Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

महतो पेस्तोलसहित पक्राउ ३ वर्षसम्म कैद हुनसक्ने

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो । आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

यस्तो ब्यक्तीलाई के कारवाही हुन्छ त ,त्यो बारे प्रत्येक  स्थानिय नागरीकले चासो राख्नुपर्छ  । “हातहतियार खरखजाना ऐन,२०१९” को २० नं. मा उल्लेख गरे अनुसार यस्तो हुन्छ सजाय :

दण्ड सजाय 
(१) देहायको कुनै कसूर गर्ने व्यक्तिलाई ३ वर्षदेखि ७ वर्षसम्म कैद वा साठी हजारदेखि एक लाख चालीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ :

– तोप वा मेशिनगन तयार गर्ने वा मरमत गर्ने, आफुसाथ राख्ने वा अन्य स्थानमा राख्ने वा राख्न लगाउने, एक रूपबाट अर्को रूपमा परिणत गर्ने, बेच्ने वा बिक्रीको लागि दिने वा राख्ने, वा
– जनुसुकै तोप वा मेशिनगन ल्याउने वा लैजाने ।

(२) देहायको कुनै कसूर गर्ने व्यक्तिलाई  ३ वर्षदेखि ५ वर्षसम्म कैदै वा साठी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ :

-हातहतियार तयार गर्ने वा मरमत गर्ने, आपूसाथ राख्ने वा अन्य स्थानमा राख्ने वा राख्न लगाउने, एक रूपबाट अर्को रूपमा परिणत गर्ने, बेच्ने वा बिक्रीको लागि दिने वा राख्ने, वा

– हातहतियार ल्याउने वा लैजाने, वा

– हातहतियार लिएर हिड्ने, वा

– जुनसुकै हातहतियार आफनो साथमा राख्ने वा आफनो नियन्त्रणमा राख्ने, वा

– हातहतियार नबुझाउने ।

(३) देहायको कुनै कसूर गर्ने व्यक्तिलाई  १ वर्षदेखि ३ वर्षसम्म कैदै वा बीस हजारदेखि साठी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ः–

– खरखजाना तयार गर्ने वा मरमत गर्ने,  आपूसाथ राख्ने वा अन्य स्थानमा राख्ने वा राख्न लगाउने, एक रूपबाट अर्को रूपमा परिणत गर्ने, बेच्ने वा बिक्रीको लागि दिने वा राख्ने, वा

– खरखजाना ल्याउने वा लैजाने, वा

– खरखजाना आफनो साथमा राख्ने वा आफनो नियन्त्रणमा राख्ने, वा

– खरखजाना नबुझाउने ।

जानी जानी अनधिकृत व्यक्तिलाई हातहतियार वा खरखजाना दिए जानी जानी अनधिकृत व्यक्तिलाई हातहतियार वा खरखजाना दिएमा वा त्यस्तो  वा त्यस्तो व्यक्तिबाट खरीद गरेमा दण्ड सजाय:

(१) कुनै पनि व्यक्तिले देहायको कसूर गरेमा १ वर्षदेखि तीन वर्षसम्म कैदै वा बीस हजारदेखि साठी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ :

– बिक्री गर्न अख्तियार नपाएको व्यक्तिसँग हातहतियार खरीद गरेमा, वा

– हातहतियार राख्न वा खरीद गर्न अधिकार नभएको व्यक्तिलाई जानी जानी हस्तान्तरित गरेमा ।

(२) कुनै पनि व्यक्तिले देहायको कसूर गरेमा निजलाई  ६ महिनादेखि १ वर्षसम्म कैदै वा दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ

– बिक्री गर्न अख्तियार नपाएको व्यक्तिसँग खरखजाना खरीद गरेमा, वा

– खरखजाना राख्ने वा खरीद गर्ने अधिकार नभएको व्यक्तिलाई जानी जानी हस्तान्तरित गरेमा ।

लाइसेन्सको शर्त उल्लं लाइसेन्सको शर्त उल्लं लाइसेन्सको शर्त उल्लंघन गरेमा सजाय घन गरेमा सजाय: 

कसैले लाइसेन्सको शर्त वा नियम उल्लघंन गरी काम गरेमा निजलाई ३ महिनासम्म कैदै वा सातसय पचास रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

अरू दण्ड सजाय दण्ड सजाय :

कसूर गरेको काम कुरा थाहा पाई प्रमुख जिल्ला अधिकारी वा प्रहरी कार्यालयलाई सूचना नदिने प्रत्येक व्यक्तिलाई एक महिनासम्म कैदै वा दुईसय पचास रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

– तोकिएको अधिकारी छेउ हातहतियारको लगत दाखिल गर्न वा ती वस्तु देखाउन निर्देश गरिएको कुनै व्यक्तिले सो बमोजिम लगत दाखिल नगरेमा वा नदेखाएमा निजलाई एक महिनासम्म कैदै वा दुईसय पचास रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

– तोकिएको अधिकारी छेउ खरखजानाको लगत दाखिल गर्न वा ती वस्तु देखाउने निर्देश गरिएको कुनै व्यक्तिले सो बमोजिम दाखिल नगरेमा वा नदेखाएमा निजलाई २० दिनसम्म कैदै वा एकसय पचहत्तर रुपैयाँसम्म जरिवाना हुनेछ ।

– यो ऐन अन्तर्गत सजाय हुने अपराधसम्बन्धी मुद्दा मामिला हेरी शुरु कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।  प्रमुख जिल्ला अधिकारीले दिएको अन्तिम आदेश वा फैसला उपर प्रचलित कानुनबमोजिम  पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ ।

जाहेरवालालाई पुरस्कार दिने :

यो ऐनको प्रतिकूल कुनै काम गरे भएको कुरा जाहेरगर्ने व्यक्तिलाई निजको जाहेरीबाट चलेको मुद्दामा कसूरदारबाट उपर भएको जरिवानाको सरकारी कर्मचारी भए चौथाई र अरू भए आधा पुरस्कार दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri