Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

हामी एक्टिभ बारको नेतृत्व गर्न सक्छौ : शेरवहादुर के.सी.

Sher_Badhur Karki

अधिवक्ता शेरवहादुर के.सी.

अधिवक्ता शेरवहादुर के.सी. वर्तमान आसन्न नेपाल वार एसोसिएसनको निर्वाचनको लागि बृहत लोकतान्त्रीक (मधेशी, आदिवासी/ जनजाती तथा पेशागत समावेसी) कानून ब्यवसायी समुहको तर्फवाट अध्यक्षको उमेद्वार हुनुहुन्छ । उहाँ संग चुनावि विषय प्रसंगलाई लिएर नेपालकानूनले गरेको कुराकानी

नेपाल बार एसोसिएसनको आसन्न चुनाबमा अध्यक्षको उम्मेद्वार हुनुहुन्छ, तपाईको नेर्तत्व कीन आवश्यक छ बारलाई ?

हाम्रो समुह बृहत लोतान्त्रिक कानुन ब्यबसायी संघ चैत्र २० मा हुनलागेको नेपाल बार एसोसिएसनको चुनाबमा सहभागी हुने एक समूह हो, जसको नेतृत्व मैले गरि रहेको छु । हाम्रो समूहलाई किन मत दिनु पर्छ वा किन हाम्रो नेतृत्वको आवश्यकता छ भन्दा हामी स्वतन्त्र न्यायपालिका, संबिधानबाद, विधिको शासन, लोकतन्त्र र मानव अधिकार लगायत संविधानवादका बेसिक कुराहरुको नेर्तत्व प्रदान गर्न हाम्रो नेर्तत्व आवाश्यक छ ।

अर्को पक्ष नयाँ संबिधान कार्यान्वन गर्न पनि एक्टिभ बार चाहिन्छ, अहिले एक्टिभ बार छैन, अहिले विभाजित बार छ, नेतृत्वको साथी बार छोडेर जानुभो, बारबाट राजिनामा गरेर जानु भयको छ र न्यायधिस हुनु भाएको छ । हामी एक्टिभ बारको पक्षमा छौ र हामी एक्टिभ बार दिन सक्छौ र हामीले नेपाल भरिनै प्रतिबद्धता पनि त्यहि नै जनाएका छौ ।

हाम्रो समूहले बिजय गरेपछि कुनै पनि साथी अन्यत्र पदमा जाने छैनौ, कुनै किसिमको सरकारी जागिरमा जनेछैनौ, अदालतको न्यायधिस पनि हुने छैनौ । त्यसैले अहिलेको अबस्थामा देशमा बिबिध समस्या भएको बेलामा हामी एक्टिभ बारको नेतृत्व गर्न सक्छौ ।

जसको आधार के छ कि अरुले एक्टिभ बारको नेतृत्व गर्न नसक्ने र तपाईहरु सक्ने ?

म २०६० देखि ६३ सम्मको बारको उपाध्यक्ष पनि थिए, त्यो कार्याकाल नेपाल बारको स्वर्णिम कार्याकाल हो, जुन समयमा सम्भु थापा अध्यक्ष हुनुहुन्थ्यो हामीले त्यो समयमा जुन काम गर्यौ त्यो प्रभावकारी भएको थियो । हाम्रा साथीहरु जेल वसेका थिए, निषेध आज्ञातोडेर पनि काम गरेका थियौ ।

देशको अवस्था निरंकुसता, संकटवाट गुज्रेको अबस्थामा पनि हामीले राम्रो काम गरि सकेको अनुभब छ । त्यसपछिका कुनै पनि बारको नेतृत्वले त्यति उचाई लिन सकेको छैन र त्यति शान मर्यादा र मान पनि पनि बारलाई दिन सकेन ।

अहिले कानुन ब्यबशयिलाई न्यापालिकामा पनि अन्याय गरिएको छ । जस्तो २८ जना न्यायधिस हटाइयो २ जना न्याय परिषद्का सदस्य हटाइयो, संबिधान आउदा आउदै हटाइयो यस्ता गल्ति भैरहेका छन् हामी आइसकेपछि यस्ता गल्ति हुनै दिदैनौ यो मोरो प्रतिवद्धता हो ।

अहिलेको बारको नेतृत्वमा माहाषचिवले हाँक्नु भएको छ, अध्यक्ष हुदा पनी उहाँकै मनोमानी रह्यो भन्ने टिप्पणी छ नि कानून ब्यवसायीमा उहाँ फरी तपाइहरुकै प्यानल डि.एल.ए. वाट हुनुहुन्छ ?

Sher Badhur KC

चुनावि प्रचारमा के.सी. आफ्नो टिम र सहयोगिको साथमा

होइन जहिले पनि बारमा जिम्मेवारी अध्यक्षको नै हो जहाँ अध्यक्ष प्रणाली छ अरुको भूमिका त्यति निर्णायक हुदैन, पहिला हाम्रो कार्यकालको समयमा पनि हामी भए पनि शम्भु थापाको बार भनिन्थ्यो, यद्यपी रोल त हाम्रो पनि थियो । प्रशासनिक काममा महासचिवको रोल हुन्छ तर अध्यक्ष निर्णयक हो । जिम्मेवार सबै कम बढी होलान तर भाइटल रोल अध्यक्षको नै हुन्छ ।

कानुन ब्याबसायीको पेशागत हकहितको संरक्षण गर्नु नै बारको कार्य हो आज कानून ब्यवसायीका उजेन्डामा त कोही सम्वेदनसिल देखिएन, अब कसरि जानु पर्ला त ?

बार एक व्यवशायिक सस्था हो र नागरिक समाजको अग्रणी सस्था पनि हो र बार सधैको लागि स्थायी प्रतिपक्ष भयर बस्नु पर्छ, जुनसुकै सरकार आएपनी बारको भूमिका भनेको प्रतिपक्षको नै हो । यो मान्यतामा हामी छौ र पहिला पनि अहि मान्यतामा काम गरेको हो । यदि कुनै कार्याकालमा कसैले पार्टी संग एसोसियट भएर काम गरेको होला त्यो राम्रो कुरा होइन । स्वतन्त्र न्यायपालिका, संविधानको सम्रक्षणको लागि मुलुकको लागि बारले काम गर्नु पर्दछ भन्ने मान्यता राख्छौ हामी । साथै हामी आइसकेपछि कुनै दल बिशेषको बर बन्न नदिने कुरा हामी सोच्छौ ।

तपाईको नेतृत्वमा बार आए पछि गर्ने भन्ने योजना के के बुदागत रुपमा भन्नु पर्दा ?

कानुन ब्यबशायीको हकहित हेर्ने हाम्रो पहिलो दायित्व हो :

नयाँ प्रवेशी कानुन ब्यबशायीलाई न्युनतम तलबको ब्याबस्था हुनु पर्ने कुरा लागु गराउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छौ ।

ब्याबशायिको लागि जीवन बिमा, दुर्घटना बिमा, स्वास्थ्य बिमा जस्ता कुराको लागि पहल गर्ने छौ ।

नोटरी पब्लिकको लाइसेन्स लिएको व्यक्तिले गर्न पाउने कामहरु विस्तार गर्न पहल गर्ने छौ ।

लयर्स एकेडेमी बनाउने शोच पनि वनाएका छौ ।

साथै बार काउन्सिल भित्रै तालिमको व्यवस्था गर्ने, जहाँ सबैले लयर्सले तालिम लिन पाउन सक्ने छन ।

मधेशी कानून ब्यवसायी साथीहरुको मागलाई सरकार तथा दल सम्म पुर्याउने तथा उनीहरुको अन्यायको बारेमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाइसकेका छौ ।

मेलमिलाप को तालिमको व्यवस्था गर्ने ।

नया उत्पादित जनशक्तिलाई रोजाई अनुसारको काममा प्रवेशको बाताबरण बनाउने तथा सहजीकरणको ब्यावस्था गर्ने ।

बारलाई डिजिटलाइज गर्ने लगायत कार्य गर्ने प्रतिवद्धता हाम्रो समुहको छ ।

बारको चुनाबमा अदालती अभ्यासमा रहेका भन्दा वाहिरी सेवामा रहेकाहरु बढी मतदाता रहेका छन यो कसरी भयो र यसले ब्यवसायीकतामा र वारको भविश्यमा नै कस्तो असर पार्दाछ ?

अहिले बिधान अनुसार जे छ त्यसलाई स्विकार्नु पर्छ, बिधान अनुसार सदस्यता लिएको दुई बर्षमा मात्र भोट हाल्न पाउने ब्यबस्था छ यसको अर्थ व्यवसायिक नै होउन भन्ने हो पछि सल्लाह गरेर अझै बिधान संशोधन गर्नु पर्छ भन्ने सोचमा हामी छौ ।

छोटकरीमा अन्त्यमा के भन्न चाहानु हुन्छ ?

हामी एक्टिभ बार बनाउछौ, जो हामी निर्वाचित भएको छ महिनामा महसुस गराउने छौ, बारमा परिबर्तन दिने छौ, त्यसैले साथीहरुले हामीलाई भोट दिनु पर्छ । हामी मात्र कानुन ब्यबशयिको हकहित कै लागि मात्र काम गर्ने छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri