के हो एकल संक्रमणीय मत प्रणाली ?
विवादमा रहेको एकल संक्रमणीय निर्वाचन प्रणाली निर्वाचन प्रणाली मध्येको झन्झटिलो प्रणाली हो । २०४७ सालको संविधान अनुसार राष्ट्रिय सभामा ३५ जना संसद एकल संक्रमणीय प्रणालीबाट चयन गर्ने व्यवस्था थियो । सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय प्रणालीमा प्रदेश सभा र स्थानीय तह गरी २०५६ मतदाता हुने छन् । प्रदेश सभाको मत भार ४८ हुने छ भने स्थानिय तहको मत भार १८ हुने छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख उपप्रमुखले मतदात गर्न पाउने छन् । यो प्रणालीमा मतदाताले उम्मेदवारहरुलाई प्राथमिकताको आधारमा मत दिन्छन । । यो गणितिय सुत्रका आधारमा कोटा तोकिएको छ ।
के छ संवैधानिक व्यवस्था
संविधानको धारा ८६ मा राष्ट्रिय सभामा ५९ सदस्य हुने व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यक ८ जना सहित ५६ जना सांसद चुनिने प्रावधान रहेको छ ।