संविधानका प्रावधानहरु आफैमा अक्षरका संग्रह मात्र हुन् । पालनकर्ताको चरित्रले त्यसमा सकारात्मक वा नकारात्मक पन आउँदछ ।
भनिन्छ ८० प्रतिशत संविधान पूर्व निर्मित नै हुन्छन् । बाँकी २० प्रतिशतमा हामी असल विषय भर्न सक्दछौ ।
नेपाल वार एशोसिएसनका पुर्व महासचिव एवं नेपाल ल क्याम्पसमा एलएल.एम. तहमा प्राध्यापनरत कानून ब्यवसायी एवं कानून ची विजयप्रसाद मिश्रले नेपालको कानूनका विभिन्न विधा र क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ । विश्वको कानून प्रणाली लगायत कानूनका सैद्धान्तिक पक्षमा राम्रो ज्ञान राख्नुहुने उहाँले नयाँ संविधान र त्यसमा राख्न सकिने उत्कृष्ट पक्षको बारेमा नेपाल कानून संग गर्नुभएको कुराकानी ।
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
म अहिले आफनो नियमित कार्यमा व्यस्त छु । अध्ययन अध्यापन, कानुन व्यवसाय आदि ।
नयाँ संविधान आउने तर्फ केहि सकारात्मक पक्ष देखिएका छन अब बन्ला त संविधान तपाइलाई के लाग्छ ?
संविधान बन्ने देखिन्छ । स्वार्थ राख्ने समूह बीच टकराव भएन भने ।
अब संविधान लेख्दा हामी विश्वमा नै पछिल्लो समयमा संविधान लेख्ने राज्य मध्येमा पर्दछौं यसबाट विश्वमानै संविधानको अभ्यसमा भएका समस्या र नकारत्मक पक्षबाट सतर्क हुदै उत्कृष्ट पक्षलाई अभ्यास गर्ने मौकामा छौ । तपाइको बुझाईमा ती पक्षहरु के के हुन सक्छन ?
सम्पूर्ण प्रणालीका असल पक्षहरुलार्इ हामी संविधानमा समेट्न सक्छौ जसबाट हाम्रो संविधान उत्कृष्ट व्यवस्थाहरुको संग्रह हुन सक्दछ । भनिन्छ ८० प्रतिशत संविधान पूर्व निर्मित नै हुन्छन् । बाँकी २० प्रतिशतमा हामी असल विषय भर्न सक्दछौ । स–साना कुरामा नअल्झि राष्ट्रियता एवं भावी सन्ततीको मुहार संझी सहमति र मस्यौदा गर्न सकेमा त्यो दिगो हुन सक्दछ । संविधानका प्रावधानहरु आफैमा अक्षरका संग्रह मात्र हुन् । पालनकर्ताको चरित्रले त्यसमा सकारात्मक वा नकारात्मक पन आउँदछ । विश्वका आधुनिकतम व्यवस्थाहरु अनुकरण गर्न पाउनु हाम्रो लागि नाफा नै हो ।
हामीले संविधान र कानूनमा कमन ल सिष्टमको बढि जसो अनुशरण गरेका छौ । कतिपय सिभिल ल सिष्टममा पनि भएका सकारात्मक पक्षलाई खुलेर नै अंगिकार गर्न सकिन्न ?
हाम्रो प्रणाली हिन्दू, कमन, सिभिल र मौलिक प्रणालीको साझा स्वरुप हो । जुनसुकै प्रणालीका राम्रा पक्षहरु अनुकरण गर्दै आफनो प्रणाली सुरक्षित गर्नु हाम्रो आवश्यकता नै हो । प्रणाली जुनसुकै अपनाए पनि कानुनी प्रावधान जस्तो सुकै गरे पनि त्यसको सू संचालनका लागि आवश्यक सत्चरित्र र इमान्दारिता हामीमा कम हुदैछ । प्रणालीको जन्म विभिन्न पक्षहरुको दृस्य अदृस्य त्याग तपस्या वलिदान चत्युर्याई र योगदानबाट भएको हुन्छ । त्यसको लाभांँस हामी अहिले उपभोग गर्दै छौ । तर पूजि भने क्षय हुदैछ ।
यसरी अंगिकार गर्न सकिने पक्ष के के हुन सक्छन ?
मेरो विचारमा प्रथमत सवै विषयमा सरल कानुनी व्यवस्था हुनु पर्दछ । कानुन लागू गर्ने निकाय र पदाधिकारीमा व्याप्त शासक मनस्थितिलाई सरल एवं सेवक सेवा मुलक मनस्थितिमा बदल्नु आवश्यक छ । तारेख प्रणाली, देवानी र फौजदारी मुद्धा एउटै फिरादबाट नलाग्ने प्रत्येक व्यवहार घटनै पिच्छे अलग अलग फिराद गर्नु पर्ने जस्ता पुरातन व्यवस्थालाई हटाउनु पर्दछ । ठगी मुद्धालाई व्यक्तिवादी बनाइनु पर्दछ । यसको व्यापक दुरुपयोग भयो ।
मुद्धा फैसला हुने वितिकै तहसिल शाखामा कार्यान्वयनका लागी तारेख तोकी पठाउने, पुनरावेदन परे मुल्तवी राख्ने जस्ता विविध सुधार तुरुन्त प्रारम्भ गर्न सकिन्छ । कानुन व्यवसायीको लागी आवश्यक निरन्तर तालिमका लागि लयर्स एकेडेमीको स्थापना र संचालन गर्न पनि त्यतीकै आवश्यक छ । न्यायाधिश कानुन व्यवसायी आदीको सम्मेलनबाट पारित भएका प्रस्तावहरुको कार्यान्वयनवाट धेरै समाधान हुने निश्चित छ । यी निकायहरुमा प्रसस्त कार्यान्वयन अनुगमन इकाइ गठन हुन जरुरी छ ।
शाशकिय स्वरुपमा संसदीय प्रणालीलाई नै अंगिकार गर्ने लगभग सहमति भएको देखिन्छ, यो अस्थिरताको कारक हो भन्ने पनि भनाई आएका छन, यसमा संविधान सभालाई तपाईको सुझाव के छ ?
एकतन्त्रीय शासनमा फर्कन सक्ने अवस्था अहिले छैन । सो सरहको एक व्यक्ति शक्तिशालिी हुने प्रणाली पनि ठीक होइन । संसदवाट निर्वाचित प्रधानमन्त्री अन्तर्गतको क्याविनेट प्राणालीमा हामी अभ्यस्त छौ । तर यस प्रणालीमा संसद, संसदिय दल आदि जनता प्रति व्यवसायीक रुपमा उतरदायी नहुनु पनि एक प्रकाराको जंग वहादुर प्रवृति नै हो । यसमा सुधार हुनु पर्दछ ।
हाम्रो पुर्विय मान्यता वा हिन्दु विधिशाश्त्रिय मान्यताका कुन पक्ष ब्यवाहारिक छनु जुन नयाँ संविधानमा स्थान दिनै पर्छ भन्ने लाग्छ ?
पूर्विय मान्यताका कुराहरु व्यवहारीक छन् । मृत्यु चिन्तन मृत्यु पछिको जिवन आदिका कुराहरु यसमा छन् । महाजिवन यात्राको क्रममा अर्को जीवन राम्रो बनाउन यस जीवनलाई अवसरको रुपमा लिई सत्कर्म गर्नु पर्दछ भन्ने यसको सार हो । हाम्रो प्रणालीमा स्थान दिन आवस्यक छ ।
बन्न लागेको संघिय संविधान अनि केन्द्रिकृत न्यायपालिका कत्तिको प्रभावकारी होला भन्ने लाग्छ ?
न्यायपालीकाको संरचनामा नाम र तह परिवर्तन वाहेक अन्य कुनै कुरा तत्काल परिवर्तन होला जस्तो मलाई लाग्दैन । प्रणाली परिवर्तन भए पनि हाम्रो संस्कार पुरानै छ । यही पुरानो संस्कार भित्र राम्रा नराम्रा दुवै कुराहरु छन् । राम्रो कुराको वढोतरि समयको माग हो ।
संवैधानिक अदालतमा ३ जना सर्वोच्च अदालतका न्यायाधीश रहने भएपछि यसलाई संवैधानिक वेन्च भनिदिएको भए पनि हुने थियो । बाँकी २ जना सदस्यको भार यसलाई वोकाईनुको कुनै अर्थ देखिन्न । सवंैधानिक अदालत उपर सर्वोच्च अदालमा मुद्धा लाग्ने भए पछि यसको औचित्य के रहयो र ?
न्यायपालिकाको संरचना कस्तो हुदा राम्रो हुन्छ ?
सर्वोच्च अदालतको संरचनामा अस्थायी र अतिरिक्त न्यायाधिशहरुको व्यवस्था हुनु हुदैन । स्थायी न्यायाधिशले अस्थायी न्यायाधिशलाई दोस्रो दर्जाको ठान्ने र स्वयं अस्थायी न्यायाधिशले पनि आफूलाई परिपक्व न्यायाधिश नठान्ने प्रवृति छ । न्यायाधिश सहप्राध्यापक वरिष्ठ अधिवक्ता भरतराज उप्रेतीको इच्छामरणको घटनावाट सम्पूर्ण प्रणालीले शिक्षा लिन र आफूलाई सुधार गर्न सक्नु पर्दछ ।
उत्कृट बन्न संविधानले समेट्नै पर्ने पक्ष वुदागत रुपमा भन्नु पर्दा के के हुन सक्छन ?
न्यायापालीकाको संचालनमा न्यायाधिशको नियुक्ती सरुवा वढुवा कारवाही आदिको मामिला हेर्ने न्याय परिषदरको भूमिका महत्वपूर्ण छ । परिषदमा वारको प्रतिनिधि पठाउने व्यवस्था छ । प्रतिनिधि पठाई सके पछी निज वार प्रति उतरदायी हुने वा निजको गतिविधि वारले जानकारी लिन पाउने व्यवस्था देखिदैन । कमसेकम वार प्रतिनिधिले न्याय परिषदमा निर्वाह गरेको भूमिका वारको साधारणसभामा महासचिव मार्फत प्रस्तुत हुने व्यवस्था गरिएको भए धेरै कुरा जानकारी हुने थियो ।
नेपालको न्यायपालिका र न्याय परिषद पनि निक्कै विपादित वनेका छन यसको सम्रचाना कस्तो वनाए स्वतन्त्र न्यायपालिका र कानूको शासनलाई राम्रो अभ्यासमा ल्याउन सकिन्छ ?
वार भित्र राजनैतिक अवस्थाका आधारमा परिषदमा मनोनयन गर्ने चलन छ । त्यसपछि इतर राजनितिक विचार धारण गर्ने व्यक्तिवाट निजको क्रियाकलाप वारेमा खरो टिप्पणी गरिने चलन हाम्रोमा छ । वार प्रतिनिधिले परिषदमा सामान्य भूमिका मात्र निर्वाह गर्दा परिषदका अध्यक्षको भूमिका सधै प्रभावशाली भई वढुवा प्रणालीमात्र स्थापित हुने घटनाक्रम देखियो ।
समग्रमा यसका पदाधिकारी जो भए पनि इमान्दार नैतिकवान निष्ठावान र सक्षम व्यक्ति न्यायपालीकामा भित्रयाउने चाहना शक्ति यसमा हुनु पर्दछ । अन्यथा यसको कुनै औचित्य नै वाकी रहदैन । पूर्वाधिकारीले सम्पेको पवित्र न्यायपालीका सोही अवस्थामा उतराधिकारीलाई फर्काउनु हामीले धेरै कार्य गर्नु छ । त्यसको शुरुवात आफैलाई सुधारेर गर्नु पर्दछ । अदालतमा निष्ठावान न्यायकर्मी विराजमान गराउदै राष्ट्रियता एवं नागरिक हक सुरक्षित गर्नु एवं त्यस्तो वातावरणमा कानुन व्यवसाय गर्ने एक मात्र हाम्रो चाहना हो ।