Jus Nepal
बुधबार, जेष्ठ ८, २०८२ | May 21, 2025 |

मित्र राष्ट्र बिरुद्ध विद्रोहको कसुरमा यस्तो छ दण्डसजाय

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ५४ ले मित्र राष्ट्र बिरुद्ध युद्ध वा विद्रोह गर्न नहुने व्यवस्था गरेको छ । दफा ५४ को उपदफा १ मा कसैले नेपालको भूमी प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र बिरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा बिद्रोह गर्न वा सोको उद्योग गर्न पाइने छैन ।

त्यस्तै उपदफा २ मा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । व्यवस्थापिका संसदको २०७४ साल साउन २५ गते बसेको बैठकले नेपालको संविधानको धारा १११ बमोजिम यो विधेयक पारित गरेको थियो संविधानको धारा ११३ बमोजिम २०७४ असोज ३० गते राष्ट्रपति द्धारा प्रमाणिकरण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.