काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो ।
अश्लील किताब तथा फिल्म बनाउनेलाई कारबाही हेने भएको छ । अश्लिल किताब प्रकाशन वा बिक्रीवितरण तथा अश्लिलता झल्कने चलचित्र निर्माण गर्ने लाई अब एक वर्षसम्म कैदको सजाय हुने नयाँ ऐनले व्यवस्था गरेको छ ।
सोही परिच्छेदको दफा १२१ ले शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै पनि अश्लिल किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न बन्देज गरिएको उल्लेख छ ।
यस्तो कार्यमा संलग्न कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।