पाकिस्तानको संसदको तल्लो सदन अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाहको अधिनियमको विधेयकलाई सर्वसम्मतीले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब पाकिस्तानमा हिन्दुहरुको विवाहलाई दर्ता गर्न सकिनेछ ।
यो भन्दा पहिले हिन्दुहरुको विवाहलाई दर्ता गरिने नियम नभएकाले पास्तिानमा बसेका हिन्दु समुदायले असुरक्षित महसुस गर्ने गर्दथे ।
सोमबार यो विधेयक सदनमा पेश गरियो जसलाई सर्वसम्मतीले स्विकार गरिएको थियो ।
विधेयकको मस्यौदा अनुसार विवाह गर्दा हिन्दु जोडीको उमेर १८ वर्षभन्दा माथिको हुनुपर्नेछ । यसका साथै यदि श्रीमान् श्रीमती एक वर्ष वा सोभन्दा बढि समयदेखि अलग बसिरहेका छन् र उनीहरु आफ्नो सम्बन्ध तोड्न चाहन्छन् भने यसका लागि छुट रहनेछ ।
यसका साथै हिन्दु विधवाले पनि आफ्नो श्रीमानको मृत्युको ६ महिना पछि पुनः विवाह गर्ने अधिकार दिइएको छ ।