काठमाडौं । न्याय सेवा आयोगले सरकारी वकिल समूहका एक सहसचिवसहित ८ कर्मचारीलाई सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको फागुन ५ गते बसेको बैठकले तुल्सीपुर उच्च सरकारी वकिल कार्यालयका सहसचिव लक्ष्मण उपाध्याय घिमिरेलाई जुम्ला उच्च अदालतमा पठाउने निर्णय गरेको छ ।
त्यसैगरी उच्च अदालत तुल्सीपुर अन्तर्गत नेपालगञ्ज इजलासमा कार्यरत उपसचिव सरोजनिधि वाग्लेलाई सर्वोच्च अदालतमा इजलास अधिकृत बनाउन आयोगले सिफारिस गरेको छ ।
कानून मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद कुशवाहलाई विद्युत विकास विभागमा सरुवा गरिएको छ ।
त्यसैगरी आयोगले न्याय सेवाका ५ कर्मचारीको विभिन्न ठाउँमा पदस्थापनका लागि सिफारिस गरेको छ ।