Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

मुलुकी अपराध संहिता ऐनमा यस्ता छन सजायका प्रकारहरु

काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद -५ ले सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरेको छ सोही ऐनको दफा ४० मा सजायका प्रकारहरु भनि उल्लेख गरिएको छ ।  उपदफा १ मा यस ऐनमा उल्लिखित कसूर गरे बापत हुने सजाय निम्न रहेका छन ।
क. जन्म कैद,
ख. कैद,
ग. जरिबाना,
घ. कैद र जरिबाना,
ङ. क्षतिपूर्ति,
च. जरिबाना वा क्षतिपूर्ति नतिरे बापतको कैद,
छ. कैदको सट्टा सामुदायिक सेवा ।

उपदफा २ मा कानूनमा कुनै कसूर बापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसूरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन ।
उपदफा ३ मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक रुपैयाँभन्दा कम जरिबाना र एक दिनभन्दा कम कैद हुने गरी सजाय गरिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri