Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

वलेसीको पानी बाटोमा पर्ने गरि घर बनाँउन नपाँईने

Lawकाठमाण्डौ: घर बनाउदा धेरै कुरामा बिचार पुर्याउनु पर्छ । तर कसैले वास्ता नै नगर्ने केही कुराहरु पनि कानूनले बन्धेज लगाउने भएको छ । घर बनाउदा झ्याल राख्ने पट्टि आफ्नो जग्गा कति छ, घरको छाना वा छतबाट पानी कहा झर्छ, सेफ्टी ट्याङकी बनाउदा सधियारको जग्गामा छुन हुन्छ कि हुदैन जस्ता कुरा पनि कानून बमोजिम गर्नुपर्ने भएको छ । अन्यथा कसुर गरेको मानिने र असर पर्नेले उजुरी गरे क्षतिपुर्ति दिनु पर्नेछ ।

प्राय घरहरु बाट छेउमै भन्दा बाटो लगायतका सार्वजनिक जग्गा नै च्यापेर निर्माण गरेका पाईन्छन । यो कानून लागु भएपछि च्याप्नु भन्दा बलेसीको पानी समेत आफ्नो जग्गा भन्दा बाहीर पार्ने गरी निर्माण गर्न पाईनेछैन । प्रस्तावित देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ मा यस्तो ब्यवस्था प्रस्ताव गरिएको छ ।

उक्त ऐनको परिच्छेद–३ सम्पत्तिको उपभोग सम्बन्धी व्यवस्था अन्तर्गत दफा ३०१ मा भनिएको छ, कुनै व्यक्ति वा सरकारी निकायले सधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्ने भएमा कम्तीमा पाँच फिट जग्गा छोड्नु पर्नेछ । तर कुनै खास किसिमका भवनको लागि छुटृै मापदण्ड निर्धारण भएको भएमा भने सोही अनुसार जग्गा छाड्नु पर्नेछ ।

त्यस्तै दफा ३०२ मा घर वा वलेसीको पानी झार्न नपाउने पनि उल्लेख छ । कसैले पनि आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन ।

त्यसै गरी सेफ्टी ट्याङकीको सम्बन्धमा कसैले पनि संधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन पाउने छैन । तर आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु परेमा संधियारको जग्गातर्फ संधियारको स्वीकृति भएकोमा बाहेक कम्तीमा तीन फिट जग्गा छोड्नु पर्नेछ । कसैले आफ्नो जग्गामा इनार वा कुवा खन्दा सँधियारको जग्गाबाट कम्तीमा तीन फिट दुरी कायम हुने गरी जग्गा छोड्नु पर्नेछ । त्यस्तै बोटबिरुवा रोप्ने सम्बन्धमा पनि ऐनमा उल्लेख छ । कसैले पनि रुख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर, जग्गा वा कुनै सम्पत्तिलाई असर पर्ने गरी लगाउन हुँदैन ।

कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख वा बिरुवाले अन्य व्यक्तिको घर जग्गा वा अन्य सम्पत्तिमा फैलिई असर पुर्याएमा त्यस्तो रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर, जग्गा वा सम्पत्ति नोक्सान नहुने गरी अरुलाई असर पर्ने रुख वा बिरुवाको हाँगो वा जरा काट्नु पर्नेछ । तर रुखबिरुवा लगाउने व्यक्तिले रुखबिरुवाको हाँगो वा जरा नकाटेमा सोबाट असर पर्ने व्यक्तिले त्यस्ता रुख वा बिरुवाको हाँगो वा जरा आफैंले काट्न सक्नेछ ।

रुख वा बिरुवाको हाँगा वा जरा काट्दा अन्य व्यक्तिको घर, जग्गा वा कुनै सम्पत्ति क्षति हुन गएमा सो वापतको रकम वा रुख वा बिरुवा लगाउने व्यक्तिले हाँगो वा जरा नकाटी सोबाट मर्का पर्ने व्यक्ति आफैले हाँगो वा जरा काटेकोमा सो काट्दा लागेको खर्च वा नोक्सान भएको सम्पत्ति वापतको रकम त्यसरी रुख वा बिरुवा लगाउने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

यस्ता कसुरहरु गर्ने बाट असर पर्नेले क्षतिपूर्ति भराई लिन सक्नेछ भने यस्ता काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri