Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

निजी रक्षाको लागि गरेको काम कसूर नमानिने, निम्न अवस्थामा अधिकार प्राप्त नहुने

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २४ ले निजी रक्षाको लागि गरेको काम कसूर नमानिने व्यवस्था गरेको छ । उपदपा १ मा यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन ।

त्यसै गरि उपदफा २ ले प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जिउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउने अधिकार हुनेछ । उपदफा ३ मा यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउन सकिदैन भन्ने मनासिब विश्वास भई वा विश्वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ ।

सोही ऐनको दफा २५ ले निजी रक्षाको अधिकारमा बन्देज समेत लगाएको छ । देहायको अवस्थामा वा कामका बिरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैन ।

क) कसैको जिउ वा सम्पत्तिमा गैर कानूनी क्षति पु¥याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत
उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,

ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,

ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियत कुनै काम गरेकोमा,
घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,
ङ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri