Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

अबको बारबाट ब्यवसायी मात्र होइन राज्यले पनी अपेक्षा गरेको छ : रमेश वडाल

IMG_20160329_115129

अधिवक्ता रमेश वडाल

नेपाल बारको निर्वाचन २०७२को बृहत प्रगतिशिल, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानून ब्यवसायी समुहका तर्फवाट मध्यमान्चल उपाध्यक्षका उमेद्वार अधिवक्ता रमेश वडाल संग नेपाल कानूनले गरेको कुराकानी :

तपाइको विचारमा वास्तवमा नेपाल बारएसोसिएसन के हो र यस्को भुमिका कस्तो हुन्छ हुनुपर्दछ ?

नेपाल बार एसोसियसन भनेको सम्पुर्ण कानुन ब्याबशायिको साझा संगठन हो र राज्यमा संविधानले समेत मान्यता प्रदान गरेको सामाजिक अभियान्ता संगठन हो । जो कानून ब्यवसायीका पेशागत पक्षमा मात्र सिमित नभई राज्यले समेत अपेक्षा गरेको सामाजिक परिवर्तन र विकाशको हिस्सेदार संस्था हो । सोही अनुरुप यसका कार्यलाई मुख्यरुपमा दुई भागमा बाडेर बुझ्न सकिन्छ :

पहीलो कानुन ब्याबशायिको हक हित, सुरक्षा संग सम्बन्धीत ,दक्षता बृद्धी बिकाश संग सम्बन्धीत र कानुन ब्याबशायिको पेशागत मर्यादा संग जोडिएका बिबिध बिषयमा काम गर्नु पर्छ ।

दोस्रो काम संबिधान र कानुन संग प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने र प्रत्यक्षरुपमा कानुन ब्याबशाय संग जोडिएर आउने संस्था बार एसोसियसन भएकाले यसको काम संबिधान, कानुन, मानव अधिकार संग सम्बन्धीत हो ।

अर्को क्षेत्र भनेको राज्यका बिभिन्न निकाय संगको सम्वन्ध, राजनीति र राज्यका कार्य प्रतिको वाच डगको रुपमा, समाज परिवर्तन, रुपान्तरणको सन्दर्भमा प्रभावकारी सामाजिक अभियन्ताको रुपमा, मानव अधिकारका क्षेत्र लगायतमा नेपाल वारको भूमिका महत्वपूर्ण हुन्छ । कानुनि प्रणाली, संबैधानिक ब्याबस्था, सामाजिक सरोकारका बिषय र आफ्ना पेशागत क्षेत्रलगायतका बिभिन्न बिषयमा बार एसोसियसनको महत्वपुर्ण भुमिका रहन्छ ।

राज्यमा नयाँ संविधान आएको छ, संविधान कार्यन्वयनको जटिल जिम्मेवारी सरकारको सामु छन । संविधान कार्यन्वयन अहिले सवै राजनीतिक दल र अन्य पक्षको पहिलो एजेन्डा वनेको छ र वन्नु पनि पर्दछ तसर्थ अवको वारवाट ब्यवसायी मात्र होइन राज्यले पनी अपेक्षा गरेको छ, सक्षम नेर्तत्व चुन्न पर्ने जिम्मेवारी कानून ब्यवसायीको हातमा छ ।

राज्यमा नयाँ संविधान आएको छ, संविधान कार्यन्वयनको जटिल जिम्मेवारी सरकारको सामु छन । संविधान कार्यन्वयन अहिले सवै राजनीतिक दल र अन्य पक्षको पहिलो एजेन्डा वनेको छ र वन्नु पनि पर्दछ तसर्थ अवको वारवाट ब्यवसायी मात्र होइन राज्यले पनी अपेक्षा गरेको छ, सक्षम नेर्तत्व चुन्न पर्ने जिम्मेवारी कानून ब्यवसायीको हातमा छ ।

बारको इतिहाँसलाई हेर्ने होभने उपरोक्त भूमिका निर्वाह गर्न सवल छ जस्तो लाग्छ ?

नेपाल र नेपाल वारको इतिहासलाई हेर्ने हो भने बिभिन्न समयका ठुलाठुला परिबर्तनमा वारले महत्वपुर्ण भुमिका र सक्रियता देखाएकै हो । २०४५ सालमा बारले सामाजिक अभियन्ताको हैसीयतले बहुदलको माग गरेर अगाडि आएको थियो र राजनैतिक दलहरु संग एकाकार भएर आन्दोलन सम्पन्न भएको थियो ।

त्यस पछि २०६२ र ६३ मा पनि बार एसोसियसन आन्दोलनको अगुवाको रुपमा आएको थियो, जसले गणतन्त्रको पक्षमा, संसद पुनस्र्थापनाको पक्षमा कुरा उठाएको थियो । आज सम्म बार हरेक समयमा जब राजनीति ट्रयाक भन्दा बाहिर जान्छ तब राजनीतिलाई सहि बाटोमा ल्याउनका लागि धेरै महत्वपुर्ण योगदान गरेकोछ ।

अहिले आएर वारको निक्कै आलोचना पनि हुनेगरेको छ नि कानून ब्यवसायी र अन्यत्र पनी ?

कुनै समय थियो बार एसोसीसनलाई कसैले पनि गन्दैन थियो, तर अहिले बार एसोसिएसन भौतिक, आर्थिक रुपले पनि देशै भरी सम्मानजनक स्थापना र सामाजिक रुपमा पनि उच्च स्थान छ । अन्य कामहरुमा पनि तालिमका कार्यक्रमहरु पनि भईरहेका छन तर सधै एकनास र काममा एकरुपता चाहि हुन सकेन ।

बार पहिलाको भन्दा पछिल्लो समय तल गिर्नु राम्रो होइन यो भएको छ, मत विभाजनमा कार्य हुने गरेका छन, प्रजातान्त्रीक समुहको वहुमतभएवाट प्रत्येक निर्णय वहुमत र अल्पमतमा गर्न थालियो अन्य पदाधिकारीलाई निरिह वनाएर कामगर्ने गरियो र अन्य कुनै कार्यक्रममा पनी प्रभावकारिता नआएकै हो !

यसको कारण सायद समय समयमा फेरीरहने बारको नेतृत्व हुनसक्छ । मुख्यकुरा चाहि के हो भने बार पहिलाको भन्दा पछिल्लो समय तल गिर्नु राम्रो होइन यो भएको छ, मत विभाजनमा कार्य हुने गरेका छन, प्रजातान्त्रीक समुहको वहुमतभएवाट प्रत्येक निर्णय वहुमत र अल्पमतमा गर्न थालियो अन्य पदाधिकारीलाई निरिह वनाएर कामगर्ने गरियो र अन्य कुनै कार्यक्रममा पनी प्रभावकारिता नआएकै हो तसर्थ पहिलो अवको आवाश्यक्ता भनेको पनी अविभाजित वार नै हो त्यसले वारको, कानून ब्वसायीको उचाई अवस्य वढाउछ । यहि मान्यता अनुसार हामि बारलाई अझै धेरै उचाईमा पुर्याउने उच्च अठोटमा उभिएका छौ ।

अहिले चुनावको समयमा त बार पुरै बिभाजित भएको जस्तो देखिन्छ, यो पछि सम्म पक्ष वा बिपक्षकै रुपमा रहन सक्छ नि हैन र ?

हामि चुनाव प्रचारमा देशै भरि गयौ र के भनेका छौभने अहिले चुनावको समयममा पक्ष बिपक्ष जे भए पनि जो निर्बाचित भए पनि हामि सब एक नै हौ र हुनछौ किनकी बार हामि सबैको हो र चुनिएको नेतृत्व पनि सबैको साझा नै हुनेछ । जे सुकै काम या निर्णय एक हुनेछ र तटस्थ, स्वच्छ कानुन ब्याबशायिको बार एसोसियसन हुनेछ ।

मलाई विश्वास छ सवै कानून ब्यवसायीहरुको हामीप्रतिको समर्थन र प्रदान गरेको हौसलालाई हेर्दा हामी अवश्य जित्ने छौ र प्रजातान्त्रीक अभ्यास न हो कारण वस हामि गएनौ भने पनी रचनात्मक सहयो हुने छ अवको वार विभाजित वार हुने छैन ।

वारको भूमिकामा सामाजिक अभियानताको कुरा गर्नु भयो केहि अघि भएका देश भरिका हींसा, आन्दोलन, आक्रमण, मधेश आन्दोलन, सुर्खेत, कैलालीको त्यत्रो घटना लगायत हुदा बार के गर्यो त ?

हो त्यतिखेरका ति घटनाहररुमा कति ठाउँमा मानवअधिकार उल्लङघन भएका छन । हामिले ब्यक्तीगत रुपमा त बोलेकै हो । बार भित्र पनि हाम्रा बिभिन्न समिती हुनछन ।

आधिकारीक र बारको बारको ‘मानवअधिकार समिती’ संयोजक शेर बहादुर के. सी. जी हुनुहुन्थ्यो ,अहिले बारको अध्यक्षको उम्मेद्दार पनि हुनुहुन्छ, किन बोल्नु भएन यसको उत्तर तपाई हामि सबैलाई चाहिएको छ, आशा गरौ अव यस्तो हुने छैन र गर्न दिनु हुदैन तर वास्तवमा भन्ने हो भने त्यो समयमा मानवअधिकार समिती प्यारालाईज नै भए जस्तो देखिन्छ ।

आधिकारीक र बारको तर्फबाट बारको ‘मानवअधिकार समिती’ को संयोजक शेर बहादुर के. सी. जी हुनुहुन्थ्यो जो अहिले बारको अध्यक्षको उम्मेद्दार पनि हुनुहुन्छ, किन बोल्नु भएन यसको उत्तर तपाई हामि सबैलाई चाहिएको छ, आशा गरौ अव यस्तो हुने छैन र गर्न दिनु हुदैन तर वास्तवमा भन्ने हो भने त्यो समयमा मानवअधिकार समिती प्यारालाईज नै भए जस्तो देखिन्छ ।

तपाईको टिमका एजेन्डा के के हुन बुदामा भन्नु पर्दा किन मतदान गर्ने तपाइहरुलाई ? 

१. संक्रमणकालको ब्याबस्थापनः

–देशमा सरकार तथा संघियताबारे तिन बर्ष सम्ममा टुङगो लाग्ने कानुनि ब्याबस्था छ, जसबाट बिबिध समस्या कानुनि रुपमै देखिदा बारले भुमिका निभाउनु पर्नेछ ।

–देशको नया संरचना अनुसार अदालतहरु बन्दा सेवाग्राहिमा आएका सम्स्या समाधान गर्नेकार्यमा भूमिका खेल्ने ।

–संबिधान कार्यान्वयनको बिषयमा छलफल र सहयोग, र मौलिक अधिकार कार्यन्वयनको लागि धेरै कानून तिन बर्ष भित्र बन्नु पर्ने छ त्यसमा सरकारलाई सहयोग गर्ने ।

२. न्याय प्रणलीका सम्बन्धमा :

–जुडिसेरी भित्र रहेको भ्रष्टाचार नियन्त्रण गर्न जुडिसेरी कन्ट्रोल एक्ट बनाई समस्या समाधान गर्नु पर्ने हाम्रो एजेन्डा छ ।

–न्याय प्रणलीको कार्यगत ढिलासुस्ती कम गर्न पहल गर्ने, जसको लागि कार्यबिधीमा सरलीकरण गर्ने ।

–सर्कीट बेन्चहरु राखेर संघियतामा जाँदाको संक्रमणकालमा सेवाग्राहिलाई सेवा दिन दवाब दिने ।

३. ब्ववसायमा दक्षता तथा बृद्धी बिकास :

–निरन्तर कानुनि शिक्षा सबैको लागि अभियान संचालन गर्ने ।

–लयर्स एकेडेमिको पुर्णता दिने ।

–स्थानिय वारमा रहेका कानुन ब्याबशायिको चाखको आधारमा तालिमको ब्यबस्थ गर्ने ।

–ब्याबशायिक कानुनी शिक्षा युनिभर्सीटी बाटै सुरु गर्नु पर्ने ।

–कानून ब्यवसायीका कार्यक्षेत्र बिस्तार गर्ने ।

–कानुन ब्याबशायिको समग्र सुरक्षा लगायत पक्ष नै हाम्रा प्रतिवद्धता हुन ।

अन्त्यमा केहि भन्नै पर्ने छ त चुनावको बिषयमा ?

अधिकंस कानून ब्यवसयीको हाम्रे टिम प्रतिको धारणा सकारात्मक पाएका छौ देश भरिनै, सवै शुभचिन्तकहरु चुनाभि अभियान नै वनाएर लाग्नु भएको छ, सवैको रोजाइका्े टिम वनेको अनुभस्ति भएको छ । सवैको सथ र समर्थनले नै हो निर्वाचित हुने र नेपाल वारलाई ब्यवसायी र राज्यको हित र आवाश्यक्ताका अनुरुपको भूमिकामा अघिवढाउने ।

 सबै सचेत मतादाता हुनुहुन्छ, सबै समुहलाई तुलना गरि हामि सबैको बारको लागि सक्षम नेतृत्व चुन्नु हुनेछ भन्ने आशा छ, जस्को लागि हाम्रो समुहलाई सम्पुर्ण साथिहरुले मतदान गर्नु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri