Jus Nepal
बिहिबार, जेष्ठ ९, २०८२ | May 22, 2025 |

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन जारी भएको हो ।

नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । संहिताको परिच्छेद २२ मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २६३ ले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । यस्तो गरेको भेटिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने ऐनले व्यवस्था गरेको छ ।

बजारमा अहिले पहेँलो धातुबाट बनेको १ रुपैयाँ सिक्का पैसालाई गालेर औँलामा लगाउने औँठी तथा यस्तै सृङ्गारका सामाग्री बनाउने प्रचलन बढेको छ । तर अब आउन लागेको संहिताले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने भएको छ । मुद्राको तौल घटाउन वा रुप वदल्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना गरिने ऐनले व्यवस्था गरेको छ ।

ऐनको दफा २ सय ६१ मा भनिएको छ, ‘जानीजानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वा पैठारी गर्नु हुँदैन भनिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.