काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद ९५ ले सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरेको छ सोही ऐनको दफा ४१ ले अपराधको मापदण्ड निर्धारण गरेर जन्म कैद सम्मको सजाय हुने भन्ने व्यवस्था गरेका छ । यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्नेछ
निम्न कसुरमा जन्म कैदको सजाय हुने प्रावधान रहेको छ ।
क) क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
ख) वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,
ग) अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
घ) सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
ङ) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
च) जवर्जस्ती करणी गरी ज्यान मारेको।
उल्लिखित अवस्थामा बाहेक जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुने गरी गणना गर्नु पर्नेछ ।