Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

१२ वर्षसम्म बेपत्ता भए मृत घोषित हुने

 प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ । कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था गरिएको हो । देवानी कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा केही विशेष अवस्थामा भने बेपत्ता भएको व्यक्तिलाई १२ वर्षभन्दा कम उमेरमै मृत घोषणा गर्न सकिने व्यवस्था छ ।

‘असी वर्ष उमेर पुरा भएको व्यक्ति भए ५ वर्षमा, युद्धस्थलमा खटिएको व्यक्ति भए युद्ध सकिएको चारवर्षमा र दुर्घटना भएको वायुयान, पानीजहाज या अन्य सवारी साधन भए दुर्घटना भएको तीन वर्षमा मृत्यु भएको मानिने छ,’ संसदको विधायन समितिले तयार पारेको विधेयकमा उल्लेख छ ।

कुनै व्यक्तिको दुर्घटनामा परि मृत्यु भएमा र अर्को व्इक्ति जीवित फेला नपरेमा उसलाई समेत मृत घोषणा गर्नसक्ने व्यवस्थाको प्रस्ताव छ । दुर्घटनामा एकभन्दा बढी व्यक्तिको मृत्यु भए र अन्यथा प्रमाणित नभएमा उनीहरु सबैको एकसाथ मृत्यु भएको मानिनेछ । कान्तिपुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri