Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

घरेलु कामदार राखेमा तुरुन्त स्थानीय निकायलाई लिखित जानकारी दिनुपर्ने

१८ बर्ष मुनिको कामदार भएमा अनिवार्य पढाउनु पर्ने

domestic labour

घरेलु कामदारहरु अन्य कामदारहरु धेरै मात्रामा पिडित हुने तथा शोषण र हिंसामा पर्ने गरेको पाईन्छ । घरमा काम गर्ने कामदारलाई नोकरको दर्जामा राखि जे पनि काम गराउने र जे पनि गर्नु पर्ने बाध्यता श्रृजना गरिएको हुन्छ । अन्य कामदारहरुको संगठन हुनुका साथै बिबिध कानुनमा पनि सम्बोधन गरिए पनि घरेलु कामदारहरु प्रति त्यति सम्बन्धीत कसैको ध्यान जान सकेको पाईदैन ।

तर अब घरेलु कामदारले पनि जे पनि सहेर बस्नु पर्ने छैन । प्रस्तावित देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ मा घरेलु कामदारको सम्बन्धमा पनि ब्यबस्था गरिएको छ । जुन अहीले संसदमा कारवाहीको प्रक्रियामा छ, पारित भएर लागु भए पछि घरेलु कामदारलाई पनि निकै राहत हुनेछ । यस ऐनमा कामदारका सम्बन्त्रमा बिशेष ब्यबस्था गरिएको छ । उक्त प्रस्तावित ऐनको दफा ६६६ मा घरेलु सहायक सम्बन्धी विशेष व्यवस्था गरिएको छ । जस्ले घरेलु कामदारका केही अधिकार र कामदार राख्नेहरुले  पुरा गर्नु पर्ने कानुनी दायित्व सम्बन्धी उल्लेख गरिएको छ ।

कसैले घरेलु सहायकको रूपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले कामदारको हकमा केही सर्तहरु पालना गर्नु पर्नेछ । ज्याला मजुरी मासिक वा वार्षिक रूपमा निर्धारण गरी भुक्तानी गर्नु पर्नेछ, काम लगाउनेले बिहान, दिउँसो र बेलुकी तीन पटक खान तथा मौसम अनुसार लगाउने कपडा दिनु पर्नेछ । जस्तो पायो त्यस्तो ठाउँमा नबसाई उपयुक्त बस्ने ठाउँ, शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्नेछ ।

त्यस्तै काम गर्ने अठार वर्षभन्दा कम उमेरको भएमा उसको ईच्छामा घर व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नु पर्नेछ । बिरामी भएमा निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्नेछ तर उपचारमा खर्च भएको पैसा कामदारको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न पाईने छैन भने बिरामी भएको समयमा काममा लगाउन पनि पाईने छैन ।

त्यस्तै कुनै पनि समय र काम गर्दा उसको उमेर, क्षमता वा अवस्थाले गर्न नसक्ने काम गराउन बाध्य पार्न र काममा लगाउन पाईनेछैन । यदि घरमा काम गर्ने कामदारको मृत्यु भएमा निजको सदगत तथा सामान्य काज किरियाको लागि लाग्ने खर्च काम गराउनेले नै व्यहोर्नु पर्नेछ ।

त्यसै गरि अमानवीय, अपमानजन्य व्यवहार वा यौनजन्य दुव्र्यवहार भएमा, बिनाकारण आफु खुसी कामबाट निकालेमा र काममा राख्दाको समयमा गरेका अन्य शर्त पालना नगरेमा पनि कामदारले आफ्नो हक खोज्न तथा भएको अन्याय बिरुद्ध कानुनको साथ पाउनेछन ।

यस ऐनमा समेटिएको अर्को महत्वपुर्ण प्राबधान के पनि छ भने कसैले कुनै व्यक्तिलाई घरेलु सहायकमा काम लगाएमा काम लगाएको मितिले एक महिनाभित्र सम्बन्धित स्थानीय निकायलाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।

यस्ता कुनै पनि कानुन बिपरित घटना भएमा तथा कामदारलाई ब्याबहार गरेको पिडितले साथै सम्बन्धीत ब्यक्तिले भए गरेको पैंतीस दिनभित्र नालिस गर्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri