Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन जारी भएको हो ।

ऐनले पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैदको सजाय हुने व्यस्था गरको छ । त्यति मात्रै नभई, पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गरिने अपराध संहितामा उल्लेख गरिएको छ ।  संहिता ऐनको भाग २ को परिच्छेद २७ अर्थात अन्तिम परिच्छेदको दफा २९० मा यस्तो व्यवस्था उल्लेख छ ।

कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउन नहुने उल्लेख छ । यस्तै आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रुपमा छाड्न तथा अन्य कुनै किसिमबाट पनि निर्दयी वा क्रुर व्यवहार गर्न नपाइने ऐनमा लेखिएको छ ।

यस्तै ऐनमा सार्वजानिक स्थलमा समेत जथाभावी पशु वा पंक्षी मार्न नहुने र यस्तो कार्य गरेको भेटिएमा एक महिना सम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना तथा दुबै सजाय हुनसक्ने व्यवस्था छ । तर परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल, पशु वा पंक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट जस्ता ठाउँमा भने बाधा नपर्ने ऐनमा उल्लेख छ ।

यस्तै गाई गोरु मार्ने अपराध गरेकोमा भने सजाय घटाइएको छ । पहिलो यो अपराध गरेकालाई पाँच वर्ष कैद हुँदै आएकोमा अहिले घटाएर ३ वर्ष राखिएको छ । यस्तै कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना गरिने व्यवस्था रहेको छ ।

यस्तै कुखुरा, हाँस तथा विभिन्न पशुपंक्षीलाई साइकल मोटरसाइकल जस्ता साधनमा झुण्ड्याएर निर्दयीपूर्वक एक ठाउँबाट अर्को ठाउँ लैजाने कार्य पनि अपराध रहेको ठान्दै यस्तो कार्यमा संलग्नलाई पनि तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनले व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri