Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

राणाले मेरो “नारीचुली” चोरे

नरेन्द्रराज प्रसाइँ

Bookमेरो १८ वर्षको कमाई “नारीचुली” नामी ठग जगदीशशमशेरले अङ्ग्रेजीमा अनुवाद गरेर लेखकमा आफ्नै नाउँ राखे । Dates & data adopted from Narichuli of Narendra Raj Prasai लेखेर चोर, फटाहा र टपरटुइँया जगदीशशमशेर राणा यस ग्रन्थको सग्लो लेखक बन्न खोजेका छन् ।

राणाको नाउँमा छापिएको त्यो कितापको कभर पनि स्वर्णअक्षरमा नारीचुलीकै (अस्मिना रञ्जितले बनाएकै कपाल समेत कपी गरेको) छ, इनर पनि उस्तै छ र इन्द्रले बनाएका सबै चित्र नारीचुलीमा छापिएका नै हुन् । त्यसैले मैले त्यो सबै बेहोरा खामेर भारत दार्जिलिङमा प्रा.इन्द्रबहादुर राईलाई एउटा चिठी लेखेको थिएँ । त्यो चिठीको सार सङ्क्षेप के थियो भने- “जगदीशशमशेर राणा भनेका व्वाँसा हुन् ।”

अब मेरा अरूअरू पत्रहरू पनि खामिएको एउटा चिठीनिबन्धसङ्ग्रह प्रकाशित हुँदै छ र त्यो कितापको नाउँ हुनेछ “ब्वाँसोको कथा” । • अब जगदीशशमशेरको सम्पूर्ण लेखकीय धरातल मेरो कृतिमा पढ्नुहोला । के उनी सक्कली लेखक हुन् ? भन्ने कुरा पनि मैले लुकाउन सकिन । उनले मदन पुरस्कार पाएको “नरसिंह अवतार” पनि कहाँबाट साभार गरे ? भन्ने बेहोरा समेत मेरो कृतिले बोल्ने छ ।

Jagadishउनले मेरो “नारीचुली”लाई त सर्लक्कै अङ्ग्रेजी भाषामा उनैको लेखन भनेर प्रस्तुत गरे भने हिन्दी र अङ्ग्रेजी भाषामा छापिएका अन्य कृति नेपाली भाषामा रुपान्तर गरेर आफ्ना नाउँमा छाप्न उनका लागि सजिलै विषय थियो । मेरो “नारीचुली”लाई पनि उनले Women Writers of Nepal शिर्षक राखेका छन् ।

साथै उनले १५ वर्षको उमेरमा “मुनामदन भ्रमण” कसरी लेखे या यसका सक्कली लेखक को हुन् ? भन्ने कुरा पनि मैले खोजीसकें । वास्तवमा उनी राणा शासनको चिहानबाट बहुरिएर आएका सग्लो प्रतिनिधि हुन् भन्ने कुरा पनि मेरो नयाँ कृतिले प्रष्ट पार्ने प्रयास गर्नेछ । मेरो नयाँ निबन्धकृति “ब्वाँसोको कथा”को प्रतीक्षा गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri