Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

बिद्यार्थी संगठन संग मिलेर शैक्षिक एजेन्डाहरुमा राम्रो गर्ने योजना थियो तर त्यो भएन : कर्ण ब. थापा

DSC09808

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख कर्ण बहादुर थापा

नेपाल ल क्याम्पस नेपालको इतिहासमा पहिलो कानून क्याम्पस जो विगत देखी वर्तमान सम्म कानूनका विद्यार्थी उत्पादन गर्ने संस्थाको रुपमा रहेको छ । आइ.एल., वि.एल. हुदै स्नातक पश्चात तिनवर्षे एलएल.बी. मार्फत कानून ब्यवसायी लगायत कानूनका विद्यार्थीहरु उत्पादन गर्दै आएको संस्था हाल पाँच वर्षे वि.ए.
एलएल.बी. र दूई वर्षे एलएल.एम. दिवा सत्रमा र तिन वर्षे एलएल.एम. विहानी सत्रमा संचालन गर्दै आएको छ । विद्यार्र्थीको चाप कानून अध्यायनमा वढीनै परेको अवस्थामा क्याम्पसको अवस्था र ब्यवस्थापनको पक्षवारेमा नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख कर्ण बहादुर थापा संग गरिएको कुरराकानी ।

नेपाल ल क्याम्पस नेपालको कानुन क्षेत्रको ईतिहास, गरीमा बोकेको क्याम्पस, तपाईलाई केलाग्छ यस क्याम्पसले आफ्नो साख बचाएको छ ?

जहाँ सम्म यसको साख वा मर्यादाको कुरा छ यो घटेको क्याम्पसले बचाउन नसकेको कुरा त हुदैहोईन यो म मान्दिन । पछिल्ला समयमा भएको विद्यार्थि संख्याको बृद्धी भएबमे छ, कानुनी बिषयमा विद्यार्थिको चासो वढेको छ । क्याम्पसमा विद्यार्थिको चाप बढेको छ, हामी संग विद्यार्थिको अनुपातमा भौतिक सुविधाहरु कम छन ।

कक्षा कोठाहरु प्रयाप्त छैन, क्याम्पसमा पढाउने जनशक्ति पनि प्रयाप्त छैन । पुराना शिक्षकहरु छन तिनीहरु त्यति अपडेट छैनन । त्यस्तै पुराना शिक्षकहरु अबकाश हुने क्रम पनि बढ्दो नै छ । राजनैतिक समस्या चाहे बिद्यार्थिबाट होस वा शिक्षकबाट होस, बाहिरी राजनीतिको प्रभाव होस नियमित नयाँ शिक्षकहरुको भर्ना तथा पदपुर्ति हुन सकिराखेको छैन ।

भनेपछी मुख्य रुपमा हरेक कुरामा गतिशिलता नहुनु राजनिती प्रमुख कारण हो ?

हो पछील्लो समयमा राजनिती मुख्य कारक तत्व हो । अर्को कुरा जुन यो क्याम्पसको जुन शाखको कुरा छ त्यसमा कमि भएको हुदै होईन । अहीले पनि ल क्याम्पसले ईतिहास देखी निर्वाह गरेको जुन दायित्व हो त्यो दायित्व बकाईदा सक्षमता पुर्वक निवार्ह गरेकै छ त्यसमा कुनै बिबाद दुविधा नै छैन ।

ब्यवस्थापन, गुणस्तरका कुरामा पहीलो कुरा विद्यार्थी स्वयम हो । त्यसपछी मात्र क्याम्पसले प्रदान गर्ने सेवा सुविधा शंकायका कुरा होलान । यत्रो संस्थामा र कयौ काममा क्याम्पसको पनि कही कतै कमजोरी त होलान हुनै सक्दैनन भन्न त सकीदैन तर जसरी क्याम्पसले आफ्नो साख बचाउन सकेन भन्ने कुरा छ त्यो चाही होईन र म स्वीकार्दैन।

जसरी राजनीति समश्या वनेको छ भन्नु भयो, तपाई क्याम्पस प्रमुख भए पश्चात यो समाधानको केही प्रयास गर्नु भयो ?

कुरामा के छ भने पछील्लो समयमा विश्वविद्यालयको समग्र परिस्थिती मुल्याङ्कन गर्ने हो भने हामी कहाँ छौ ? चाहे शिक्षकको होस चाहे कर्मचारीको वा विद्यार्थिको, उनीहरु सबै अ-आफ्ना व्यावशायिक मर्यादा भित्र जति प्रतिबद्ध हुनु पर्ने हो को ही पनी छैनन, पहीलो समस्या यही हो । यो सम्स्या ल क्याम्पसको मात्र नभई सबै क्याम्पस तथा बिश्वविद्यालयको नै हो ।

चाहे शिक्षकको होस चाहे कर्मचारीको वा विद्यार्थिको, उनीहरु सबै अ-आफ्ना व्यावशायिक मर्यादा भित्र जति प्रतिबद्ध हुनु पर्ने हो को ही पनी छैनन, पहीलो समस्या यही हो । यो सम्स्या ल क्याम्पसको मात्र नभई सबै क्याम्पस तथा बिश्वविद्यालयको नै हो ।

अहीले विद्यार्थी युनियनको चुनाव भईरहेको पनि छैन र हुने जस्तो पनि देखिदैन तर पनि कतिपय अबस्थामा कतिपय विद्यार्थी संगठनहरु अहीले पनि सक्रीय छन । मुल तहः विद्यार्थी संगठनका नाममा निरन्तर रुपमा विद्यार्थी राजनीतिका नाममा विद्यार्थी वनेर बसिरहने, निरन्तर भर्ना भईरहने र क्याम्पस छोडदै नछोडने जुन एउटा प्रबृती छ, त्यो प्रबृति पनि क्याम्पसको शैक्षिक गुणस्तरकालागि बाधक हो ।

देशका बिभिन्न ठाँउमा अहिले आएर धेरै कानुन पढाईहुने क्याम्पसहरु खुलेका छन प्रतिस्पर्धात्मक वनेको छ, अरुको तुलनामा नेपाल ल क्याम्पस संग के छ बिद्यार्थिको लागि र अन्य शैक्षिक संस्थाहरुले ल क्याम्पसलाई पछी पारेकै हुन त ?

त्यस्तो त हुदैहोईन, म मान्दैन पनि । जस्ले जति गफ हाँके पनि राज्यका प्रति दायित्व निर्वाह गर्नुपर्ने दायित्व बोकेको क्याम्पस हो नेपाल ल क्याम्पस । अहीले पनि सक्षमता पुर्वक निर्वाह गर्छ गरेकै छ । अहीले पनि एलएल. बि. तेस्रो बर्ष नतिजा आएपछी मात्र बारले आफ्नो परिक्षा संञ्चालन गर्दछ । देशलाई चाहिने जनशक्तिको नब्बे प्रतिशत आज सम्म पनि यही क्याम्पसले नै पुर्ति गर्दछ ।

अन्य कानुनका क्याम्पसहरुको उत्पादन ल क्याम्पसको तुलनामा नगण्य नै हो । कसैले ल क्याम्पसमा केही छैन भन्ने हल्ला बजारमा चालाएका मात्र हुन । कसैले आफुतिर बिद्यार्थी तान्न मात्र भन्ने कुरा हो । अझै पनि हाम्रा प्रवेश परिक्षा लिने कोर्सहरुमा सबै विद्यार्थिको पहीलो छनोट हो यहाँ भर्ना नपाए मात्र अन्यत्र जान्छन । यि कारणहरु हुन जस्ले ल क्याम्पस अहीलृे पनि अगाडी नै छ र आफ्नो स्थानमै छ । कसैले क्याम्पस बिग्रीयो भन्नु पछी पर्यो भन्नु असन्तोष्टी पोखेको मात्रै हो ।

अझै पनि हाम्रा प्रवेश परिक्षा लिने कोर्सहरुमा सबै विद्यार्थिको पहीलो छनोट हो यहाँ भर्ना नपाए मात्र अन्यत्र जान्छन । यि कारणहरु हुन जस्ले ल क्याम्पस अहीलृे पनि अगाडी नै छ र आफ्नो स्थानमै छ । कसैले क्याम्पस बिग्रीयो भन्नु पछी पर्यो भन्नु असन्तोष्टी पोखेको मात्रै हो ।

तपाई आएपछी क्याम्पसको बिबिध पक्षमा कमजोरी भएको र क्याम्पसकै गुणस्तर पनि खस्कीयो भन्ने आरोप छ कीन यस्तो कुरा आयो ?

म आएपछी मात्र केही घटेको कमजोरी भएको भन्ने भन्दा पनि हालको सिङगो विश्वविद्यालयको समस्या के हो भने त्यहाँ भित्र हुने कर्मचारी राजनीति, शिक्षक राजनीति, वा विद्यार्थी राजनीतिको कारण शैक्षिक गुणस्तरमा ह्रास चाही आएको हो । तर यो ल क्याम्पसको मात्र समस्या नभई समग्र विश्वबिद्यालयको समस्या हो । झन अहिले क्याम्पसमा शिक्षक विद्यार्थी कसैमा पनि शैक्षिक एजेन्डामा बहस नै छैन सबै सन्तुष्ट छन ।

शिक्षकहरु पनि समयसापेक्ष अपडेट छैनन, तालिम छैन त्यस्तै भौतिक संरचना पनि प्रयाप्त छैन । तिन बर्षे एलएल. बि. को संख्या निर्धारण गर्न सकेका छैनौ । संख्या निर्धारण गर्ने कुरामा बिद्यार्थी संगठन तयार छैनन । बिबिध असुविधा बिद्यार्थीको चापकै कारण हुने त हो । यस्ता कुरामा म मात्र दोषी होईन सम्पूर्ण पोलिसिको दोस हो । यस्मा म आई सकेपछी पनि हामी लागि रहेका छौ सबै पक्ष संग कुरा भईरहेको छ । एलएल. बि. लाई पनि निश्चित कोटामा भर्ना गर्ने कुरा माथिबाटै स्विकृत भई आउनु पर्ने भएकाले यस बर्ष सकिएन सम्भवत अर्को बर्ष हुनेछ ।

एलएल. बि. लाई पनि निश्चित कोटामा भर्ना गर्ने कुरा माथिबाटै स्विकृत भई आउनु पर्ने भएकाले यस बर्ष सकिएन सम्भवत अर्को बर्ष हुनेछ ।

तिन बर्षे एलएल.बि.मा चाही जति पनि पढाउने र पाँच बर्षेमा चाही सिमीत पढाउने यसबाट त तिन बर्षे चाही जनशक्ति नै उत्पादन गर्ने उद्देश्यमा र तिन बर्षे चाही क्याम्पस धनि हुन मात्र जस्तो देखीयो नि हैन र ?

त्यस्तो हैन विद्यार्थिले तिर्ने कुनै पनि शुल्क क्याम्पसको हुदै होईन सबै टियुको आम्दानी हो यसबाट क्याम्पस धनि हुने त तार्कीक कुरै होईन । र अर्को कुरा बिद्यार्थिले कति नै तिर्छ र एलएल. बि. मा, यस्ले कसरी क्याम्पस धनि हुन्छ भन्न सकीन्छ । त्यस्तै पछील्लो समयमा टियुले भौतिक निर्माणका लागि एक रुपैयाँ दिदैन ।

विगतमा ठुलो र उच्च मुल्याकन गरिएको एलएल.एम अहिले आएर त्रिविको राजनीति शाष्त्र जस्तै भएको छ भन्ने गुनासो विद्यार्थी लगायतवाट आएको छ नी, जस्ले जति क्लास लिए पनी परिक्षा फर्म भर्न खुला छ भन्ने सुनिन्छ ?

पुर्णरुपमा क्लास नलिएपनि परिक्षा दीन पाउने भन्ने त होईन तर एक दुईटा केही केसहरु त्यस्ता भएका छन । यसलाई नियन्त्रण गर्ने कोशिस भईरहेको छ । त्यो नियम अहीले नभएको भन्ने होईन छ नै । पढ्नेहरु पढिरहेकै छन तर दोस्रो बर्षमा पुगि सकेपछी बिद्यार्थी पढाई संगै भबिष्य खोज्नमा बढी समय दीन्छन र निरन्तरता त्यति नहुने पहीले देखीकै समस्या हो ।

पढ्नेहरु पढिरहेकै छन तर दोस्रो बर्षमा पुगि सकेपछी बिद्यार्थी पढाई संगै भबिष्य खोज्नमा बढी समय दीन्छन र निरन्तरता त्यति नहुने पहीले देखीकै समस्या हो ।

के अहीले पनि कक्षामा उपस्थिती न्युन भएकालाई परिक्षा दिन बाट रोकेको उदाहरण छ र ?

प्रयास छ तर यो पुर्ण रुपमा रोक्न नसक्नुको कारण के छ भने बिद्यार्थीको पाठ्क्रम बढी छ जुन परिक्षा फर्म खुल्दा सम्म सकीएकै हुदैन । परिक्षा आउदा सम्म नै कोर्स सकीएको हुदैन तर परिक्षा फर्म छ सात महीना मै खुल्छ र फर्म भर्नु पर्छ, यसमा कोर्स नै नसकीई रोक्न मिल्ने कुरा अलि सुहाउदैन । फर्म पहीला भरेर पछी सम्म क्लास हुन्छ अनि कसरी के आधारमा उपस्थिती कम भएको मान्ने भन्नेमा समस्या छ । र पुर्ण रुपमा कडाईका साथ रोक्न सकीएको छैन । र अर्को कुरा रोक्दा पनि बिद्यार्थिले संगठन र नेता ईत्यादीकुरा बिचमा ल्याउने प्रबृतिले पनि असर गरेको छ ।

nepal-law-campus

अव यस्लाई कसरी सुधार गर्न सकिन्छ र के योजना वनाउनु भएको छ ?

यसको समाधान भनेको त विश्वबिद्यालयले शैक्षिक सत्रलाई जसरी आठ नौ महीनाको झारेको छ त्यसै अनुसार सबै शिक्षकहरुले आफ्नो कोर्स छ महीनामा पुर्ण रुपमा सक्नै पर्छ यो कुरा मैले भनेको पनि छु । र कोर्स सकेर मात्र परीक्षा फर्म भर्ने प्रणाली बनाउन सकेमा यो समाधान हुन्छ ।

पाँच वर्षे एलएल.वी. मा वर्तमान र राज्यको भविश्यको आवाश्यक्ता अनुरुप कानून ब्यवसायी उत्पादन गर्ने उदेश्यले शुरु गरिएको कार्यक्रम कस्तो चलिरहेको छ नी ?

हामी पुर्ण रुपमा यो कुरामा सजग छौ र हामीले उद्देश्य अनुरुप सम्पुर्णकुराहरु पुर्ण गर्ने प्रयास गरीरहेकै छौ । अर्को कुरा कानुनी शिक्षा भनेको विद्यार्थीको प्रबृतिमा निर्भर गर्ने शिक्षा पनि हो । र पछील्लो समयमा के पनि भएको छ भने, वि.ए. एलएल.बि. का विद्यार्थी पनि राजनीतिमा अलि केन्द्रीत भएको पाईन्छ । शूरुमा सबै हाम्रो यो कार्यक्रमको प्रति निकै ताजुक लागेको थियो नै तर अहीले पाच बर्षे एलएल.बि.का बिद्यार्थीलाई पनि त्यति सिमामा राख्न सकीने अबस्था छैन ।

वि.ए. एलएल.बि. का विद्यार्थी पनि राजनीतिमा अलि केन्द्रीत भएको पाईन्छ । शूरुमा सबै हाम्रो यो कार्यक्रमको प्रति निकै ताजुक लागेको थियो नै तर अहीले पाच बर्षे एलएल.बि.का बिद्यार्थीलाई पनि त्यति सिमामा राख्न सकीने अबस्था छैन ।

साथै सबै बिद्यार्थी संगठनले पनि आफ्नो पहुच एलएल.बि. अध्ययन गर्ने बिद्यार्थी सम्म पनि पुर्याईसकेका छन र उक्त विद्यार्थीको पनि दुरुपयोग नै गरीसकेका छन । संगठनमा खटाउने तथा पाच बर्षे एलएल.बि.का विद्यार्थी समेतलाई तिन बर्षेमा भर्ना गराउने सम्मका काम गरेका छन । कलिला यस्ता विद्यार्थीहरु उद्देश्य अनुरुप उत्पादन नहुनुमा बिद्यार्थी संगठन पनि केही मात्रामा अबरोधक हुन ।जस्कोकारण उत्पादन उद्देश्य अनुरुपको हुन सकेको छैन । तर पाँच बर्षे एलएल.बि. औपचारीक मात्र भयो भन्ने अवस्था भने छैन ।

लाईब्रेरी र वर्तमान समयका कम्प्युटर ल्याव क्याम्पसका महत्वपुर्ण पक्ष हुन र कम्प्युटर र इन्टरनेट सुविधाको प्रयोग नाजुग भएको एक विद्यार्थीले हामी संग को कुरामा वताउदै थिए ? यस्लाई ब्यवस्थित गर्न सकिदैन ?

होइन , इन्टरनेट त टेक्नीकल कुरा हो सबै बिद्यार्थी प्रयोग गर्छन । धेरैले एकै पटक चलाउदा समस्या हुनु स्वाभाविक नै हो । हामीले आवश्यकता तथा यसको क्षेत्र पनि मुल्याङ्कन नै गरी राखेका हौ । यो क्याम्पसको लागी द्द mदउक को इन्टरनेट कम होईन । त्यस्तै टेलिकमबाट डेलीकेटेड फाईबर लाईन इन्टरनेट राखेका छौ, यसमा हामीले खर्च गरेका छौ, यो विद्यार्थीकै लागि हो । कम्प्युटर ल्याब पनि सन्तोसजनक नै छ तर लाईब्रेरीमा चाही निीश्चत नियम बनाई काम गर्नु पर्ने देखीन्छ ।

यसको लागि बिद्यार्थी संगठन संग पनि कुरा गरेको छु तर अपेक्षीत सहयोग पाएकोे छैन, उल्टै अबरोध भएको छ ।

सबै तह र कोर्समा चाहीने कीताव एउटै हुन र सबैले खोज्ने कीताव एउटै हून्छ र खोजेकै बेलामा सबैले पाउदैनन । कीताब राख्यो, बिद्यार्थी लिन्छ समयमै फिर्ता गर्दैन र अर्कोले पाउदैन, त्यस्तै कुनै बिद्यार्थी कीताव लिन्छ र फिर्ता नै गर्दैन वा क्याम्पस नै छोडछ र कीतावको कमी हुन्छ । यस्को लागि कम्तीमा लाईब्रेरी शुल्क किताव फिर्ता नआए पनि किन्न पुग्ने बनाउनु पर्ने भएको छ । यसको लागि बिद्यार्थी संगठन संग पनि कुरा गरेको छु तर अपेक्षीत सहयोग पाएकोे छैन, उल्टै अबरोध भएको छ । अर्कोकुरा सबै कीतावहरु लाईब्रेरीले पुर्याईदेवस भन्ने मान्यता नै पनि गलत हो, यो सम्भव नै छैन कही कतै हुदैन पनि ।

तपाईले अव आफ्नो कार्यकालमा थप के के गर्ने योजना छ र यसरी गर्दछु भनेर प्रतिवद्धता जाहेर गर्नु हुन्छ जो कुरा विद्यार्थीले पनि थाहा पाउन ।

एउटा कुरा समस्या सबै मैले चाहेर समाधान हुदैनन, टियु नै कतिपय कुरामा पोजटिभ नभईहुदैन । अहीले भर्ना भएका लगभग पैतिस सय बिद्यार्थिलाई कार्ड दीन सकीएको छैन कीनकी कम्प्युटरमा दक्ष मान्छे क्याम्पस संग छैन । सबै क्याम्पसको सिस्टम कम्प्युट्राईज बनाएका छौ, सफ्टवएर राखेकाछौ तर चलाउन दक्ष मान्छे छैनन ।

ठाउ अभावका कारण कम्प्युटर ल्याब सुधार्न गाह्रो परेको छ भएका कम्प्युटर पनि थन्कीएका छन तर छीटै असी वटा सम्म कम्प्युटर भएको ल्याब बनाउने योजना छ ।

यो बिषयमा बिश्वबिद्यालय संग दक्ष केही कर्मचारी राख्न पाउनु पर्ने माग पनि यो क्याम्पस आएको दीन देखी राखे तर मानेको छैन । अर्को कुरा जति अवकाश भएका छन त्यती पदपुर्ति समयमै हुदैन र अब सम्स्या देखीने अबस्थामा पुगेकोछ । त्यस्तै भवनको पनि अभाव छ । तत्काल निर्माण गर्नुपर्ने अबस्था छ, केही छीटै बन्ने पनि छन । ठाउ अभावका कारण कम्प्युटर ल्याब सुधार्न गाह्रो परेको छ भएका कम्प्युटर पनि थन्कीएका छन तर छीटै असी वटा सम्म कम्प्युटर भएको ल्याब बनाउने योजना छ ।

तपाईले केही गर्न मन भएर गर्न नसकेको र मनमा लागेको केही छ की भन्नै पर्ने ?

मैले सोचेको र गर्न नसकेको भनेको खासमा यो क्याम्पसमा बिद्यार्थि संगठन संग राम्रो सम्बन्ध स्थापित गरी शैक्षिक एजेन्डाहरुमा राम्रो गर्ने योजना थियो तर त्यो भएन । अपेक्षा गरे अनुरुप त्यो सम्भव हुन सकीराखेको छैन । अर्कोकुरा धेरै सरहरु कानुन ब्याबशायी हुनुहुन्छ जस्कोकारणबाट पनि केही हद सम्म अप्ठेरो महसुस गरेको छु, यसबारे पनि सुधार गर्ने सोच छ । नेपाल ल क्याम्पसले धेरै गर्नु छ र मध्यम सन्तुष्टी छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri