नेपाल कानून व्यवसायी परिषदले कानून व्यवसायी कल्याणकारी कोष कार्यान्वयनमा ल्याएको छ । कानून व्यवसायी परिषदको मिति २०८१।०६।१७ र १८ गते बसेको वैठकले १६२ औ वैठकले कानून व्यवसायी कल्याणकारी कोष (सञ्चालन) नियमावली २०८१ कार्यान्वयनमा ल्याएको हो ।
जुनसुकै प्रकारका क्यान्सर भएमा, मुटूको शल्यक्रिया (ओपन हार्ट सर्जरी) गर्नुपर्ने भएमा, पेश मेकर राख्नुपर्ने भएमा वा वाईपास सर्जरी गर्नुपर्ने भएमा, दुबै मृगौलाले काम नगर्ने भएमा वा डायलसिस गर्नुपर्ने भएमा, फोक्सो वा कलेजो काम नलाग्ने भएमा, मष्तिष्कघात वा प्यारालाईसिस भई कुनै एक वा दुवै हातखुट्टा नचल्ने भएमा, कुनै दुर्घटनामा परी शारीरिक वा मानसिक अपाङ्गताका कारण वा अन्य गम्भीर रोगका कारण एक महिना वा सोभन्दा बढी अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भएमा, दैवी वा प्राकृतिक प्रकोपले घरवारविहिन भएमा त्यस्ता कानून व्यवसायीहरुले कानून व्यवसायी कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्नेछन् ।
कानून व्यवसायी कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्न चाहने कानून व्यवसायीले आफु सदस्य रहेको बार ईकाइको सिफारिससहित निवेदन दिनुपर्ने नेपाल बार काउन्सिलले जनाएको छ । कल्याणकारी कोष सञ्चालनमा आएपछि कानून व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।