Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

यौन दुरव्यवहार, कानूनमा के छ ?

आजभोलि जताततै बलात्कार र हत्याका घटनाहरु सुनिन थालिकाएकोछ । ५ वर्षका बालिकादेखि ७५ वर्षका बृद्धासम्मका महिलाहरु यौन हिंसाको चपेटामा परेका छन् । यस विषयमा बलात्कारीलाई फाँसी दिनुपर्ने लगायतका मागहरु लिएर विभिन्न क्षेत्रका व्यक्तिहरु लगायत सर्वसधारणहरु पनि सडकमा उत्रिएका छन् । तर कानूनमा के प्रावधान छ भन्ने कमैलाई थाहा हुन सक्छ । यस विषयमा हामीले मुलुकी ऐनमा उल्लेख भएका व्यवस्थाहरुलाई यहाँ उजागर गरेका छौं ।

मुलुकी ऐwomen and lawनको भाग ४ को महल १३ मा आसय करणी, महल १४ मा जबरजस्ती करणी, महल १५ मा हाडनातामा करणी गर्नेको र महल १६ मा पशु करणीको बारेमा उल्लेख गरिएकोछ ।

 आसय करणीमा के के पर्दछन् त यसको स्पष्ट जवाफ आसय करणीको १ नंंले दिएको छ । कसैले कुनै महिलाको मञ्जुरी बिना निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धी अंग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत योग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वभाविक व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिन्छ ।

 यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपूर्ति समेत भराई दिनुपर्नेछ ।

त्यस्तै यसै महलको ५ नं। बमोजिम आफू वा अरुसँग गैरकानूनी करणी गर्न स्वास्नीमानिसलाई फकाउने र वेश्या गमनको लागि सम्पर्क र व्यवस्था गरी दिनेलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुन्छ ।

 यसको हदम्याद भनेको ३५ दिन हो, ३५ दिनभित्र नालिश नदिएको यसमा सजाय हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri