कतिपय रंगमञ्चको कलाकार छन वा कतिपय सास्कृतिक उत्थान तथा सामाजिक कार्यको लागि नाटक पस्तुत गर्न चाहान्छन । राजधानीमा नाटक प्रदर्शन, त्यसमा पनि नेपालको राष्ट्रिय नाचघरमा अनी सित्तैमा । कमाउनका लागि नाटक देखाउदा त पैसा तिरेर नै थ्रिएटर पाए पनि ठिकै हो तर सामाजिक कामको लागि वा सास्कृतिक जागरणको लागि नाटक प्रर्दशन गर्नुपर्ने हुन सक्छ, त्यस्तो बेला सित्तैमा ठाँउ भएको भए वा सित्तैमा थ्रिएटर पाएको भए भन्ने पनि कयौ होलान ।
त्यति मात्र हैन कसरी नाचघरमा नाटक देखाउने, का जाने, कसरी पाउने, कस्ता नियम होला सोच्दै हुनुहुन्छ भने यस सम्बन्धी रहेको कानुनी ब्यबस्था यहाँ प्रस्तुत गरिएको छ । नाचघरको बहाल सम्बन्धमा ब्यबस्था गर्न बनेको नाट्यशाला (बहाल नियन्त्रण) नियम २०१७ मा यस सम्बन्धी प्रक्रिया र नियमहरु उल्लेख गरिएको छ ।
नाचघरमा नाटक प्रर्दशन गर्न सबै भन्दा पहीला इजाजतपत्र लिनु पर्छ । नाट्यशालामा नाटकको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले नाटक बारे सबै कुरा स्पष्ट खुलाइ नाटकको प्रदर्शन गर्नुभन्दा सात दिन अगावै दरखास्त दिनु पर्छ । निबेदनमा नाटक के का लागि वा कुन उद्देश्यको लागि जस्तो: सास्कृतिक उत्थानको निमित्त वा ब्यावशाय वा मनोरन्जनको लागी हो भन्ने खुलाउनु पर्छ । त्यस्तै टिकट लगाई वा नलगाई देखाइने, सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोष जम्मा गर्नलाई देखाइने, वा व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाएर देखाइने हो त्यो पनि निबेदनमै खुलाएर दिनु पर्छ ।
साथै नाटक प्रदर्शन गर्ने अवधि र समयको बारेमा पनि उल्लेख गर्नुपर्छ । यसरी दिईएको दर्खास्त अनुसार अधिकारीले कानुन बमोजिम निश्चीत समयको निमित्त इजाजतपत्र दिनेछन ।
सामान्यतया इजाजतपत्र लिने व्यक्तिले दैनिक ने.रु. ५०।– का दरले बहाल बुझाउनु पर्छ । तर सास्कृतिक उत्थानको निमित्त टिकट नलगाई वा सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा जम्मा गर्नलाई देखाइने नाटकको निमित्त बहाल लाग्दैन वा निशुल्क नै पाईन्छ ।
त्यस्तै सास्कृतिक उत्थानको निमित्त टिकट लगाई देखाइने नाटकको हकमा भने दैनिक ने.रु. २५।– का दरले मात्र बहाल तिर्नुपर्छ । यसरी बुझाउनु पर्ने बहाल वापतको रुपैयाको ५० प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बाँकी रहेको रुपैयाँ नाटक प्रदर्शनको अवधि समाप्त भएको सात दिन भित्र बुझाउनु पर्छ ।
तर निशुल्क पाउन चाहेको भएमा तोकिएको अधिकारीलाई सामाजिक उत्थानको लागि भएको विश्वास चाही हुनुपर्छ । नाट्यशालाको वा त्यसको कुनै माल हिनामिना वा नोक्सान भए गरेमा वा गराएमा सो कुराहरूको जवाफदेही नाटक प्रदर्शन गर्ने गराउने व्यक्तिको हुन्छ ।