Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

पक्राउ पूर्जी, सूचना वा आदेश तामेल गर्दा बाधा पुर्याए कसुर ठहरिने

काठमाण्डौ: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ७५ को उपदफा १ ले समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने व्यवस्था गरेको छ । उपदफा १ मा कानून बमोजिम जारी भएको समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश तामेल गर्दा वा खानतलासी, बरामद वा नाप नक्सा वा सर्जमिन गर्दा वा वारेन्ट बमोजिम कसैलाई पक्राउ गर्दा कसैले पनि बाधा बिरोध गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाको विपरीत भए गरेको कसर अन्र्तगत उपदफा २ मा उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । भने उपदफा ३ मा १ बमोजिमको कसूर राष्ट्रसेवकले गरेको भए निजलाई तीन महिनासम्म थप कैद सजाय हुनेछ ।

व्यवस्थापिका संसदको २०७४ साल साउन २५ गते बसेको बैठकले नेपालको संविधानको धारा १११ बमोजिम यो विधेयक पारित गरेको थियो संविधानको धारा ११३ बमोजिम २०७४ असोज ३० गते राष्ट्रपति द्धारा प्रमाणिकरण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri