर,
(ख) क्यासिनो खुल्ने र बन्द हुने समय,
(ग) क्यासिनोमा प्रवेश निषेध गरिएको व्यक्तिको विवरण,
(घ) खेलाडीलाई आवश्यक पर्ने अन्य जानकारी ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलको प्रवेशद्वारमा गुनासो पेटिका
राख्नु पर्नेछ ।
समिति सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा यस नियमावली बमोजिमको व्यवस्था र मन्त्रालयले दिएको निर्देशनको पालना गरे नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्ने काम समेतको लागि मन्त्रालयले एक अनुगमन तथा निरीक्षण समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन तथा निरीक्षण सम्बन्धी काममा समितिलाई आवश्यक सहयोग गर्नु इजाजतपत्र प्राप्त कम्पनीको कर्तव्य हुनेछ ।
(३) समितिले क्यासिनोको अनुगमन वा निरीक्षण गरेको सात दिनभित्र अनुसूची–६ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
संस्थागत सामाजिक दायित्वः (१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा प्राप्त गरेको खुद आयको दुई प्रतिशत रकम शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता सामाजिक कार्यमा खर्च गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (१) बमोजिम सामाजिक कार्यमा खर्च गरेको विवरण प्रत्येक वर्ष मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
क्यासिनो सञ्चालन गर्ने स्थानको भौतिक पूर्वाधारको स्थिति :
(क) सवारी पार्किङ क्षेत्र
(ख) चमेना गृह (रेष्ट्रराँ)
(ग) स्नान घर (सावर रुम)
(घ) व्यायाम स्थल
(ङ) स्पा सम्बन्धी सुविधा
(च) स्वीमिङ्ग पुल
(छ) क्यासिनो स्थलमा उपलब्ध खेलको सुविधा
(ज) स्वास्थ्यकर्मीको व्यवस्था