Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

सेना प्रहरीलाई कर्तव्यबाट विचलित गराउने उद्योग गर्नु अपराध

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ५५ ले सैनिक वा प्रहरीलाई भडकाउन नहुने व्यवस्था गरेको छ । यदि कसैले नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा बहाल रहेका सैनिक, प्रहरी वा सशस्त्र प्रहरी जवान वा अधिकृतलाई नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल छाडी भाग्न वा भड्काउन वा अनुशासन भङ्ग गर्न दुरुत्साहन दिन वा कर्तव्यबाट विचलित गराउने उद्योग गर्न वा त्यसरी सेना वा प्रहरी वा बलबाट भागेको व्यक्ति हो भन्ने जानीजानी वा विश्वास गर्ने कारण भई त्यस्तो व्यक्तिलाई आश्रय दिन नहुने समेत कानूननी प्रावधानको व्यवस्था गरेको छ ।

उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना सजायको हुने छ ।  व्यवस्थापिका संसदको २०७४ साल साउन २५ गते बसेको बैठकले नेपालको संविधानको धारा १११ बमोजिम यो विधेयक पारित गरेको थियो संविधानको धारा ११३ बमोजिम २०७४ असोज ३० गते राष्ट्रपति द्धारा प्रमाणिकरण भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri