मान्छेको मृत्यु भनेको सामान्यतया शरिरका सम्पुर्ण अंगहरु मर्नु नै हो । धार्मिक रुपमा मृत्यु भनेको शरिरलाई आत्माले छोडनु हो । खासमा मृत्युलाई निश्चीत परिभाषामा सुत्रबद्ध गर्न सम्भव छैन । मृत्य के हो ? मृत्यु पछि के हुन्छ ? यि प्रश्नको उत्तर समय सँगसँगै बिकास भएका मान्यता बाहेक अन्य छैनन । शरिर मर्छ माटोमा मिसिन्छ विज्ञानले पनि यही भन्छ र मान्छेले देख्ने पनि यतिमात्र हो ।
अदालतले कुनै विवाहीत पुरुषलाई मृत घोषणा गरेपछि स्वास्नी अन्तै बिहे गरेर गईसकेको भएमा के गर्ने ? होईन, ज्युदै रहेछ भनी आदेश सच्याए पनि जाने त गईसके पछि के होला ?
मृत्युको कारण अनेक हुन्छन तर जे होस शरिरको समग्र प्रणाली मध्ये कतै चोट अबरोध परि गर्नुपर्ने काम गर्न नसक्दा नै मानिस मर्छ भन्न सकिन्छ । मृत्युलाई बिभिन्न क्षेत्रमा भिन्नै तरिकाले परिभाषित गरिन्छ । धर्म, विज्ञान र कानूनमा पनि मृत्युको बारेमा लेखिएकै हुन्छ । मृत्य केलाई मान्ने वा मरिसकेको घोषणा गर्ने आधार के त भन्ने बिषयमा कानूनमा पनि प्रावधान हुन्छ । यो प्राबधान देश अनुसार फरक हुनसक्छ । त्यसकारण पनि भन्न मिल्छ मृत्यु साच्ची नै रहस्य नै हो ।
नेपालको कानूनमा मृत्यु भएको मानिने केही आधारहरु कानूनले नै तोकेको छ । मृत्यु सम्बन्धी कानूनी ब्यवस्थाको बारेमा यि कानूनी बुदाहरु तथा आधारहरु प्रस्तावित देवानी कानुनको संशोधन र एकिकरण गर्न बनेको ऐन २०७१ बाट लिईएको छ । जुन मौजुद कानूनी प्राबधान भन्दा खासै भिन्न छैनन । यस ऐनका भाग २, परिच्छे १ को दफा ४० मा मृत्य भएको मान्ने सर्तहरु लेखिएको छ ।
कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएकोमा सो व्यक्तिको मृत्यु भएको मानिनेछ । त्यसमा पनि उमेर ब्यक्तिको बेपत्ता भएको ठाउँका आधारमा समय सिमा परक छ । असी वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष सम्म बेखबर भएमा कानून अनुसार उस्को मृत्यु भएको मानिन्छ । त्यस्तै युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले चार वर्ष सम्म नभेटिनु यस कानून अनुसार मरेको भन्न सकिन्छ ।
वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति दुर्घटनामा परि हराएको भएमा दुर्घटना भएको मितिले तीन वर्ष सम्म फेला नपरे मरेको मानिन्छ । त्यसमा पनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ । त्यस्तै कुनै दुर्घटनामा परी एकैसाथ एक भन्दा बढी व्यक्तिको मृत्यु भएमा कोही ज्युदो भेटिएकोमा बाहेक बाहेक प्रमाणीत नभएका सबैको एकैसाथ मृत्यु भएको मानिनेछ ।
कुनै खास प्रयोजनको लागि यसरी मर्नेमा पनि कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न आएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।
त्यसमा पनि कुनै खास प्रयोजनको लागि यसरी मर्नेमा पनि कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न आएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।
त्यस्तै अदालतले पनि प्रमाण हेरी मृत्युको घोषणा गर्न सक्छ । कुनै व्यक्ति बिना सूचना बेपत्ता भएको वा कुनै प्राकृतिक विपत वा दुर्घटनामा परेको र कुनै बाचेको वा मरेको प्रमाण् नभेटिएमा निजको मृत्युको सम्बन्धमा न्यायिक घोषणा गरी पाउँ भनी त्यस्तो व्यक्ति वेपत्ता भएको वा मृत्यु भएको मिति, ठाउँ, कारण र आधार सहित खुलाई सरोकारवाला व्यक्तिले निवेदन दिएमा अदालतले सबुत प्रमाण बुझी सो व्यक्तिको सम्बन्धमा मृत्युको न्यायिक घोषणाको आदेश गर्न सक्नेछ ।
तर यसरी मृत घोषित भइसकेको व्यक्ति जीवित रूपमा फर्की आएमा के गर्ने ? यसको लागि ज्युदो प्रमाणित गर्न अदालत पुग्नुपर्छ । मृत्युको न्यायिक घोषणा बदर गरी पाउँ भनी स्वयमले वा निजको मृत्यु भएको मिति न्यायिक घोषणा भएको मितिभन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाउँ भनी निजको हकदारले निवेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी जिवित घोषणाको आदेश वा संशोधनको आदेश गर्नेछ ।
तर अदालतले कुनै विवाहीत पुरुषलाई मृत घोषणा गरेपछि स्वास्नी अन्तै बिहे गरेर गईसकेको भएमा के गर्ने ? होईन, ज्युदै रहेछ भनी आदेश सच्याए पनि जाने त गईसके पछि के होला ? पत्नीले त्यस्तो घोषणा पछि अर्को विवाह गरेको रहेछ भने घोषित व्यक्तिसँगको वैवाहिक सम्बन्ध पुनः स्थापित भने हुन सकदैन । अन्यमा भने मृत घोषित व्यक्तिको कानून बमोजिमको अधिकारमा कुनै प्रतिकूल असर पर्दैन ।