Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

२० प्रतिसत भन्दा बढी नाफा राख्ने ब्यापारीलाई पाँच बर्ष कैद

पहिला पहिला प्राय मान्छेहरु आफुलाई चाहीने सामान र खाने बस्तुहरु उत्पादन र जम्मा पार्न लागि पर्थे तर अहीले समय बदलिएको छ । जताततै पसल छन जहा जे खोज्यो त्यही आवश्यक बस्तु तथन सामान पाईन्छ । पैसा हुदा सबै थोक छ । सामान किन्न जादा पसलेले जति भन्यो त्यति फ्याट्ट पैसा फाल्यो हिड्यो । 

nepalkanoon

रात परेको छ अलि बढी त लिनै पर्यो, बाटोमा अरु पसल छैन लिए लिनुस नलिए नलिनुस, यो सामान बजारमै छैन त्यसैले अलि महंगो छ, यो सामान नयाँ आको अलि बढी छ प्राईज, अनि सामान धेरै राम्रो हो अलि पैसा त बढी तिर्नै पर्यौ नै भन्दै ब्यापारी सामान बेच्छन । हामी पनि यस्तै हो भन्दै तिर्छौ । मुल्य थाहा नभएका सामान त छोडौ दैनिक किन्ने सामानको पनि कसैले यति नै पर्छ यहा भन्दा पैसा तिर्ने गछौ ।

तर यस्तो महंगो तिर्नु पर्दैन यदी किन्ने सँग पनि ईच्छा छ भने । कुनै सामान बेच्दा कति नाफ लिन पाउने भन्ने पनि कानूनमा आधारित हुन्छ । पसलवालाले जति पनि फाईदा लिएर वा मान्छेलाई झुक्याउदै कानूनले तोके भन्दा बढी मुनाफा लिएर बिक्रि गर्न पाईदैन । यदी यस्तो गरेमा कारवाही हुने कानून हाम्रो देशमै छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ू को दफा ३ मा यस सम्बन्धी ब्याख्या गरीएको छ । सरकारद्धारा मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा राख्न पाईदैन । वा कुनै बस्तुमा २० प्रतिसत भन्दा बढी फाईदा राख्न पाईदैन । त्यसै गरी कुनै बस्तुको अभाव रहेको समयमा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गर्न पनि पाईदैन ।

यदी कसैले यस्तो गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने ब्यबस्था छ । तर निर्यातमा घाटा उठाई पैठारी गरेका माल वस्तुको हकमा निर्यात गर्दा परेको घाटा समेत उठ्ने गरी मुनाफा लिन पाउनेछ । अन्य कुराहरु जस्तै प्रत्येक थोक वा खुद्रा बिक्रेताले नेपाल सरकारले तोकिदिएको माल वस्तुको मुल्यसूची सबैले देखिने गरी बिक्री स्थलमा टास्नु पर्दछ यसा नगरेमा १ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।

त्यस्तै बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले त्यस्तो माल वस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन्छ । तर, नेपाल सरकारले अति आवश्यकको भनी तोकिदिएको माल वस्तुका सम्बन्धमा यस्तो अपराध उत्पादक, आयातक वा मुख्य वितरक, कुनै डिलर वा एजेण्टले गरेमा निजलाई १० वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन्छ ।

त्यसै गरी कसैले कमसल माललाई असल माल हो भनी वा एक माल वस्तुलाई अर्को माल वस्तु हो भन्ने भान पारी वा कुनै माल वस्तुमा सो माल वस्तुको स्तर घट्ने गरी मिसावट गरी सो कुरा नबताई कसैले बिक्री वितरण गरेमा निजलाई २ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्छ । यस्ता अपराध भएमा चुपचाप सहने बानी राख्नु भन्दा खबर गर्नु पर्दछ ।

यस ऐनले अपराध गरेको वा गर्न लागेको भनी खबर गरेमा वा जाहेर गरी अपराधी पक्राउ भई दोषी ठहरिएमा अपराधीलाई भएको जरिवानाको पच्चीस प्रतिशत जाहेर वा खबर गर्ने व्यक्तिलाई दिइने ब्यबस्था छ । तर यस्तो कसुर वा अपराध भएको वा पत्ता लागेको ९० दिनभित्र मुद्दा दायर गरी सक्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri