पुनरावेदन वार एसोसिएसन पाटनका वर्तमान अध्यक्ष रुद्र पोख्रेल ब्यवसायिक क्षेत्रमा विजनेस ल को क्षेत्रमा अभ्यासरत कानून ब्यवसायी हुन । उनी अध्यक्ष भए पश्चात आफुले वारमा गरेका परिवर्तन र विकाश साथै न्यायलय संग संवन्धीत वर्तमान चर्चाका विषयमा गरिएको कुराकानी ।
अहीले के मा ब्यस्त हुनुहन्छ ?
अब छिटै हाम्रो पुनराबेदन बारको चुनाव आईरहेको छ । बिशेष गरेर पुनराबेदन अदालतको बार निर्वाचन र सँगसँगै सर्बोच्च अदालत बार एसोसिएसनको निर्बाचन पनि चलिरहेको हुदा यिनै कामहरु र आफ्नै अन्य पेशागत कामहरुमा नै ब्यस्त रहेको छु ।
तपाई पुनराबेदन बारको अध्यक्ष पनि हुुनुहुन्छ, तपाईको कार्यकाल पनि सकिदैछ तपाईको कार्यकालमा पुनराबेदन बार र त्यहाका कानून ब्यबसायिले के प्राप्त गरे वा समग्रमा के उपलब्धीहरु भए जस्तो लाग्छ ?
पुनराबेदन अदालत बार एसोसिएसन पाटन मैले नेतृत्व सम्हाली सकेपछि मैले निर्वाचनको समयमा पनि भनेको थिए की पुनरावदन वार एशोसिएसन पाटन देशको संख्याको हिसावमा सबै भन्दा बढी कानून ब्यबसायि रहेको संस्था यो संस्थालाई अन्य कार्यहरुको अलावा पेशागत शिप विकास सम्बन्धी केही तालिमहरु हामीले संचालन गर्ने छौ भन्ने प्रतिबद्धता ब्यक्त गरे बमोजिम बिभिन्न बिषयमा तालिमहरु संचालन गरेका छौ । जस्तै सम्पति सुद्धिकरण सम्बन्धी, बैंकीङको बिषयमा, बौद्धिक सम्पतिको बिषयमा, मेलमिलाप सम्बन्धी लगायतका तालिमहरु गरेका छौ । अदालत, मेलमिलापकर्ता समाज र वार तिनै मिलेर पनि बिभिन्न कार्यक्रमहरु गर्यौ, मेलमिलाप सम्बन्धी कार्यक्रम एउटा नमुनाको रुपमा देशभरी अन्यत्र कही नभएको कार्यक्रम हामीले गरेको छौ । र बिषेश गरेर पेशागत क्षमता अभिबृद्धीका सम्बन्धमा गरेका कार्यक्रहरु मेरो कार्यकालमा भएका केही महत्वपुर्ण र गणना गर्नुपर्ने कामहरु हुन भन्ने मलाई लाग्छ ।
पुनराबेदन बारको नयाँ नेतृत्व चयनको तयारीमा रहको छ यसका कार्यक्रमहरु के कस्ता छन कसरी सम्पन्न हुदैछन ?
पुनराबेदन बारको नयाँ नेतृत्व चयनका लागि हामीले निर्वाचन समिती बनाएका छौ, निर्वाचन समितीमा हाम्रो बारका पुर्व अध्यक्ष डिल्ली मैनाली समिती संयोजक हुनुहुन्छ । त्यसै गरेर अहीलेको बारको कार्यसमिती सदस्य बलराम बुढाथोकी र निबर्तमान सदस्य सरला मुक्तान रहेको तिन सदस्यीय कार्यसमिती बनेको छ । त्यो निर्वाचन समितीले मतदाता नामावली निकालिसकेको छ । श्रावण आठ गतेका दिन लागि मतदान कार्यक्रम तय गरीएको छ । असार अठ्ठाईस गतेका दिन निर्वाचन सम्बन्धी मनोनयन दर्ताको कार्यक्रम छ । मतादाता नामावली सम्म निस्केर निर्वाचन कार्यक्रम अगाडी बढीसकेको छ ।
तपाई त्यहाको अध्यक्ष सँगसँगै प्रगतिशिल कानुन ब्यबसायिको नेता पनि हुनुहुन्छ, यस अर्थमा पुनराबेदन बारको अबस्था के छ चुनावको परिणाम के आउला वा कस्ले जित्ला ?
नेपालकै सबै भन्दा बढी कानुून ब्यबसायि तथा सदस्य भएको पुनराबेदन बार एसोसिएसन पाटन पहीले देखि नै प्रगतिशिल पक्षकै पकडमा रहेको छ र जहीले पनि पिपिएलएकै पकडमा रहेको छ । नेपाल बारमा केही मत तलमाथि भएको बाहीर बजारमा आईरहेको अबस्थामा पनि खसेको मतको तिनसय मत शेर बहादुर केसी पक्षमा र बाकी सबै बिजयकान्त मैनालीको पक्षमा आईरहेको स्थिति र यो भन्दा पहीला पनि पुनराबेदन बारमा पिपिएलएको पकड रहेको र अहीले पनि पिपिएलएकै उम्मेदारहरुको जित निश्चीत रहेको स्थिति छ ।
अरु संगठनले आफ्नो अस्तित्व देखाउन मात्र उम्मेदारी दर्ता गर्ने स्थिती र पिपिएलए बाहेक अरु सम्पुर्ण एक भएर लाग्दा पनि त्यहा पिपिएलएकै जित वा पिपिएलएकै उम्मेद्दार जित्ने निश्चीत प्राय देखिन्छ ।
तपाई एउटा बिजनेस ल को क्षेत्रमा अभ्यासरत कानुून ब्यबसायि हुनुहुन्छ, यो पेशामा आउने नयाँ पुस्ताका कानून ब्यबसायिलाई केही सुझाव वा सिक्नु पर्ने कुराहरुमा केही भन्नुपर्दा ? वा बिजनेस ल मा कसरी स्थापित हुन सकिन्छ अहीलेको स्थिती के छ ?
अहीले बिजनेस ल को क्षेत्रमा धेरै साथिहरु कार्यरत हुनुहुन्छ, नयाँ आउने साथीहरुको लागि एक किसीमको गल्यामरकै रुपमा रहेको छ । यसलाई अलिकति ध्यान दियौ भने पेशा पनि बिस्तार भएर जाने देखिन्छ । जस्तै अहीलेका नयाँ क्षेत्र सम्पति शुद्धिकरण, सम्बन्धी बिषय, यो विजनेस ल को एउटा स्कीमको रुपमा बिकास भएर आएको छ । त्यस्तै अर्को पेटेन्ट डिजाईन र ट्रेडमार्क, केही साथिहरुको पेटेन्टकै हकमा मात्रै वा ट्रेडमार्ककै हकमा मात्रै पेशा ब्यबसाय चलाउने गर्नु भएको छ , यसलाई अझै अलिकति हामीले बिस्तार गर्न सक्यौं भने यो क्षेत्र अझै बिस्तार हुने स्थिति देखिएको छ ।
के यसलाई थप बिशिष्टीकृत गर्ने वा सामान्यीकरण गर्ने भन्न खोज्नुभएको हो ?
यसलाई अझै बिशिष्टीकृत गर्न जरुरी छ । जस्तै हामी पेटेन्ट डिजाईनको पनि एक सानो हिस्सामा मात्रै काम गरिरहेका छौ । परापुर्व देखिका परम्परागत कुराहरुलाई अझै हामीले ट्रेडमार्कको रुपमा विकास गर्न सकेका छैनौ । बिदेशमा भएका ट्रेडमार्कहरुको दर्ताको कुरामा मात्रै केही काम गरेका छौ, पुरै पेशाकै रुपमा अगाडी बढाउन सकेका छैनौ ।
हामीले यस्को मार्केटिङ गर्न सकीरहेको अबस्था छैन । यहा भएका कम्पनिहरु जस्ले राम्रो उत्पादन गरीरहेका छन तिनलाई सम्म आफ्नो उत्पादनको ट्रेडमार्क दर्ता गर्नुपर्छ भन्ने ज्ञान सहीत हामीले काम गर्न सकीरहेको अबस्था छैन । त्यसो हँुदा यि क्षेत्रहरुमा जस्तो बैंकहरुमा हामी नाम हेर्दै फलानो बैंक भन्छौ, तर धेरै बैंकहरुले समेत आफ्नो नामको ट्रेडमार्क सम्म दर्ता गरी अधिकार लिएर बसेको अबस्था छैन । कम्पनिबाट नाम दर्ता गरेर लिनु एउटा कुरा र ट्रेडमार्क दर्ता गरी नाम लिनु अर्कै कुरा हो । अझै पनि बैंक, बितिय संस्थाहरुले लिई राखेका छैनन । बिभिन्न उत्पादन गर्ने कम्पनिहरुले पनि लिईराखेका छैनन । जस्को ट्रेडमार्क नभई उत्पादन गर्नै नदिने बाहेक अरु कम्पनिले दर्ता गरेका छैनन । यस्मा हामी कानून ब्यबसायिको पनि कमजोरी छ । समयमै हामीले उनीहरुलाई चेतना दिन सकेका छैनौ । यो हाम्रो पेशाको निकै ठुलो क्षेत्र हुन सक्छ ।
हामी हाम्रा परम्परागत ज्ञानका कुराहरु कच्चा पदार्थकै रुपमा हेर्छौ तर बिदेशीले तिनै कुराहरुलाई प्रसोधित गरी टेडमार्क दर्ता गरी बजारमा ल्याउछन । के हामी ति कुराहरुको प्रतिलिपी अधिकार लिई आफ्नो आयस्रोतको रुपमा सुरक्षित गर्न सक्छौ ?
बास्तवमा हामीले यो क्षेत्रमा काम गरेकै छैनौ । यो अत्यन्त ठुलो बिषय हो । हाम्रा जति पनि परम्परागत ज्ञानका कुराहरु छन, जस्तै हाम्रो देशको पानी, जडिबुटी, लगायतबाट हामीले औषधोपचार देखी बिभिन्न कुरामा प्रयोग गरिरहेका छौ । आज त्यसैलाई अरुले अलिकति परिबर्तन गरी आफ्नो ट्रेडमार्कको रुपमा, आफ्नो सम्पतिको रुपमा विकास गरीसकेका छन । तर हामीले हाम्रो परम्परागत ज्ञान हो भनी सुरक्षित गर्ने तर्फ सुरु स्तरको प्रक्रीया सम्म सुरु गरेका छैनौ । हामी अध्ययन गरेर यो पनि बास्तवमा हाम्रो सम्पति हो भन्ने स्तरमा पुगिसकेका छैनौ ।
केही सिमीत ब्यक्तिहरुलाई यो कुराको जानकारी छ तर हामीले यसलाई पेशाको रुपमा विकास गरेर यो हाम्रो सम्पति हो, हामीले सुरक्षित गर्नुपर्छ भन्ने स्थितिमा हामी पुगिसकेकै छैनौ । यसमा हामी कानून ब्यबसायिको भुमिका छ भने सँगसँगै उद्योग मन्त्रालय अन्तर्गत डब्लुटिओ सेक्सन छ, त्यो सेक्सन अन्तर्गत पनि यि कुराहरुलाई हेरेर अध्ययन गरेर बढाउन सक्यौ भने अहीले पनि यस्ता हाम्रा परम्परागत ज्ञानहरु सुरक्षित गर्न सकिन्छ । हाम्रा कुराहरु अरुका सम्पतिका रुपमा विकास हुन सक्दैनन । यसलाई हामी कुनै हालत पनि रोक्नुपर्छ । अहीले हामी अध्ययनको चरणमा पुगेका छौ, तर वास्तवमा यो हाम्रो ज्ञान हो है भन्ने र यसको प्रतिफल हामीले पाउनु पर्छ भन्न सक्ने स्थितीमा छैनौ । हामी अझै प्रक्रियाकै चरणमा छौ ।
यस्को लागि के छुट्टै ऐन नै आवश्यक हो त ?
हो यस्को लागि छुट्टै अध्ययन, अलग्गै ऐन र अलग्गै निकायको आवश्यकता छ ।
अहीले न्याय परिषदले न्यायधिस सिफारिसका कुरा ब्यापक बिबादको बिषय बनेको छ । त्यसै गरी अदालतमा गरीने रिटहरु चाही राजनितीको रुपमा गरीदैछन भन्ने सुनिन्छ, यसलाई तपाईहरुले कसरी हेर्नुभएको छ ?
अहीले जुन ढंगको कार्य भईरहेको छ यो बास्तवमा स्वतन्त्र न्यायपालिका र हामी आम कानून ब्यबसायि र नागरिकको लागि पनि यो चिन्ताको बिषय बनेको छ । वास्तवमा एघार जना न्यायधिसको नियुक्तिको सिफारिस छ यसलाई बहुत ठुलो बबन्डरको रुपमा केही पक्षले लिएको छ, यो अत्यन्तै खेदजनक छ । सर्बोच्च अदालतमा मुद्दाको चाप बढेको, मुद्दाको संख्या बढको र न्यायाधिसको संख्या दिनानुदीन घटिरहेको अबस्थामा हिजो खिलराज रेग्मी प्रधानन्यायधिस हुदा कार्यपालिकाको प्रमुख भएर जादाको अबस्था देखिकैे यो जुन बिकृतरुप थियो, त्यो रुपलाई अहीले आएर बाँकी रहेका सम्पुर्ण खाली सिटमा न्याय परिषदले जुन नियुक्तिको सिफारिस गरेको छ, यसलाई सरह्राना गरेर लिएर जानु पर्ने ठाउमा यसमा बिबाद खडा गरियो ।
बिबाद खडा गरेर अहीले यो रिटको क्षेत्र बाट यो ििफारिस ठिक थियो कि थिएन भन्दै बिभिन्न रिटहरु दर्ता भएका छन रिटको सुनुवाईको बिषय लिएर आमरण अनसन सम्म बस्ने भन्ने सम्मका प्रबृतिहरु देखापरेका छन । यि प्रबृतिहरु आफैमा गलत प्रबृतिहरु हुन । कुनै मुद्दाको पालो आउने कुरा, सबैको पालो आउनुपर्छ, सबैका मुद्दा छिनिनु पर्छ, मुद्दा पारदर्शी ढंगले ब्यबस्थापन हुनु पर्छ यसमा बिबाद हुन सक्दैन । तर अमुख मुद्दा हेरीयो कि हेरीएन भनेर कानून ब्यबसायिनै अनसनमा बस्ने, बारले त्यसलाई समर्थन गर्ने, बारका अध्यक्ष लगायतका पदाधिकारीहरुले त्यसलाई ब्याख्या गर्ने, जुन कार्यहरु भएका छन, यसलाई निश्चीत रुपमा राजनैतिकरुपमा अगाडी बढेका छन भन्नुपर्छ ।
यस्को पुष्टी गर्ने अर्को कुरा कांग्रेसका सभापति शेर बहादुर देववाले त्यो रिटको बारेमा चासो राख्ने, त्यस्को सुनुवाईको सन्दर्भमा चासो राख्ने, अदालतले गरेको रेस्पोन्सको आधारमा बारले स्वतन्त्र न्यायपालिकाको बिरुद्धमा बक्तब्य निकाल्ने, अमुख मुद्दा चाही छिटो सुनुवाई हुनु पर्यो भनेर अनसन बस्ने जुन प्रबृतिहरु हामीले देखिरहेका छौ यसले न्यायपालिका लाई राजनैतिक हस्तक्षेप गर्न खोजेको दखिन्छ । यस्ता सबै रिटहरु राजनितिक आग्रह पर्वाग्रहका आधारमा प्रेरित भएर दर्ता भएका छन । अहिले रिट र नेपाल वार न्यालयमा राजनीति गर्ने साधन वनेका छन, यस्लाई कानून ब्यबसायिले निरुत्साहीत गर्न जरुरी छ । यदी गरिएन भने स्वतन्त्र न्यायपालिकाको अस्तत्वमाथि नै खतरा उत्पन्न हुने स्थिती देखिएको छ । अहीले भएका न्यायधिस र त्यो सिफारिसलाई हामी कानुन ब्यबसायिले सकारात्मक रुपमा लिनुपर्दछ ।
अब सुनुवाई समिती बनेर अगाडी बढीसकेको अबस्थामा के हुन्छ त ?
अब सुनुवाई समिती बनेर अगाडी बढीसकेको अबस्थामा यो भन्दा अगाडी रिटहरुको प्राय औचित्य समाप्त भएको छ । त्यसको अब न्याय निरुपण हुन सक्दैन । तिनैको पछी लाग्नु भनेको राजनितिक रुपमा बिभाजन भएर यसमा खेल्ने र न्यायपलिकालाई थप बिबादीत बनाउने बाहेक केही होईन । त्यसैले यस्ता सब कुरा छोडेर हामी अगाडी बढनुपर्छ ।
केही छ, कुनै बिषयमा केही आवश्यक कुराहरु बाँकी रहेका ?
खासमा अहीले मलाई भन्न मन लागेको कुरा भनेको पुनराबेदन बारको निर्वाचनको बिषयमा छ । अहीले पुनराबेदन बारको मतदाताको नामावलीमा रहेका साढे चौबिस सयको नामावली निस्केको छ । उहाहरु सबै मतदान गर्न योग्य हुनुहुन्छ । मतदान गर्न मात्रै होईन निर्वाचनमा चुन्ने चुनिने सबै प्रक्रियामा योग्य उहाँहरु हुनुहुन्छ । साथिहरुमा एउटा भ्रम रहेको के छ भने जुलाइ १५ सम्ममात्र भएको र साउन ८ गते निर्वाचन भएकोले हाम्रो के हुन्छ वा नाम पर्छ की पर्दैन भन्ने प्रश्न रहेको छ । त्यसलाई हामीले प्रस्ट निर्वाचनको सुचनामै राखेका छौ । असार मसान्त सम्म निर्वाचित हुने सबै साथिहरुले श्रावन मसान्त सम्म स्वतः नाम नविकरण भएको कुरा राखेका छौ । यो निर्वाचनमा सबै साथिहरुले सक्रियता पुर्वक आफ्नो आफ्नो ठाउँबाट लाग्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । मेरा कुरा सबै समक्ष राख्न वा पुर्याउने अवसर दिनुभएको मा धन्यबाद भन्न चाहान्छु । साथै सबै साथिहरु समक्ष यसै मार्फत जानकारी जानेछ भन्ने अपेक्षा राखेको छु ।