Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

धर्म परिवर्तन गराँउनेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो ।

उक्त ऐनको परिच्छेद ९ को दफा १५८ मा रहेको धर्म सम्बन्धी कसूरमा अबदेखि कसैको सहमति बिना वा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउन नहुने उल्लेख गरिएको छ । धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ ।

यदि यस्तो कार्यमा संलग्न व्यक्ति विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने पनि ऐनमा प्रावधान छ । यस्तै धार्मिक रीतिथितीमा बाधा पुर्याएको ठहरिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।  त्यसैगरि धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति र्पुयाउन नहुने र यस्तो कार्यमा संलग्न रहनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri