Jus Nepal
शुक्रबार, चैत्र ७, २०८१ | March 21, 2025 |

न्याय परिषदले माग्यो न्यायाधीश, सरकारी वकिल र कर्मचारीको तीनपुस्ते

काठमाडौं । देशभरका न्यायाधीशहरुको खटनपटनको जिम्मेवारी पाएको न्याय परिषद् सचिवालयले विभिन्न अदालत र न्यायिक निकायमा कार्यरत न्यायाधीश, सरकारी वकिल तथा न्याय सेवामा कार्यरत कर्मचारीहरुको व्यक्तिगत विवरण मागेको छ ।

न्यायाधीश र न्याय सेवाका कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिँदै परिषदले त्यस्तो विवरण मागेको हो ।

परिषद्ले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफ्नो विवरण अधावधिक गर्न भनेको छ ।

परिषद्ले न्यायाधीश र कर्मचारीहरुको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, सिटरोल र तालिमसम्बन्धी कागजातहरुको प्रतिलिपि उपलब्ध गराउन भनेको छ ।

यदि कसैले यी कागजातहरु यसअघि पेश नगरेको भए वा कुनै कागजात बुझाउन  बाँकी भए फागुन २५ गतेभित्र न्याय परिषद्को ईमेल ठेगाना info@jcs.gov.np  मा पठाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.