Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

सर्वोच्च बारमा चुनावी रौनक, ३५ उम्मेदवार मैदानमा (सूचीसहित)

काठमाडौं – सर्वोच्च अदालत कार एशोसिएसनमा चुनावी चहल–पहल सुरु भएको छ । पुस २० गते हुने निर्वाचनका लागि विभिन्न पदमा ३५ उम्मेदवार खडा भएका छन् ।

अध्यक्ष पदका लागि बरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल र महेशकुमार थापाका साथै अधिवक्ता प्रेमसिंह धामी तीनजना प्रत्यासी बनेका छन् ।

उपाध्यक्षमा पनि तीनैजना मैदानमा छन् । उपाध्यक्षका उम्मेदवारहरुमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठ छन् ।

त्यस्तै, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ छन् । सहसचिवमा दुई महिला पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी उम्मेदवार छन् ।

कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी चुनावी मैदानमा छन् ।

महिला सदस्यका लागि शशी बस्नेत र सुधा धिताल चुनावी मैदानमा छन् भने ९ जना सदस्य पदका लागि १९ जना कानून व्यवसायीहरु चुनावी मैदानमा उत्रेका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनको चुनावमा ६२६ जना  मतदाता छन् ।

हेर्नुहोस् उम्मेदवारहरुको सूची–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri