नेपाल बार एशोसिएशनले कानून व्यसायीहरुको क्षमता अभिवृद्धिका लागि अनलाइन मार्फत निरन्तर विभिन्न कार्यक्रम गर्दै आएकोमा असोज १० गते ‘नेपालमा दुष्कृति कानूनको सिद्धान्त र अदालती अभ्यासः एक संक्षिप्त अवलोकन’ कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमको वक्ताका रुपमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई तथा विषय विज्ञ तथा स्रोत व्यक्तिका रुपमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे रहनेछन् ।
कार्यक्रम नेपाल बार एशोसिएशनको फेसबुक पेज र युट्युवबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाल बार एशोसिएशनका दूरदराजमा रहेका सम्पूर्ण कानून व्यवसायीहरु लक्षित गरी अनलाइन मार्फत विषय विज्ञ र अदालती अभ्यास जोडेर कानून व्यसायीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले १५/१५ दिनमा नेपाल बार एशोसिएशन आफ्नो आधिकारिक फेसबुक पेज र युटुव च्यानलबाट कार्यक्रम गर्दै आइरहेको छ ।
यसअघि पनि नेपाल बार एशोसिएशन ONE-DAY COLLOQUIUM ON ARTIFICIAL INTELLIGENCE IN NEPAL: LAW, POLICY, PRACTICES AND BEYOND शीर्षकमा कार्यक्रम गरेको थियो ।