काठमाण्डौ: कर्मचारी समायोजन ऐन, २०७४ ले सरकारी सेवा र अन्य सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको हो । यो ऐन २०७४ साल असोज २९ गते प्रमाणीकरण भएको हो ।
कर्मचारी समायोजनको आधारहरु निम्न रहेका छन ।
(१) दफा ६ बमोजिम कर्मचारी समायोजन गर्दा साविकमा कार्यरत सेवा, समूह तथा उपसमूहको पदसँग मिल्दो सङ्घ, प्रदेश वा स्थानीय तहको पदमा देहायका प्राथमिकताको आधारमा गरिनेछ ।
कार्यरत पदको ज्येष्ठता, कर्मचारीले रोजेको सङ्घ, प्रदेश वा स्थानीय तह, हालको स्थायी बसोबासको ठेगाना र सो नखुलेमा नागरिकताको
प्रमाणपत्रमा उल्लिखित ठेगाना ।
(२) उपदफा (१) बमोजिम कर्मचारी समायोजन गर्दा कर्मचारीको छनौटका आधारमा सम्भव भएसम्म पति पत्नीलाई एकै स्थानमा पर्ने गरी सङ्घ, प्रदेश वा स्थानीय तहमा समायोजन गरिनेछ । तर उपदफा (२) बमोजिम समायोजन गर्दा कर्मचारीलाई उपदफा (१) बमोजिमका समायोजनका आधारभन्दा फरक ढङ्गले समायोजन गरिने छैन ।
ऐनको पुर्ण पाठ पनि पढ्नुहोला
[gview file=”http://nepalkanoon.com/wp-content/uploads/2018/05/कर्मचारी-समायाेजन-एेन-2074.pdf”]