यातायात ब्यबस्था बिभागले उत्पादन भएको बिस बर्ष पुगिसकेका सवारी साधनहरु हटाउने प्रस्ताव गरेको छ । त्यसका लागि विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा प्रस्तावित तेश्रो संशोधन २०७३ मा यस सम्बन्धि प्राबधान थप गरि प्रस्तावित मस्यौदा तयार पार्दै मन्त्रालय पठाई सकेको छ । जुन संसदबाट पारित भएमा लागु हुनेछ ।
प्रस्तावित ऐनमा पुराना गाडीहरु हटाउने प्रावधान थप गरिएको हो । कयौँ थोत्रा गाडिहरु पनि बिना रोकतोक सडकमा गुडिरहेकोमा अब भने २० बर्ष पुराना गाडिहरु अनिवार्य हटाउनु पर्ने ब्यबस्था गरिने भएको हो। पुराना सवारी साधन पनि दुर्घटना र प्रदुषणको कारण बनिरहेका बेला यो प्रावधानले कयौँ पुराना गाडिहरु बिस्थापित हुनेछन । ऐनमा बिस बर्ष पुराना सवारी साधन पत्रु गर्नु पर्ने उल्लेख छ । दफा १४(ख) मा भनिएको छ उत्पादन भएको मितिले २० वर्ष पूरा भएका सार्वजनिक सवारी पत्रु गर्नुपर्ने छ । यसको उद्देश्य पुराना गाडीहरु विस्थापन गर्ने रहेको कार्यलयको भनाई छ ।
त्यस्तै अहीले कयौँ गाडि मालिकहरु पुराना सवारी बेच्ने र फेरी नयाँ किन्ने पनि गर्दै आईरहेका थिए । अब धेरै पुराना गाडिहहरु किनबेच पनि हुनेछैनन । ऐनको दफा १४(क) मा दर्ता, नामसारी गर्न नहुने प्राबधान पनि थप गरिएको छ । उत्पादन मितिले २० वर्षभन्दा बढि भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी नगरिने उल्लेख छ ।
उल्लेखित ब्यबस्थाहरु थप गरिएका प्रावधान हुन, जुन पुरानो ऐनमा समाबेश नै थिएनन । नयाँ प्रस्तावित ऐनमा यातायात ब्यबस्था बिभागले बिभिन्न नयाँ ब्यबस्था संगै कडा सजायँको ब्यबस्था संगै प्रस्ताव गरेको छ ।