मान्छेको यौनचाहना कुनै पनि अन्य संवेग आबेग भन्दा कम हुदैन । कतिपय मानिसहरु यौनकै कारणले अपराधी बनेका छन । कतिपय मानिसलाई यौन चाहानाले अन्धो बनाएको छ, कतिपय पागल सरह वा राक्षस सरहका ब्यबहार, हर्कत र क्रियाकलाप देखाउने बनेका छन ।
यस्तै ब्यबहार मध्यको एउटा हो पशुकरणी । धेरै समाचारहरु सुनिन्छन, कि कतिपय महीला पुरुषहरु पशु सँग यौन सम्पर्क गर्ने वा अन्य यौन आनन्द लिने खालका क्रियाकलाप गरेका हुन्छन । घर पालुवा जनावरहरु यस्ता काममा बढी प्रयोग भएको पाईन्छ । कुनै पशु वा जनावर सँग यौन क्रियाकलाप गरेमा वा गराउनु कानूनले बन्धेज लगाएको कार्य हो वा त्यो गर्नु अपराध हो ।
नेपालमा मुलुकी ऐनको पशुकरणीको महल १६ मा यस सम्बन्धी कसुर र सजायका सम्बन्धमा उल्लेख गरीएको छ । यस अनुसार गाईलाई कुनै पुरुषले करणी गरेमा वा अन्य अप्राकृतिक मैथुन गरेमा पशुकरणीको सबै भन्दा बढी सजाय हुने अपराध मानिन्छ । कसैले गाईलाई करणी गरेमा दुई बर्ष कैद हुन्छ ।
त्यस्तै कुनै पनि स्त्री जाति पशु सँग करणी गर्नु पनि अपराध नै हो । यसरी पुरुषले कुनै पनि पशु सँग करणी गरेमा एक बर्ष कैद र पाँच सय सम्म जरिवाना हुन्छ । त्यस्तै पुरुषले मात्र नभई महीलाले पनि कुनै जनावरको साथ लिई अप्रकृतिक मैथुन गराएमा वा जनावर सँग करणी गराएमा पनि एक बर्ष कैद र पाँच सय रुपैयाँ जरीवाना हून्छ ।
साथै स्त्री जाति वा पुरुष जातका जनावर सँग महीला वा पुरुष जस्ले पनि एउटै लिङ्गमा वा बिपरित लिङ्गको जनावर सँग यस्ता यौन क्रियाकलाप गरेमा वा गराएमा साथै यस महलमा उल्लेख नगरिएका अन्य पशु करणी वा पशु सँगका यौन क्रियाकलाप भएमा एक बर्ष कैद र पाँच हजार सम्म जरिवाना हून्छ ।
यस्ता पशु सँग जोडिएका यौन अपराधहरु भए गरेका मितिले एक वर्षभित्र उजुरी दिईसक्नु पर्ने कानूनी प्रावधान रहेको छ । साथै थाहा पाएको वा देखेको जो कसैले उजुरी दिन सक्छ, साथै यस्ता सामाजिक अपराधहरु निर्मुल पार्न सबै नागरिकले ध्यान दिनु नागरिकको कर्तब्य पनि हो ।