समाजमा हुने बिभिन्न अपराधहरुको अग्रपंतिमा आउछ यौन अपराध । यौन अपराध सहमतिमा यौन सम्पर्क हुनु होईन वा मन्जुरी बिनाको यौन सम्पर्क यौन अपराध हो । तर कतिपय अबस्थामा सहमतिको यौन सम्पर्क पनि अपराध मानिन्छ ।
बल प्रयोग गरी, असहमतिमा जबरजस्ती यौन आशयका क्रियाकलाप र यौन सम्पर्क वा करणी गर्नु साथै गराउनु पनि यस अन्तर्गतका अपराध हुन । सहमति बेगर वा जबरजस्ती यौन सम्पर्क गरेमा मात्र अपराध हुन्छ भन्ने हुदैन करणी गर्ने मनशायले कसैको मन्जुरी बिना सम्बेदनशिल अंग छुने प्रयास गरेमा वा छोएमा, एकान्त ठाउमा लगेमा, कपडाहरु खोल्ने प्रयास गरेमा, त्यस्तै अश्लील शब्दहरु बोलेमा पनि यौन दुब्यबहारको अपराध हुन्छ ।
यस्ता यौन सम्बन्धी कस्ता कस्ता क्रियाकलाप र ब्यवहारहरु अपराध हुन्छन भन्ने बिषयमा हाम्रो देशको नागरिकको संविधान मानिने मुलुकी ऐनको महल नं. १३ ‘आशय करणीको’ र महल १४ मा ‘जबरजस्ती करणीको’ मा ब्याख्या साथै दण्ड सजायको पनि ब्यबस्था गरेको छ । मन्जुरी बिना करणी गर्नु वा सम्पर्क हुन जबरजस्ती करणी हो भने करणी गर्ने आशय झल्कीने र करणीको उद्योग गर्नु चाही आशय करणी हो ।
आसय करणीको महल नं. १३ मा कसैले कुनै महिलाको मञ्जूरी बिना निजको सम्बेदनशील अङ्ग छोएमा, छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धी अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजलाई अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा, चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा साथै निजसँग यस्तै अन्य कुनै किसिमले अस्वभाविक व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिनेछ, भनी उल्लेख गरीएको छ । यस्ता क्रियाकलाप वा ब्याबहारहरु आशयकरणी अन्तर्गतका अपराधहरु हुन ।
यस्ता कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिले कसूरदारबाट आवश्यक क्षतिपूर्ति समेत पाउनेछ । त्यसैगरी आफ्नी स्वास्नी मानिस वा यौनसाथिलाई अरू कसैसँग गैर कानूनी करणी गर्न फकाउने र वेश्या गमनको लागि सम्पर्क र व्यवस्था गरी दिने कार्य पनि आशयकरणी अन्तर्गतको कसुर मानिन्छ । यस्तो अपराध गर्नेलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि छ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी ब्यबस्था छ ।
यसै गरी मुलुकी ऐनको महल नं. १४ जवर्जस्ती करणीको मा कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा र सोह्र वर्षभन्दा कम उमेरकी बालिका, होस ठेगानमा नभएकी महिलालाई निजको मञ्जूरी लिर्ई करणी गरेमा र डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी मञ्जूरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिने उल्लेख छ । जबरजस्ती करणी हुन यौन सम्पर्क भएको हुन पर्दछ । यदी यौन सम्पर्क पुरा नभई लिङ्ग प्रबेश मात्र गरेको भएमा पनि जबरजस्ती करणी गरेको मानिन्छ ।
यस्ता कसुर गर्नेलाई हुने सजाय वा कैद महिलाको उमेर अनुसार फरक रहेको छ । करणीमा पर्ने दश वर्षभन्दा मुनिकी बालिका भएमा दशदेखि पन्ध्र वर्षसम्म कैद, दश वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भएमा आठदेखि बाह्र वर्षसम्म कैद, चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भएमा छ वर्षदेखि दश वर्षसम्म कैद, सोह्र वर्ष वा सोभन्दा बढी बीस वर्षभन्दा कम उमेरकी महिला भएमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र बीस वर्ष वा सोभन्दा बढी उमेरकी महिला भएमा पाँचदेखि सात वर्षसम्म कैद हुन्छ
तर लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेको भएमा तीन महिनादेखि छ महिनासम्म मात्र कैद हुनेछ । साथै हाडनाताकी स्वास्नीमानिस संग जबर्जस्ती करणी गरेमा जबरजस्तीकरणी गर्दा हुने सजाएमा हाडनातामा करणी गर्दा हुने सजाय थप गरी गरी कैद हुन्छ ।
यदी महिलालाई सामुहिक रूपमा जबर्जस्ती करणी गरेमा, गर्भवती, असक्त वा अपाङ्ग महिलालाई जवर्जस्ती करणी गरेमा थप पाँच वर्ष कैद सजाय हन्छ । साथै महीलालाई एच।आई।भी। पोजिटिभ भएको थाहा पाउँदापाउँदै वा भन्दा भन्दै कसैले जबर्जस्ती करणी गरेमा थप एक वर्ष कैद सजाय हून्छ ।
जबरजस्ती करणी गर्र्ने मात्र नभई जबर्जस्ती करणी गर्ने भएको कुरा जानी, थाहा पाई हूल गरी संगै जाने, समाउने र अन्य काममा मद्दत दिनेलाई जनही तीन वर्षसम्म कैद हुन्छ । तर सोह्र वर्ष मुनिकी स्वास्नीमानिसका सम्बन्धमा भने दोब्बर सजाय हुने ब्यवस्था छ । त्यस्तै जबर्जस्ती करणी गर्ने उद्योग गरेको तर करणी गर्न भने पाएको रहेनछ भने जबजस्ती करणी गर्नेलाई हुने सजायको आधा सजाय हुन्छ । यदी कसैले अह्राई जबर्जस्ती करणी गर्न लगाएको भए अह्राउनेलाई करणी भएमा वा उद्योग मात्र भएमा मुख्य कुसुरदारलाई हने सजाएको आधा सजाए हन्छ ।
कुनै महिलाले आफुमाथि यस्तो करणीको प्रयास गरेमा वा करणी नै गरी सकेमा पनि त्यही समयमा वा रिसको झोकमा जबरजस्ती गरेको एक घण्टा भित्रमा हतियार या कुनै बस्तुले हानी मर्न सम्म गएमा पनि कुनै कसुर गरेका मानिदैन । तर एक घण्टा पछी मारेमा भने पाँचहजार रुपैयाँसम्म जरिवाना वा दश वर्षसम्म कैद हुन्छ । यसरी महिलालाई सक्दो प्रयास गरी सकेमा त्यस्तो गर्नेको ज्यान नै लिएमा पनि बाध्यता मानिन्छ र अपराध मानिदैन ।
यसै महलमा कसैले कुनै नाबालकसंग अप्राकृतिक मैथुन गरे गराएमा पनि जबर्जस्ती करणी गरेको मानी थप एक वर्षसम्म कैद र नाबालकलाई अदालतले आवश्यक क्षतिपुर्ति समेत भराई दिने ब्यवस्था छ ।
यस्ता मुद्दाको फैसला गर्दा जबर्जस्ती करणी ठहर गरेकोमा कसूरदारबाट क्षतिपूर्ति समेत महिलालाई भराई दिनु पर्ने र मुद्दा दर्ता भए सँगै अदालतले आरोपित व्यत्तलmको अंश लगायतका अन्य सम्पत्ति रोक्का राख्नु पर्नेछ र फैसला पछी पर्न आउने अंश समेत भराई दिनु पर्ने ब्यबस्था गरीएको छ ।
जबर्जस्ती करणीको सम्बन्धमा घटना भए गरेको मितिले पैंतीस दिनभित्र र आशयकरणी सम्बन्धी कसुरको सम्बन्धमा घटना भएको वा प्रकाश भएका मितिले पैंतीस दिनभित्र नालिस दीई सक्नु पर्दछ अन्यथा लाग्न सक्तैन ।
यस्ता करणी सम्बन्धी अपराधहरुमा अदालतले पनि हदम्याद बढाउने आदेश गरेको छ । अहीलेका यि प्रावधानहरु कतिपयले अपुग रहेको पनि आवाज उठाई रहेका छन । मुलुकी ऐनको संशोधन स्वरुप ‘प्रस्तावित केही फौजदारी कसुर र सजाए गर्न बनेको बिधेयक’ पनि बिचाराधिन नै छ । यस बिषयमा के कस्ता कानून र ब्यबस्था आवश्यक छन साथै बलात्कार, हत्या र यौन हिंसा दिनदिनै बृद्धी भईरहेको अबस्थामा कस्तो कानून बनाउनु पर्छ र के के कुरा समेटन आवश्यक छ भन्ने बिषयमा प्रस्तावित बिधेयकको लागि पनि शुझाव संकलन कै चरणमा छ । त्यसैले शुझाव तथा प्रतिक्रियाहरु दिनु होला हामी सम्बन्धीत निकाय सम्म पुर्याउने छौ ।