नेपाल बार एशोसिएशनको निर्वाचनको लागि बृहत प्रगतिशिल पेशागत, राष्ट्रवादी तथा गणतान्त्रीक कानून ब्यवसायी समहका तर्फवाट नेपाल वारका अध्यक्षका प्रत्यासी अधिवक्ता विजयकान्त मैनाली, उहाँ वरिष्ठ अधिवक्ता सम्भु थापा नेपाल वारको अध्यक्ष हुदा कोषाध्यक्षको हुनुहुन्थ्यो उहाँ संगको नेपाल कानूनको कुराकानी ।
तपाईको नेतृत्वको प्यानल नेपालवारको निर्वाचनमा किन निवाचित हुनुपर्छ भन्ने लाग्छ र के के आधार छन तपाईहरु बिजयी भए प्रभावकारी वार हुन सक्छ भन्ने ?
हामीले एउटा बृहत, प्रगतिशिल, पेशागत राष्ट्रबादी तथा गणतान्त्रीक कानुन ब्यबशायिक समुहको रुपमा एउटा टीम निर्माण गरेका छौ । हाम्रो टिमको चुनाव जित्ने पहिलो आधार समाबेशीताको आधार हो, हामीले भौगोलिकता, उमेद्वारमा कानूनका विषयगत विज्ञताको संयोजन, विभिन्न बैचारीकताको एकिकृत रुप र सामाजिक लैङ्गिक, क्षेत्रीय समाबेशीकता, युवा नवोदित कानून ब्यवसायीहरु समेतको टिम छ, सदस्यदेखी अध्यक्ष भिन्न बिषेशता बोकेका ब्यक्तिहरु यसमा छौ । हाम्रो चुनाव जित्ने मुख्य आधार यो हो जसले सवैपक्षको ब्यवस्थित र समानान्तर संयोजन टिममा पाएको छ ।
हामीले भौगोलिकता, उमेद्वारमा कानूनका विषयगत विज्ञताको संयोजन, विभिन्न बैचारीकताको एकिकृत रुप र सामाजिक लैङ्गिक, क्षेत्रीय समाबेशीकता, युवा नवोदित कानून ब्यवसायीहरु समेतको टिम छ, सदस्यदेखी अध्यक्ष भिन्न बिषेशता बोकेका ब्यक्तिहरु यसमा छौ । हाम्रो चुनाव जित्ने मुख्य आधार यो हो
दोस्रो आधार बारको नेतृत्वमा कानुन ब्याबशायिले मुख्य दुई भुमिका निर्वाह गर्नु पर्ने छ ।
१. एउटा सामाजिक अभियन्ताको भुमिका,
२. ब्यबसायिको हकहित, न्याय र कानुन संग सम्बन्धीत ।
Lawyer and Judges are Real Representative of Society and they are Social Engineer भन्ने जुन विश्वब्यापी मान्यता र कानून ब्यवसायी, कानून ब्यवसायीको संगठन वार एसोसिएसन र अदालत समेतले समाज परिवर्तन, विकाश र उन्नतीमा खेलेका भूमिका छन यसलाई प्रभावकारी ढंगले हामीले नेतृत्व गर्ने प्रतिवद्धता गर्नुपर्ने दिन आएको छ ।
राज्यमा नयाँ संविधान वनेको छ, कतिपय संविधानको प्रवधानको वारेमा भएका अस्पस्टता, कतिपय संविधानमै भएरहेका समश्या भए ति समस्यालाई औलाउदै संबैधानिक रुपमा समाधानका पक्षहरुको खोजी र यसमा रचनात्मक पहल, संविधान शिक्षा, जनचेतनाको विकासमा वार र कानूनब्यवसायीको अभियान प्रभावकारी हुन्छ, साथै संविधान र यसका सामाजिक उदेश्यहरुलाई जनता समक्ष र जनताका इच्छालाई संविधानमा मुखाकृत गर्न राज्य र जनता वा समाज विचको प्रभावकारी पुलको काममा नेपाल वार र सम्पूर्ण कानून ब्यवसायी लाग्ने वेला आएको छ यसको प्रभावकारी नेतृत्व अबको नेपाल वारले गर्नु पर्ने छ त्यसको लागि हामी तयार छौ ।
संविधान र यसका सामाजिक उदेश्यहरुलाई जनता समक्ष र जनताका इच्छालाई संविधानमा मुखाकृत गर्न राज्य र जनता वा समाज विचको प्रभावकारी पुलको काममा नेपाल वार र सम्पूर्ण कानून ब्यवसायी लाग्ने वेला आएको छ यसको प्रभावकारी नेतृत्व अबको नेपाल वारले गर्नु पर्ने छ त्यसको लागि हामी तयार छौ ।
समाज परिबर्तनको बहाकको रुपमा नेपाल वार जानु पर्छ भन्ने हाम्रो अठोट हो, हाम्रो एजेन्डा पनी हो । त्यसका अलवा अहिले बारले गर्नै पर्ने तर केहि चासो नदिएका, चुकेका कामहरु, आगामी दिनमा फण्डामेन्टली आफ्नो स्टान्ड कसरी राख्ने भन्ने बिषयमा हामीले आफ्ना एजेन्डाहरु बनाएका छौ । उक्त योजनाको कार्यन्वयन र प्रभाकारी वारको लागि तपाई सम्पूर्ण कानून ब्यवसायी साथीले हाम्रो टिमलाई अवसर दिनुहोला भन्ने अनुरोध छ । चुनाव जित्ने कुरामा म लगायत धेरै कानून ब्यवसायी र सुभचिन्तक निश्चिन्त छौ ।
चुनाव हो परिणाम जे पनि आउन सक्छ यदी हार्नुभयो भने विजयकान्त मैनाली र प्रतिस्पर्धी टिम वारमा भेट्न सकिन्छ ?
निर्वाचन एक प्रजातान्त्रीक प्रक्रिया जसमा सहभागि हामी धेरै समुह छौ, मलाई लाग्दैन हाम्रो समुहले पराजय भोग्न पर्छ भन्ने तर म नेपालकानून मार्फत नै प्रतिवद्धता जायर गर्न चाहान्छु भने पराजय भए पनि अबको बार युनिफाईड बार हुनेछ, सबैको अपनत्वको बार हुनेछ । राजनैतिक धार तथा समुहको बार नभई स्वच्छ र टतस्थ बार वनाउनेमा म लगायत समर्थक, शुभचिन्तक र निर्वाचनमा लागेका सम्पूर्ण साथीहरु वारमा आवाश्यक सहयोग र सकारात्मक भूमिकामा रहने छौ ।
मलाई लाग्दैन हाम्रो समुहले पराजय भोग्न पर्छ भन्ने तर म नेपालकानून मार्फत नै प्रतिवद्धता जायर गर्न चाहान्छु भने पराजय भए पनि अबको बार युनिफाईड बार हुनेछ, सबैको अपनत्वको बार हुनेछ ।
कानुन व्यवसायीका हकहित, नेपाल वारलाई सामाजिनक अभियानताको रुपमा अघि वढाउने कस्ता योजनाहरु बनाउनु भएको छ ?
नेपाल बार एशोसियसनले गर्नु पर्ने कामहरु थुपै्र हुन्छन तर बार राजनिती भन्दा बाहिर रहनुपर्छ । वाहिर सवै स्वतन्त्र भए पनी, जुन धारमा जे गरेपनि बार भित्र र अदालत भित्र सम्पूर्ण कानुन ब्यवसायी एउटै प्लेटफर्ममा हुनु पर्दछ । एउटै बारको झन्डा मुनि उभिएपछी सामाजिक अभियन्ताको हैसीयतले गनुपर्ने एउटै उद्देश्य र एउटै आवाजमा सामाजिक सरोकारका बिषयमा भुमिका खेल्न सकिन्छ पहिला त्यो वातावरण वनाउने योजनामा म छु ।
राज्यको सकारात्मक राजनीतिक परिवर्तन र हित अनुकुलका विषयमा वार र कानुन ब्यवसायीले आन्दोलन गरेको इतिहास छ २०४६ र ०६२।०६३ मा पनि भुमिका खेलेका थियौ । सम्भु थापाको नेतृत्वको वारमा म पनी कोषाध्यक्षको रुपमा सक्रिय सहभागितामा थिए । प्रजातन्त्र, विधीको शासन, समाजिक सरोकारका विषय, मानव अधिकारको पक्षमा नेपाल वार र कानून ब्यवसायिले रचनात्क दावाव समुहको रुपमा काम गर्नु पर्दछ तर दवाव समुहले न त राज्यको राजनीति अभ्यास र अन्य पक्षमा राजनीति गर्ने हो न त वार भित्र नै यस्ता विषयमा मत विभाजन र विभिन्न विभाजित ऐजेन्डा बनाएर हिड्ने हो ।
यस्तो अवस्थामा वारको रचनात्मक र कुनै पनि राजनीतिक दल वा सिद्धान्त विषेशवाट माथि रहेर न्युट्रल र उचित विषयमा स्पस्टताका साथको भुमिका वारको आवश्यक रहन्छ भन्ने हाम्रो समुहले बुझको छ र यस्तै भूमिकामा रहन्छ ।
वर्तमान नेपालको संविधानका बिषयमा आएका बिमती, मधेशमा आन्दोलन र अपनत्वको सवालमा राजनीतिक दलहरुलाई पनी काम गर्न असहज भएको छ भने अपनत्वको महसुस नभएका पक्ष र सरकार र राजनीतिक दल विचको संयोजनकारी भूमीका खेल्ने प्रभावकारी संयन्त्र पनी नभएको देखिन्छ । हामीले यस विषयमा राज्य र समाजको विचमा सन्तुलनकारी भूमीका खेल्ने योजना वनाएका छौ त्यो गर्नेछौ ।
मध्यस्तताको भुमिका हामी निभाउछौ आवश्यक परे संबाद गरेर निकासको लागि दबाब पनि दिन्छौ ।
साथै हामी पेशेवर कानुन ब्यवसायी हौ त्यसैले पेशेवर कानुन ब्यवसायीको हक र हित हाम्रो प्रमुख एजेन्डा हो नै, यस अन्तर्गत पेशागत दक्षता अभिबृद्धी, र दक्ष कानुन ब्यवसायीलाई सहि ढङ्गले प्रोफेशनमा उतार्नु हाम्रो दास्रो प्रमुख एजेन्डा हो ।
पेशागत मर्यादाको विषय पनि विवादीत वनेको छ नी कानून ब्इवसायीलाई समाजमा त राम्रो मानिदैन वास्तवमा के हो कारण ?
हामी पेशेवर कानुन ब्यवसायी हौ त्यसैले पेशेवर कानुन ब्यवसायीको हक र हित हाम्रो प्रमुख एजेन्डा हो नै, यस अन्तर्गत पेशागत दक्षता अभिबृद्धी, र दक्ष कानुन ब्यवसायीलाई सहि ढङ्गले प्रोफेशनमा उतार्नु हाम्रो दास्रो प्रमुख एजेन्डा हो
अहिले पेशागत मर्यादामा ह्रास आएको छ त्यो कुरा कानून ब्यवसायीको लागी ठुलो लज्जास्पद कुराहो र जो वनाएको र भएको पनि हामीवाट नै हाम्रै कार्यशैली र अब्यवाहारीताले नै हो, जसले कानुन ब्यवसायी प्रति जनविश्वास गुमेको, शाख गिरेको छ भन्ने सवैको मनमा भएको कुरा हो । यसलाई निराकरण गर्न बारको ठुलो भुमिका रहन्छ त्यस प्रति हामी प्रस्ट रुपमा योजना वनाएर लाग्ने छौ र कानून ब्यवसायीलाई समाजमा वुझ्ने परिभाषा बाट परिवर्तन गराई वास्तविक कानून ब्यवसायीको परिभाषामा ल्याउने कार्यमा जुट्ने छौ ।
वारमा नयाँ र युवा नेतृत्व कहिलेवाट र यसवारे के छ तपाइको योजना ?
अवको वारको नेतृत्व युवा कानून ब्यवसायीको हातमा जादैछ, चाहे त्यो मोफसलको बार होस या केन्द्रको, युवाहरुले अपनत्व अनुभव गर्ने शुरुवातको वार म लगायतको टिमले गर्नेछ भन्ने म युवा कानून ब्यवसायीलाई भन्न चाहान्छु । यस कुरामा हामीले युवालाई अघिवढाउनु पर्दछ यस यात्रामा सवै युवा साथीहरु संगै रहेर काम गर्न र संगै गोलवन्द हुन अनुरोध गर्दछु यस कार्यको अगुवाई मसंगको सहकार्यमा हुनेछ, अन्य कुनै पक्ष भन्दा पेशागत आघार नै एकै ठाउमा रहेर कार्य गर्ने आधार हो सवै युवा साथिलाई मेरो अनुरोध समेत गर्दछु । आउदै गरेका पुस्ताको चाहाना अनुसारको र समयको माग अनुसारको बार निर्माणका लागि मार्गचित्र तयार गरेर हामी जानेछौ ।
अवको वारको नेतृत्व युवा कानून ब्यवसायीको हातमा जादैछ, चाहे त्यो मोफसलको बार होस या केन्द्रको, युवाहरुले अपनत्व अनुभव गर्ने शुरुवातको वार म लगायतको टिमले गर्नेछ भन्ने म युवा कानून ब्यवसायीलाई भन्न चाहान्छु । यस कुरामा हामीले युवालाई अघिवढाउनु पर्दछ यस यात्रामा सवै युवा साथीहरु संगै रहेर काम गर्न र संगै गोलवन्द हुन अनुरोध गर्दछु
युवालाई समेट्ने कार्यक्रम के छन त तपाईहरु सँग ?
कानुन ब्यवसायी पेशामा रहने वातावरण बनाउदै दक्षता अभिबृद्धी गर्दै पेशाको बिस्तारको लागि राज्यका अर्धन्यायिक निकाएमा पनि कानुन जान्ने मान्छे राख्ने पक्षम पहल गर्ने, कानूनवाहेकको अध्यायनमा पनी कानूनका सामान्य कुराको जानकारी हुन आवाश्यक भएको हुदा अन्य विषयको अध्ययनमा कानूनलाई मिले सम्म अनिवार्य र एैक्षिक विषयको रुपमा विकाश गर्न पहल गर्ने लगायतमा हाम्रो जोड रहने छ ।
जसले समाजमा कानून प्रतिको बुझाइलाई बलीयो बनाउने छ भने कानूनको ज्ञान भएकाहरुको लागी पेशाको अभिबृद्धी हुने छ । अर्को कुरा कानुन ब्यवसायको ठुलो क्षेत्र बिस्तार स्थानिय निकायबाट हून्छ । यसका लागि हामीले योजना बनाएकाछौ भने नोटरी पब्लीकलाई ब्यबस्थित र बिस्तारका लागि बिभिन्न क्षेत्रहरुमा कानुन ब्यवसायीको आवश्यकताको पहिचान र पहल गर्ने योजना छ जसका लागिः
सम्पुर्ण कानुन ब्यवसायीको लागि तालिम तथा समय अनुसारको अपडेटका लागि तालिम सेन्टरको बिकास गर्ने,
सिनीयर कानुन ब्यवसायी पनि अपडेट हुन तथा छलफल गरी कानुनी अनुसन्धान तथा नयाँ धारणाहरुको बिकासका लागि त्यस्तो एउटा सेन्टरको निर्माण गर्ने सोच वनाएका छौ ।
बारको सम्पुर्ण रुपमा सबलता साथै मोफसल र केन्द्र बार र बार र बेन्चकाको टुटेको सम्बन्धका लागि समय समयमा कार्यक्रमहरु आयोजना गरी भेटघाट तथा सम्बन्ध सुदृढीका लागि कामहरु गर्ने । साथै सबै मोफसलका बारमा दक्षता अभिबृद्धीका कार्यक्रम लिन पर्ने हामिले महसुस गरेका छौ र गर्ने योजनामा छौ । यो गर्न अत्यावश्यक छ किनकी मोफसलका बार बलियो भएमा केन्द्र बलियो हुन्छ र समग्र बार बलियो भएमा न्यायपालिका बलियो हुन्छ ।
बार र बेन्चको सम्बन्ध कस्तो हुनुपर्छ र तपाईहरु आउनु भो भने के योजना वनाउनु भएको छ ?
हामी आपसमा बिभाजित छौ त्यसै कारण उपेक्षित भएका छौ । जुडिसियरीवाट उपेक्षीत हुनुको कारण हामी विभाजित हुन नै हो । बार कानुनले स्वीकार गरेको संस्था, हामी सहयोगि मात्र होइनौ हामी परिपुरक पनी हौ । हामी कमजोर भएको न्याय र कानुनको क्षेत्रमा प्रभावकारी र एकत्रित वारको सन्देश सहित भुमिका खेल्न नसक्नु नै हो ।
हामी आपसमा बिभाजित छौ त्यसै कारण उपेक्षित भएका छौ । जुडिसियरीवाट उपेक्षीत हुनुको कारण हामी विभाजित हुन नै हो ।
न्यायपालिका भित्रको बिकृती बिसंगती र भ्रष्टाचार बिरुद्धमा कानुन बनाउनु पर्ने अर्को आवश्यकता छ । त्यसै गरी सर्बोच्च अदालतले बिशिष्ट अधिवक्ता बनाउने कुरामा निश्चित मापदण्ड दिइएन भन्ने गुनासो छ । यो बिषयमा हामीले स्पस्ट भएर काम गर्नै पर्दछ । न्यायलय भित्रका कुराहरु कानुन बनाएर समाधान गर्नु पर्ने अबस्था छ । जे गर्नु पर्छ गरेर निश्पक्ष न्यायको लागि हामी तयार छौ ।
तपाइको नेतृत्व आएपछी तपाईहरुले गर्ने कामहरु के के हुन बुदामा भन्नु पर्दा ?
१. संबिधानको कार्यान्वयन र यस प्रतिको अुसन्तुष्टी, संबिधानको अपनत्व निर्माण गर्ने कुरामा बार सक्रीय हुनेछ । र यो समस्या सुल्झाउन मध्यस्तताको भुमिका निर्बाह गर्ने ।
२.स्वतन्त्र न्यायपालिका, बिधिको शासन, र मानव अधिकार यो कार्यान्वयनको पक्षमा कहिलेपनि कम्परमाईज हुदैन ।
३.पेशागत हकहितको लागि काम गर्ने थुप्रो एजेन्डा लिपीबद्ध गरेका छौ ।
४.सबै सँग ब्यापक छलफल गरी गर्नु पर्ने निर्णय भएका कामहरु गर्ने ।
५. पेशागत दक्षता हाम्रो लक्ष्य नै हो । पेशागत मर्यादा र दक्षता बिकासका लागि काम गर्ने ।
६. युवाहरु तथा सबै कानुन ब्यवसायीको अपनत्वको बार निर्माण गर्छाै ।
७. सम्पर्ण कानुन ब्यवसायीको सामाजिक लगायतका सुरक्षाका कुराहरुमा ध्यान दिने ।
८. बिकृती, बिसंगती र भ्रष्टाचार बिनाको न्यायलय र बार, तथा बिग्रीएको बार बेन्च सम्बन्धको सुधार, मोफसल र केन्द्र बारको सम्बन्ध सुधार साथै एकढीक्का, एकीकृत बारको निर्माण गर्ने ।
९ . लयर्स एकेडेमी स्थापना र संस्थागत विकास गर्ने । लगायत अरु आवाश्यक र समय अनुकुल रचनात्मक रुपमा कार्य गर्ने योजना दृढताको साथ बनाएका छौ ।
अन्त्यमा अरु केही भन्नु छ ?
सम्पुर्ण अग्रजलाई धन्यबाद, जसले बारलाई यहाँ सम्म पुर्याउनु भयो । साथै पुराना कमजोरीबाट सिकेर नबिनतम काम गर्नु पर्ने, जस्को लागि ब्यापक छलफल गरी जानुपर्ने भएकाले बार एक ढिक्का हुन जरुरी छ । हामी मात्र तिन बर्ष काम गर्ने छौ र कहि जादैनौ यो हाम्रो टिमको प्रतिबद्धता हो । साथै अबको बार एउटा युनिफाईड बार बनाउने प्रयास हुनेछ ।