काठमाण्डौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधाननन्यायाधीश प्रकाशमान सिंह राउतले पेश गरेको प्रतिवेदनमा सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौटमा उल्लेखनीय प्रगति गरेको उल्लेख छ।
प्रतिवेदन अनुसार, सर्वोच्च अदालत लगायत मातहतका अदालत र न्यायाधिकरणहरुमा गत आर्थिक वर्षमा कूल ३ लाख ८८ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए। जसमध्ये २ लाख २६ हजार १ सय ८५ मुद्दा फर्छ्यौट भएका छन्। यो फर्छ्यौट दर ६८.२४ प्रतिशत हो, जुन गत वर्षको तुतनामा ११.३६ प्रतिशतले बढी हो।
सर्वोच्च अदालतमा मात्रै गत आर्थिक वर्षमा ४१ हजार २ सय ४९ मुद्दा दर्ता भएका थिए। जसमध्ये १५ हजार ५ सय २१ मुद्दा फर्छ्यौट भएका छन्। यो फर्छ्यौट दर ३७.३७ प्रतिशत हो, जुन गत वर्षको तुलनामा २१.६४ प्रतिशतले बढी हो।
पुराना बक्यौता मुद्दाहरुको संख्या पनि घटेको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष असार मसान्तसम्म २४ हजार ७ सय ३५ वटा पुराना बक्यौता मुद्दा रहेकोमा यो वर्ष १७ हजार ७ सय ५२ मा झरेको छ।
प्रतिवेदनमा सर्वोच्च अदालतले न्यायपालिकाका थप प्रभावकारी बनाउनका लागि आवश्यक सुधारहरुको बारेमा पनि प्रतिवेदनमा चर्चा गरिएको छ।
मुख्य बुँदाहरुः
- मुद्दा फर्छ्यौटमा उल्लेखनीय प्रगति, समग्रमा ५८.२४ प्रतिशत मुद्दा फर्छ्यौट।
- सर्वोच्च अदातमा मात्रै २१.६४ प्रतिशतले मुद्दा फर्छ्यौट बढेको।
- पुराना बक्यौता मुद्दाहरु २८.२३ प्रतिशतले घटेको।
सर्वोच्च अदालतले यो प्रतिवेदन सार्वजनिक गरेर न्यायपालिकाको काम कारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउने प्रयास गरेको छ।
प्रतिवेदनको पूर्णपाठ-