नेपालको सरकारी उच्च स्तरिय टोलि छिटै चिन भ्रमण जादैछ, त्यहाँ के के कुरा या सम्झौता सहमति हुन सक्छन र चिनले के नेपाल संग के कस्तो नीति बनायको छ र थियो लगायत का बिबिध बिषयमा चीनका लागि पूर्व राजदुत टंक कार्की संग नेपाल कानुन डट कम ले गरेको कुराकानी :
तपाई चिनका लागि पुर्ब नेपाली राजदुत हुनुहुन्छ, चिन र नेपालको सम्बन्ध कस्तो पाउनु भयो ?
चिन र नेपालको सम्बन्ध ज्यादै प्राचिन सम्बन्ध हो, नेपालको सभ्यता भनेकै चिन, भारत र नेपालको सभ्यताको सम्मीश्रणबाट बनेको सभ्यता हो । करीब सातौ सताब्दीबाट नेपाल चिन बिच कुटनैतिक सम्बन्ध कायम भएको पाईन्छ। १९५५ बाट नेपाल र चिन बिच दौत्य सम्बन्ध कायम भएको हो । त्यस देखि यता दुईवटै देश बिचको सम्बन्ध कागजी र आत्मीय रुपमा अगाडी बढदै आएको छ ।
पहिला चिन बिकाशको चरणमा थियो अहिले शक्तिशालि राष्ट्र बनिसकेको छ, यस संग संगै उसको नेपाल प्रतिको दृष्टीकोणमा के परिबर्तन आएको छ ?
पहिला चिनलाई सुतेको बाघ भनिन्थ्यो,यसलाई बिरामी भई राख्न देउ भन्ने चलन थियो । अहिले त्यो सुतेको बाघ जागेको छ, विश्वको दोस्रो आर्थिक रुपले सम्पन्न देह बनेको छ । अबको एक दशकमा नै संसारमा पहिलो बन्ने बिश्लेषण गरिन्छ । त्यसैले चिनले बिकाश संगै अन्तराष्ट्रीय रंगमञ्चमा आपनो भुमिका अझ सक्रीय बनाऊन चाहिरहेको छ ।
उ साझा बिकाशको धारणा घोषणा गरी राखेको छ र यस्को सुरुवात आफ्ना छिमेकी मुलुकबाटै गर्न चाहान्छ । नेपाल त पहिले देखिनै घनिष्ठ सम्बन्ध रहि आएको देश हो । नेपालको बिपन्नतामा आफु पनि सार्थक भुमिका खेल्न पाउ भन्ने चाहाना चिनियाहरुको हो भन्ने मलाई लाग्दछ ।
नेपालमा भएको संबिधान निर्माण पश्चात भारतले गरेको हस्तक्षेप र भारतको कुरा नसुनि नेपालले गरिरहेको केहि स्वतन्त्र कामहरु लाई चिनले कसरि हेरेको छ ?
चिनले जसरि स्वतन्त्र बिदेश नितीको अबलम्बन गरेका छ, र अन्य राष्ट्रहरुले पनि स्वतन्त्र निती अबलम्बन गरुन ,आफ्नो खुटामा उभिउन, जसबाट एक आपसमा सहयो गर्न पनि सजिलो हुने चिन सोच्दछ भने भारत भने औपनिवेसिकतावाट आएको इतिहास र उपल्लो राजनितीले अझै औपेनिबेशीक मानसीकता अझै छाडेको छैन । सामाजिक संरचनामा पनि भारतमा बाबु साहेब प्रबृती रहेको पाईन्छ । साथै यहि कारण उनिहरु आफ्ना छिमेकिहरुमा पनि उत्तm प्रबृती प्रयोग गर्न खोजिरहेक छन ।
के भारत अझै औपेनिबेशिक मानसिकताबाट माथि उठन नसकेको हो त ?
हो अझै भारत चभबष्शिबतष्यल को चरणमा छ, अहिले भारतमा नेपालकै बिषयलाई लियरै तल्लो तह देखि माथिल्लो तह सम्म बिबाद चुलिएबाट यो कुरा अनुमान गर्न सकिन्छ । तर एउटा पक्ष रामे्रा छ जस्को प्रभाब पछि तल सम्म सर्दा नेपाल लगायत छिमेकी देशलाई हेर्ने भारतको दृष्टीकोणमा फरक आउन सक्छ ।
इुरोपियन युनियनको विकल्पमा दक्षिण एशियाली राज्यहरु मिलेर शक्ति समुह बन्न सम्भव छ की छैन र किन भईरहेको छैन ?
सम्भब छ साथै गर्न आवश्यक पनि, तर भारत बाबु शाहेब प्रबृतीबाट माथि उठन नसकेर, भारतको छिमेकीलाई हेर्ने प्रबृती नै गलत भएको हुदा यो विषय विष्यनै भएको छैन । ठुलो राष्ट्र भएर अहंकार भारतले छोडनुपर्छ र आपसमा पारस्परिक लाभलाई ध्यानमा राखेर व्यवहार काम गर्नुपर्छ ।
अब नेपालका प्रधानमन्त्रीको चिन भ्रमण हुदैछ, बुदागत रुपमा भनि दिनुहोस की नेपालले चिन संग कुन कुन कुरामा सम्झौतागर्न अनिबार्य छ ?
यो भ्रमण अरुबेलाको भनदा बिशेष भ्रमण हुने कुरामा म बिश्वस्त छु, , साथै मलाई लागेको नगरि नहुने सम्झौताहरु :
१. पारबाहन सन्धी – पहिले छलफल भईसकेको बिषय हो यस्को टुङगो लगाउनु पर्छ ।
२. पेट्रलियम पदार्थ आपुर्ति–भारतको एकाधिकारबाट माथि आउनैपर्छ ।
३. लगानि र प्रबिधी भित्राउने पहल –हाम्रो स्रोत साधन परिचालन गर्न लगानी र प्रबिधी भित्राउनु आजको आवश्यकता हो ।
यस संग सम्बन्धीत बिपा जस्तो या लगानि सम्बन्धी सम्झौता हरु गर्नु पर्छ ।
त्यसैगरि चिन संग धेरै भन्दा धेरै नाकाहरु खोलाउने बिषयमा पहल गर्नै पर्छ । त्यसैगरि पहिले प्रस्ताब भएको कुरा नेपाल , भारत , चिन मिलेर एउटा शक्तीकेन्द्र बनाउने कुरालाई स्वागत गर्नु पर्छ ।
जसरि अहिले भारतका केहि ब्यक्तीले नेपालले चिन संग गर्न लागेको सम्झौता, भइैरहेको कुराकानी प्रति रुष्टता देखाएका छन, कहि नेपाल र चिन को सम्बन्ध राम्रो बन्दा चिन र भारतको सम्बन्धमा फरक आउला ?
नेपाल चिनसंग नजिकीदा भारत रिसाएर चिन र नेपाल को सम्बन्ध नै बिग्रीने स्थीती सम्म आउला जस्तो त लाग्दैन । कीनकी भारतले नेपाललाई गर्ने हेपाहा प्रबृति छोडनु नै पर्छ । नेपालको बिषयमा कुनैपनी राज्यले बोल्दा नेपालको संबेदनशिलतालाई पनि बुझनु पर्छ ।
कहिले कता भारतियहरु नेपाल आउदा कुटनैतिक मर्यादा बिर्सने गरेका छन । त्यसैले हामी उत्ताउलो पनि हुनु हुदैन र कायर पनि हुनु हुदैन, लघुताभास हामीले पाल्नु पनि जरुरि छैन, दुइटै संग समानता कायम गरि अगाडी बढ्नु पर्छ । जसकारण नेपाल भारत चिनको संवन्धमा विवाद गर्नुपर्ने विषयवस्तु नै होइन र हुनु पनि हुदैन ।
नेपाल र चिन बिचको दिर्घकालिन सम्बन्धक लागि चिनले नेपाल संग गरेको अपेक्षा के हुनसक्छ ?
प्रमुखत सुरक्षा चासो नै हो अर्को व्यापार, दोश्रो कुरा बिस्वमा हुने सम्बन्धमा नेपालले सहयोग गरोस भन्ने चाहन्छ, त्यस्तै गरि मुख्य कुरा सुरक्षाको होला भन्ने लग्छ । त्यस्तै गरि एक चिन नीति अखण्ड चिन तिब्बत सहितको कुरामा नेपाल बाट सहयोग चाहन्छ भन्ने लाग्छ ।
आज सम्म चिन र नेपाल बीच त्यति राम्रो सम्बन्ध सहयोगको स्थिति नहुनुको कारण चीनियाँ चासो भएको तर नेपालको नेतृत्वले गर्न नचाहेको हो त ?
पहिला को सम्बन्ध लाई नबिर्सी हेर्ने हो भने बिचमा नेपालको नेतृत्वले कुरा गर्न नसकेको जस्तो देखिन्छ, किनकि चिन जहिले पनि सस्थापन पक्ष संग मात्र सम्बन्ध राख्छ न कि भारत जस्तो कहिले प्रतिपक्ष कहिले कहिले सरकारको नजिक हुदैन र पनि हाम्रो देशले सम्बन्ध बढाउन नसकेको होला त्यस्तै हामीमा केहि मात्रमा लघुताभास पनि पालिएको छ ।