सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालत, चौताराले वैतनिक कानून व्यवसायी पदका लागि आवेदन आह्वान गरेको छ।
आगामी चैत २८ बाट रिक्त हुन गइरहेको उक्त पदमा काम गर्न इच्छुक अधिवक्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अदालतमा दरखास्त दिन भनिएको छ।
उक्त पद एक वर्षका लागि हो । मासिक पारिश्रमिक तोकिए बमोजिम हुने बताइएको छ।
छनौट भएका उम्मेदवारहरूले तोकिएका सेवाहरू प्रदान गर्नुपर्नेछ।
आवेदनका लागि कानूनमा स्नातक/स्नाकोत्तरको प्रमाणपत्र, अधिवक्ताको प्रमाणपत्र र सम्बन्धित तालिमको प्रमाणपत्र आवश्यक पर्नेछ।
छनौट अन्तरवार्ता र अन्य तोकिएका आधारहरूमा हुने सूचनामा उल्लेख छ । छनौट भएका उम्मेदवारले ७ दिनभित्र नियुक्ति लिनुपर्नेछ।
अन्तरवार्ताको मिति पछि प्रकाशित गरिने जनाइएको छ ।