Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

यसरी सकिन्छ रङ्गशालामा निशुल्क कार्यक्रम गर्न

36949_ori_dasarath_rangasala_stadiumरंगशालामा बिभिन्न खेलकुद लगायतका बिभिन्न कार्यक्रमहरु हेर्न प्राय मानिसहरु गएका होलान तर त्यहाँ क-कसले कार्यक्रम आयोजना गर्न पाउछ ? केके कार्यक्रमहरु आयोजना गर्न पाईन्छ ? र कसरी कुन प्रक्रिया मार्फत त्यहाँ कार्यक्रम गर्न पाईन्छ ? भन्ने चाही सबैलाई थाहा नहुन सक्छ । त्यसमा पनि रंगशालामा कार्यक्रम गर्न कति पैसा तिर्नुपर्छ होला भन्ने पनि धेरैमा जिज्ञासा हुन सक्छ । रंगशाला निशुल्क पनि प्रयोग गर्न पाईन्छ वा रंगशालामा कार्यक्रम गर्न सित्तैमा पनि पाईन्छ भन्ने जानकारी पनि धेरैलाई नहुन सक्छ ।

रंङ्गशालाबारे सबै नियमहरु रङ्गशाला (बहाल) नियम, २०१८ मा तोकिएका छन । यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय वा विदेशी जुनसुकै प्रकारको साधारण तथा प्रतियोगितात्मक खेलकूद, सैनिक रमिता, सर्कस, कसरत, संगीत, वैज्ञानिक वा साँस्कृतिक प्रदर्शन गर्न पाईन्छ ।

यस्ता जुनसुकै कार्यक्रमका प्रदर्शनको लागि अनुमति वा इजाजतपत्र लिनु पर्दछ । त्यसका लागि प्रदर्शन गरिने अवधि र समय सहीत प्रदर्शन गर्नु भन्दा कम्तीमा ७ दिन अगाडि निबेदन दिनुपर्छ । कार्यक्रम कस्तो खालको हो जस्तो राष्ट्रिय स्वास्थ्य समृद्धिको लागि वा साँस्कृतिक उत्थानको लागि टिकट लगाई वा नलगाई प्रदर्शन गरिने, अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगी सदस्य स्वरुप नेपाली रङ्शालालाई उपयोगी तुल्याउन प्रदर्शन गरिने,सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा आम्दानी जम्मा गर्नलाई प्रदर्शन गरिने र व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाई प्रदर्शन गरिने हो, उक्त कुरा पनि निबेदनमा खुलाउनु पर्छ ।

यसरी निबेदन दिएपछि अनुमतिपत्र वा इजाजतपत्र प्राप्त हुन्छ जुन तोकिएको समय र अवधिको लागि प्रयोग गर्न पाउने स्विकृति हो ।

सामान्य रुपमा कुनै पनि कार्यक्रम प्रदर्शन गरे वापत प्रतिदिन रु. ५०।– का दरले बहाल लिइने छ । यसरी जम्मा हुने सम्पुर्ण रकमको पचास प्रतिशत अग्रीम र बाकि प्रदर्शनको सकिएको ७ दिन भित्र बुझाउनु पर्ने हुन्छ । तर बाकि रकम समयमै नबुझाए सयकडा दुईका दरले थप शुल्क सहीत बुझाउनु पर्ने हुन्छ ।

तर राष्ट्रिय स्वास्थ्य समृद्धि वा साँस्कृतिक उत्थानका लागि टिकट नलगाई सार्वजनिक संस्था वा सामाजिक कार्यको निम्ती कोषमा आम्दानी जम्मा गर्नलाई कार्यक्रम वा प्रदर्शन गर्ने भएमा भने रङ्गशाला प्रयोग गर्न पैसा लाग्दैन वा सित्तैमा प्रयोग गर्न पाईन्छ ।

त्यस्तै सामाजिक हितको उद्देश्यमा पनि टिकट लगाई गरिने प्रदर्शन गरिने भएमा भने आधा शुल्क लाग्छ वा दैनिक रु. २५।– तिर्नुपर्छ । यतिमात्र होईन टिकट सहीतको कार्यक्रम गरिएको भएपनि प्राकृतिक तथा अन्य कारणबश आम्दानी भन्दा खर्च बढि भई बहाल बुझाउन नसक्ने भएमा पनि आधा रकम मिनाहा पाउन सकिन्छ वा ५० प्रतिसत बुझाए हुन्छ ।

त्यस्तै त्यहा भएका सामाग्रिहरु वा रङ्गशालाको अबस्थामा क्षति पुर्याएमा भने कार्यक्रम गर्नेले नै भएको क्षति वा हिनामिनाको क्षतिपूर्ति तिर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri