काठमाण्डौ : व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ ।
जस अन्र्तगत सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडी विकृत बनाउनेलाई पनि अब कारबाही हुने भएको छ । कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को शरिरको भागसँग जोडी तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन ।
यदि त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म सम्म जरिवाना हुने कानूनी व्यवस्था अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयकको दफा २५१ मा उल्लेख गरिएको छ ।