काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायले लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा सोमबार प्रकाशित भएको छ ।
काठमाडौं र पोखरा केन्द्रबाट गत पुस २० गते ६४३ जनाले प्रवेश परीक्षामा भाग लिएका थिए । तीमध्ये २८५ जनाले नाम निकाल्न सफल भएका छन् ।
उत्तीर्ण परीक्षार्थीमध्ये रुपन्देहीकी स्मिथ खरेल र धनुषाका महादेव शाह प्रथम बनेका छन् । उनीहरु दुबैले ६३.६७ प्रतिशत अंक ल्याएका छन् ।
६० प्रतिशत भन्दा बढी अंक कटाउने १० जना छन् । ४० प्रतिशतसम्म अंक ल्याउनेको नाम प्रकाशित भएको छ ।
कानूनको स्नातक तहमा कुल १८५ जनाको मात्रै कोटा छ । प्रवेश परीक्षामा नाम निकाल्न सफल १०० विद्यार्थी भने भर्नाका लागि ‘वेइटिङ लिष्ट’मा बस्नुपर्नेछ ।
यो पनि-
कानूनको पढाइमा ढोकाबन्दवादी नीति !
हेर्नुहोस् नतिजा–