लाल बाबु यादव हाल मनोनित प्रकृया मार्फत संविधानसभा सभासद् हुनुहुन्छ । वर्तमान संविधान सभाको प्रश्नावली समितिमा बसेर काम गरिरहनु भएको उहाँ राजनीतिशास्त्रका पूर्व सह–प्राध्यापक हुनुहुन्छ भने अझै पनि आफूलाई राजनीतिशास्त्रको विद्यार्थीका रुपमा चिनाउन रुचाउनु हुन्छ । वर्तमान राज्यको मुलकानून संविधान निर्माणमा संविधान सभाका गतिविधि र संविधान सभा सदश्यको रुपमा उहाँको भूमिका सम्वन्धमा राजनैतिक सैदान्तिक विश्लेषणमा आधारित भएर अधिवक्ता एवं पत्रकार इरादा पहाडी अधिकारीले गर्नुभएको कुराकानी :
यहाँ आफै पनि संविधानसभाको सभासद् पदमा हुनुहुन्छ, यो नयाँ संविधान निर्माण प्रक्रिया कहाँ अड्किएको हो ?
यो अड्किएको भन्दा पनि अड्काइएको हो । सुरुदेखि यसलाई हे-यो भने नेपालमा राज्य संक्रमण छैन, राजनीतिक संक्रमण छ । हामीले अहिलेसम्म राजनीतिक व्यवस्थाको बारेमा पनि निर्णय लिन सकिरहेको छैनौं, अहिले संविधान सभाको पाँचौं वर्षमा छौं ।
अहिले विवादको जड संघीयता देखाइएको छ तर संघीयता कुनै समस्या होइन । जब संघीयताको घोषणा भयो त्यही बेलामा संघीयतमा कसरी जाने, निर्धारण कसरी गर्ने, कसरी जाँदा राम्रो हुन्छ भन्ने छलफल नै गरेनौं । राज्य र जनताको हित अनुकुलताको लागि संघीयता हो राजनीतिक दलहरुको लागि हैन, यो कुरा दलहरुले नवुझे जस्तो गरेका छन ।
संविधानसभामा जसलाई जनताले जिम्मेवारी दिएको छ उनीहरुले अगाडि बढेर संविधान बनाउनु पर्ने हो, उहाँहरुले आँट गर्ने कहिले ? यो अन्नियोलता संगै क्षेत्रिय, जातिया, परम्परावादी, प्रतिकृयावादी शक्तिहरुले आफ्नो चलखेल बढाइरहेका छन् ।
भारतमा बिजेपीले बाबरी मस्जिदलाई एउटा विषय बनायो, तर १० वर्ष उहाँहरु सत्तामा बस्नुभयो त्यो बेला बाबरी मस्जिदलाई भत्काएर राम मन्दिर त बनाउनु भएन । अहिले पनि सत्तामा छन् अहिले भत्काएर बनाउनुपर्ने, बनाएका छैनन् । हाम्रो देशमा माओवादी र मधेशी दलले संघीयताको कुरालाई ल्याए । माओवादी र मधेशवादी संविधानसभाको पहिलो निर्वाचन भएदेखि सत्तामा बसेको थियो नि, उहाँहरुले के कस्तो संघीयताको खाका तयार गर्नुभयो ? त्यसपछि अन्य दल पनि सरकारमा छन किन गर्न सकेन त ? किन भने यस्लाई राजनीति गर्नेे जगेडाको एजेण्डा वनाइएको छ ।
वर्तमान संघियता संघीयता देखाउने दाँत मात्र हो । संघीयता त्यति सजिलो कुरा हुदै हैन । यसलाई राम्रोसँग लगियो भने यो सौहार्दतापूर्ण र विकासको कारण वन्न सक्छ तर अलिकति तलमाथि भयो भने यसले नै छिन्न भिन्न बनाउँछ ।
विश्वका २८ संघिय देशमा २१ वटा अरु देशबाट छुट्टिएर बनेका हुन भने ७ वटाले पछि द्वन्द्व निवारणका लागि संघियता अपनाएको हो । जस्तो कि इथियोपिया । विश्वमा जम्मा ३० प्रतिशत जनसंख्या मात्र संघीयताको अभ्यासमा छन् । हामीले जनतामा गएर छलफल नगरेर जनता र राज्यको वास्तविक आवश्यक्तालाई नवुझी संघियतालाई झन गम्भिर बनाइरहेका छौं ।
के विश्वका ७० प्रतिशत जनता सुशासन र प्रजातन्त्रको अनुभती गरिरहेका छैनन त ? ब्रिटेनमा, जापानमा संघीयता छैन तर त्यहाँ पनि त विकास त भएको छ । राजनीतिक व्यवस्था, मौलिक हक, नीति एवं निर्देशक सिद्धान्तहरु, संविधानवादका मुलभूत कुराहरु समाविस्ट गरेर सानो, छोटो, मीठो वनाई घोषणा गरे त भइहाल्छ नि ।
संघीयता वास्तवमै विवादको विषय कहिलेदेखि र कसरी बन्न पुग्यो ?
संघीयताको विवाद वि.संं २००८ सालमा वेदानन्द झाले कांग्रेस छाडेर तराई कांग्रेस बनाउनुभयो र उहाँले मुलुक अब एकात्मक बाट संघीयतामा जानेछ भनेर पाँचवटा अवधारणा पनि ल्याउनुभयो । उहाँले २०१५ सालको निर्वाचनमा एउटा पनि सीट प्राप्त गर्न सक्नु भएन । त्यसै सेलाएर गयो । त्यसपछि प्रजातन्त्रको पुनस्र्थापनापछि गजेन्द्रनारायण सिहंले नेपाल सद्भावना पार्टी खोलेर संघीयताको कुरा निकाल्नुभयो ।
उहाँको ८८ सीटमा ५/६ मात्र आयो तर पनि उहाँले कुरा निकालिरहनुभयो । त्यसपछि माओवादीले पनि २०५२ सालमा संघीयताको खाका लिएर आयो । त्यस्तै २०६२/६३ को आन्दोलनभन्दा पहिला नेकपा एमालेले पनि अब संघीयतामा जानुपर्छ भनेको थियो । नेपाली कांग्रेसले भने ल्याएको होइन ।
त्यसपछि १२ बुँदे समझदारी भयो, अन्तरिम संविधानको घोषणा भयो । त्यसमा कतै पनि संघीयतासम्बन्धी कुराहरु थिएन । त्यही क्रममा मधेशी आन्दोलन भयो, त्यसपछि संघीयतालाई स्वीकार गरियो । त्यही बेला हामीले अध्ययन, अनुसन्धान, छलफल बहसहरु ग-यौं । त्यो बेला जनता अगाडि भयो, नेता पछाडि, सरकार त कहाँ कहाँ । त्यो बेलामा धेरै सम्झौताहरु भए, तर संझौता नै एक अर्को संग वाझने थिए ।
प्रमुख राजनीतिक दलहरुले संघीयतालाई स्वीकारे तर संघीयतामा कसरी जाने भन्ने कुरामा सवै अन्नियोलमा र संघीयताको वहस देशको लागि भन्दा पार्टीका स्वार्थ र राजनीतिक प्रोपोगान्डाको रुपमा विकाश भयो । अहिले ५५ वटा मोडेल छ संघीयताको जुन जनताहरुको बीचमा गएको नै छैन । नेपालको संघियता जनतालाई र राज्यको आवाश्यक्ता र हितको पक्षको कुनै मुल्याङ्कन नै छैन, स्रोतहरुको पहिचान नगरी नेपालको नक्सा निकाल्यो, कम्प्युटरमा बस्यो प्लटिङ्ग गर्यो नाम भनिदियो, यस्तै भइरहेकोछ संघियताको विषय ।
विभिन्न दवाव समूहले दवाव दिँदै भन्ने गरेको, सर्वसाधारणले बुझेको, नेताहरुले चाहेको र यहाँले बुझ्नु भएको संघीयतामा के फरक छ ?
संघीयतामा आर्थिक स्रोतको, प्राकृतिक स्रोतको बाँडफाँड कसरी गर्ने ? सिमानालाई निर्धारण कसरी गर्ने, नामांकन कुन आधारमा गर्ने यसको लागि स्थानिय र केन्द्रको सम्वन्ध कस्तो हुने, स्थानिय राज्यहरुको अन्तर सम्वन्ध कस्तो हुने, लगायत सबै कुरा एकैपटक गर्नुपर्छ, नाम मात्र भनेर हुँदैन ।
यसका लागि राजनीतिक विज्ञ, भुगोल विद, अर्थविद, जनसंख्या विद समाज विद लगायतको वुझाइमा आधारित हुन पर्यो । विज्ञहरुको समूह बनाइदिने उनीहरुले रिपोर्ट तयार गर्छन त्यस अनुसार बल्ल संघीयताको काम अगाडि बढ्न सक्छ जो ब्यवाहारिक पनि हुन सक्छ, तर यस्कालागि राजनीतिक दलहरु तयार छैनन ।
यसरि वनाउदा ब्यवाहारिक र वैज्ञानिक हुन्छ र अन्तत औपचारिक निर्णय गर्ने त राजनीतिक दलहरु नै हुन, चित्त बुझेन पुनः हेरफेर पनि संभव हुन्छ । आबाश्यक परे संसद्ले संसोधन पनि गर्न सक्छनी । तसर्थ यसरी नि काम गर्न सकिन्छ ।
जुन देशमा पनि संघीयताको निर्णय लिँदा जनताको माग, स्वरुपहरु धेरै हुन्छन् र रुचिको विषयमा पनि धेरै हुन्छन् । जस्तो की भारतमा सन् १९२० मा संघीयताको कुराहरु आएको हो र देशलाई स्वतन्त्रता गर्ने जातीय संघीयतामा जाने भन्ने कुरा थियो । १९४७ मा जब देश स्वतन्त्र भयो, नेहरु आफै प्रधानमन्त्री भएपछि जातको आधारमा त संघीयता दिन मिल्दैन बडो गाह्रो छ भनेर उनले मानेनन् । पछि धेरै बिरोध भयो र १९५१ मा कमिशन गठन गर्नुभयो, १९५६ मा कमिशनको रिपोर्ट आयो ।
त्यस्तै, साउथ अफ्रिकामा पनि जातीय संघीयताको कुरा नेल्शन मण्डेलाले पहिला कमिट पनि गरेका थिए तर पछि आफू सत्तामा आएपछि जातीय संघीयताको कुरा हुनै सक्दैन भनेर जोग्राफीको आधारमा संघीयता बनाउनुभयो । अर्थात् मैले के भन्न खोजेको के हुँ भने जुन जुन देशमा संघीयताका यस्ता प्रकारका कुराहरु आए त्यहाँ आयोगहरु गठन गर्ने देखि लिएर अध्ययन, अनुसन्धान गर्ने र विज्ञहरुबाट रिपोर्ट आएपछि बल्ल काम भएको देखिएकोछ । नेपालमा पनि त्यहि गर्नु उपयुक्त हुन्छ ।
संघीयताको स्वरुप कस्तो हुनुपर्छ त ?
पहिला त संघीयताको स्वरुप स्पस्ट हुनुपर्नेमा कुनै नेता, दलले बोल्न आँट गरेका छैनन । संघीयता यस्तो हुनु पर्छकी जसले राज्य र केन्द्रलाई कमजोर नबनाओस् । कम अधिकारमा भोलि वढाउन सजिलो हुन्छ तर एकाएक बढी बनाएर भोलि कम गराउन सजिलो हुन्न ।
जस्तो कि नाइजेरियामा ३ बाट ३६ भएका छन्, अमेरिकामा १३ बाट सुरु भएको प्रदेश ५० वटा पुगेका छन् भने भारतमा १४ वटा बाट २९ भएको छ । यसतर्फ पनि विचार गर्न जरुरी छ । संघीयताको अध्ययन गरि सिफारिस गर्न विज्ञहरुको आयोग वनाई जिम्मा दिन आवाश्यक छ ।
संघीयतामा एकल जातीय पहिचान शुद्ध विष हो भने बहुजातीय पहिचान पानीमा मिलाइएको विष हो । संघीयतामा जातीयता मिसाइनु हुदैन । म आज यादव छु तर भोलि मेरो छोराछोरीले यादव समाज मै विवाह गर्छन् भन्ने ग्यारेन्टी लिन सकिन्न । धेरै नेताहरु छन् जो आफू मधेशी मूलका छन् तर विवाह पहाडी मूलकोसँग गरेका छन् । त्यो छोराछोरीलाई केमा लैजानुहुन्छ मधेशीमा लैजानुहुन्छ कि पहाडीमा लैजानुहुन्छ ?
नाम नै लिन्छु म, अशोक राई जी आफै राई हुनुहुन्छ तर विवाह नेवारसँग गर्नुभएकोछ, उहाँले कुनमा राख्नुहुन्छ त ? त्यसकारण जातीय कुराले समाजलाई टुक्र्याउँछ तर सिद्धान्तले एउटा बाटोमा लैजान्छ र एक अर्कालाई जोड्ने भनेको राष्ट्रले नै हो । यो कुरा हामीले भुल्नु हुँदैन ।
तपाई राजनीतिज्ञ पनि जस्तो राजनीति उस्तै कानून पनि भन्छन् । अहिले नेपालको राजनीति विश्वकै नमूना खराब संस्कार युक्त छ भन्ने कुरामा खासै दुईमत नहोला भनेपछि हाम्रो देशमा जस्तो राजनीति उस्तै कानून भएको र बन्ने तयारी हो ?
कानुन आफ्नो इच्छा अनुसार बनाउनुभयो भने त्यो बिग्रन सक्छ, संघीयता आफ्नो इच्छा अनुसार बनाउनुभयो भने त्यो बिग्रन सक्छ । आफ्नो इच्छा अनुसार भयो भने त्यो धोका हो, लोकतन्त्र र कानूनको शासन स्थापित हुनु पर्छ भने राजनीतिक दलको अनुकुलमा, स्वार्थमा पक्षमा हैन जनताको पक्षमा कानून वन्नु र हुनुप-यो ।
भनिन्छ नि ‘एब्सोलुट पावर मेक्स म्यान एब्सोलुट करप्ट’ शक्ति पृथकिकरणको पक्षलाई स्पस्ट ब्यवस्था र अभ्यास गरिनु पर्छ । हामीले अहिले सबैलाई एकै ठाउँमा राखेका छौं । दोस्रो कुरा, एउटै कार्यपालिकिय संरचना बनाउँदा समानुपातिक र प्रत्यक्ष निर्वाचित भएर वनाउनु तातो इँटामा बाँदर बसेको जस्तो हुन्छ ।
समानुपातिकको एउटा मापदण्ड छ, ५ प्रतिशत, १ प्रतिशत मात्र ल्याउने पार्टीले संविधानसभामा हंगामा गर्ने मौका पाइरहेका हुन्छन् यस्तो विश्वमा कही पनि छैन ।यसले गर्दा के हुन्छ भने कुनै पनि राजनीतिक दलले बहुमत पाउँदैन कमजोर सरकार वन्छ । प्रधानमन्त्रीलाई मन्त्रीहरुको बदमासी थाहा भएर पनि त्यसलाई हटाउन सक्दैनन् किनभने उनलाई थाहा छ त्यो मन्त्रीलाई हटाउनु आफू पनि हट्नु हो । उदाहरण मन्त्रीको काम पोलिसी बनाउने हो नि, पुलिसको काम हो डण्डा चलाउने ।
करिमा बेगमले डण्डा चलाउनुभयो तर सरकारले केही भन्न सकेन । त्यसैले समानुपातिकलाई जोडेर राख्ने हो भने डेमोक्रेसी पनि चल्दैन र सिस्टम पनि चल्दैन । जहिले पनि क्रिटिकल क्र्यास भइरहन्छ ।
विदेशी हस्तक्षेपको चर्चा उत्तिकै छ नयाँ संविधान र राजनीतिमा वुदागत रुपमा भन्नु पर्दा मुलतहः भारतको स्वार्थ के चिनको स्वर्थ के ?
वास्तवमा भन्ने हो भने विदेशी चलखेल यति भयो कि त्यसैले नै हो संविधान नबनेको । नेताहरु विदेश जाने र इसारामा नाच्ने होइन संविधान त जनताको इच्छा र राज्यको आवाश्यक्ता अनुसारको बनाउने हो जसका लागि विदेसिका पछिलाग्ने होइन जनताको बीचमा जानुपर्छ ।
भारतमा पनि नेहरुले संविधान बनाउँदा ब्रिटेन, अमेरिका, फ्रान्स, जर्मनी गएनन् उनी जनतामा गएर छलफल गर्थे, विज्ञहरुले बोल्थे र उनले सुन्थे । जनताको इच्छा बुझेर, मनोभावना बुझेर, २ वर्ष ११ महिना लगाएर उनले संविधान बनाए ।
त्यस्तै चीनको कुरा गर्नुपर्दा माओ त कहिले कतै नै गएनन । उनले संविधान बनाउँदा १० हजार पटक, छलफल गरेर बल्ल संविधान बनाए ।
तर हाम्रो देशमा नेताले जनतासँग भेट्ने जनताको आवश्यकता के छ बुझ्ने काम गरेका छैनन् । भारत या चीनमा गएर आएर संविधान बनाउन खोजेर त्यो त भारत या चीनको इच्छा अनुरुपको संविधान बन्न पुग्छ, नेपालको संविधान बन्दैन । आफू कमजोर भयो भने छिमेकीले त फाइदा उठाइहाल्छ नि, नेपालमा यही भएको हो ।
अहिले उत्तर र दक्षिणको मात्र हैन, युरोपियन युनियनको, अमेरिकाको सबैतिरको चलखेल छ, यस्तो चलखेल नेपालको इतिहासमा कहिले पनि भएको थिएन । राजनीतिक स्थिरता र र नेतामा आत्माविश्वास नभएर नै यो सबै भइरहेको हो । यो सबै नेताहरुले नेपाल र नेपालीको भावना नबुझेकाले भइरहेको हो ।
नेपालको वास्तविक रोग शासन प्रणाली वा संसदिय प्रणाली जस्ले चरम अस्थिरता र नेपालको यो हालत वनायो तर खास रोग तर्फ उपचार नगरि जस्ताको तस्तै राख्दै केहि नभएका ठाउँमा चिरफार हुदैछ भन्ने पनि एक खालको मत छ तपाई के भन्नु हुन्छ ?
चर्चीलले के भनेका छन् भने प्रजातन्त्र विश्वको उत्कृष्ट हो यसको कुनै विकल्प छैन । संसदिय र राष्ट्रपतिय प्रणाली प्रजातन्त्रको पल त हो नै, जब जरामा नै कमजोरी देखिएको छ भने फल राम्रो हुने त कुरा भएन । अहिले हामीले राजनीतिक व्यवस्थालाई स्थापना गर्दा राजनीतिक संस्कारलाई पनि मिल्ने खालको गर्नुपर्छ ।
कुनै कम्पनीको गाडी जापान, अमेरिकामा पनि राम्रोसँग चलिरहेकोछ तर नेपालमा आएर चलाउँदा तपाईले ठोकिदिनुभयो भने त्यो पजेरोको गल्ती हुँदैन । ड्राइभर वेठिक होनी, ड्राइभर ठिक भए सवै समाधान हुन्छ ।
यहाँ कुरा प्रणालिको भन्दा नेतृत्वको छ कमजोर हुनुमा । नेतृत्व ठिक भए प्रणाली आफै ठिक हुन्छ । भारतमा एक पटक हामी गएको बेला सोधेका थियौं, साउथ एसियाका धेरै देशहरुमा डेमोक्रेसी स्थापित भएन तरे तपाईकोमा कसरी भयो ? संविधान, समावेशी, संघीयता के ले हो ? उसले अरु केहीले होइन हाम्रो नेताको योगदान नै हो । नेताहरुले आफ्नो लागि होइन, मुलुकका लागि सोच्थें, राजनितिमा २४ सैं घण्टा खल्तीमा राखेर हिंड्थे ।
संविधानमा सबै कुरा राख्ने भाँडो हाइन र हुनु पनि हुँदैन, तर यहाँ त जो संग भट भयो त्यहि संग तपाईको कुरा संविधानमा भनिदिने फेसन वनेको छ । १० वर्षपछि कस्तो पद्धति हुन्छ अहिले ग्यारेन्टी लिन सकिन्न नि । पहिला त्यही भारत हो ब्रिटेनबाट पढेकोलाई भारतमा लिएर आउथ्यो अहिले भारतमा पढेको जर्मनी जाँदैछ, ब्रिटेन जाँदैछ । कुनै दिन भारतिय र डक्स नट अहलाउड भन्ने ब्रिटेन अहिले भारतीयहरु ठिक भनिरहेका छन । त्यस्तै हाम्रोमा पनि पद होइन, जनता र मुलुकको हित चाहिन्छ भन्ने मानसिकता हुनु पर्यो सवै ठिक हुन्छ ।
नेपालको हिमाल पाहाड तराईमा वसेका भौगोलिक र जातिय मानसिकतावाट अघि वढेका जनतालाई यहाँ के भन्न चहानु हुन्छ ?
जनताको् रक्षा, हित, उन्नती लगायतको लागि राज्यको उत्पत्ति भएको हो । सरकारले कमजोर वर्गलाई सुरक्षा, संरक्षण प्रदान गर्ने हो तर अहिले त्यसमा राज्य असफल छ । जब राज्यले सुरक्षा नै दिदैन असक्षम छ भने राज्य किन चाहियो र सरकारले जनताको करमार्फत पैसा लिएको हुन्छ भने जनता प्रतिको जिम्मेवारी हुनेकि नहुने ?
अब पनि तोकिएको समयमा संविधान दिन नसके भत्ता लिएर बस्नु हुँदैन । समयमा जिम्मेवारी पुरा गर्न नसके जनताको करको पैसा लिएर संविधानसभाको सभासद पदमा बसिरहन नैतिकताले दिँदैन । संक्रमणकालीन समयमा विश्वमा जहाँ पनि निराशा हुन्छ, नभएको होइन । अमेरिकामा पनि वासिङ्टनलाई धेरै गाह्रो भएको थियो ।
त्यस्तै भारतमा पनि नेहरु आत्तिइसकेका थिए । नेपालको त शान्ति सम्झौता भएको आज झण्डै १० वर्ष भइसक्यो । तर पनि कुनै पनि क्षेत्रमा हामी राम्रो देख्न सकिरहेका छैनौ । जनताले पनि यस्तो अवस्थामा सम्यमित भएर राज्यको हित अनुकुल विषयलाई उठान गरि राज्यको असहजतामा सहजता थप्ने काम गर्नु पर्दछ ।
राजनीतिक दलहरुलाई यहाँको विशेष सुझाव के छ ?
शान्ति सम्झौताको एउटा उपलब्धी अन्तरिम संविधान पनि हो तर संविधानको बिरोध र उल्लंघनमा उहाँहरु नै लारिगरहनु भएको छ जसले हिजो अन्तरिम संविधान बनाउनु भएको थियो । लोकतन्त्रमा बुद्धिको, सिद्धान्तको लडाइँ हुन्छ, तर यहाँ बन्दुकको लडाइँ, लाठी जुलुश भइरहेको छ ।
राजनीतिक दल र विशेष गरी म माओवादी साथीहरुलाई के भन्छु भने, तपाईहरुले रैतीबाट जनता बनाउनुभयो, जनताबाट नागरिक बनाउँछु भनेर प्रतिबद्धता गर्नुभएको छ । यसलाई मनन गरेर हत्या हिंसा हैन प्रक्रियाको राजनीति गर्नुहोस् ।
तपाईको विचार राम्रो भयो भने सबै नेपाली जनता तपाईको नै पछि लाग्नेछन् । अहिले, नेपाल र नेपालीको अस्तित्व जाने हो कि भन्ने डर भइसकेको छ । जबकि नेपाल विश्वमा १७ वटा देश हुदा पनि सार्वभौम राज्य थियो ।
अहिलेसम्म नेपालमा कहिले पनि जातीय क्षेत्रीय द्वन्द्व भएका थिएनन्, अहिले किन भइरहेकोछ ? यसमा सोचिदिनुहोस् । हैन भने भोलि इतिहासले तपाईहरुलाई कहिले पनि माफ गर्दैन र इतिहाँसमा गलत तथ्य नवन्नुहोस । राष्ट्रिय स्वार्थलाई राखेर अगाडि बढिदिनुहोस्, आफ्नो र दलको स्वार्थलाई बिर्सिदिनुहोस् ।
संघीयताको वहस देशको लागि भन्दा पार्टीका स्वार्थ र राजनीतिक प्रोपोगान्डाको रुपमा विकाश भयो (Y)
tapaiko bichaarle 98% nepaliko pratinidhitwa garchha bhanne thandachhu.
mero bichaarma sambidhaan bannu matra thulo kuraa hoina, nepaliko ekataa bachaaune sambidhaan bannu parchha.
यति राम्राे बिचार बाेकेका गैर जातियताका मात्रिका जी किन जातियताको गन्ध बोकेको हूलमा पसेकाे ???