काठमाण्डौ: नेपाल सरकार आपुर्ति मन्त्रालय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता वर्गहरुको हितको लागि सुचनामार्फत अनुरोध गरेको छ । नेपालमा हरेक क्षेत्रमा ठगिने र तोकिएको मुल्य भन्दा वढि रकम तिरेरे पनि गुणस्तरिय सामान प्रयोग गर्न नपाईरहेको समयमा विभागले उपभोक्ताहरुलाई उक्त जानकारी गराएको हो ।
उपभोक्ता वर्गमा अनुरोध
१. कारोवार स्थलमा साईनवोर्ड, मुल्य सुची भए नभएको हरौ, साथै प्याकिङ्गमा अधिकतम खुद्रा मुल्य MRP भए नभएको हेरौ ।
२. लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, उत्पादन मिति, उपभोग्य मिति हेरेर मात्र सामानको खरिद गरौ ।
३. उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट गरेको वा पुनः लेबलिङ गरेको वस्तु खरिद नगरौ ।
४. वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डारण विधि, उपभोग गर्ने तरिका उल्लेख छ/छैन हेरौ ।
५. औषधि तथा औषधिजन्य पदार्थहरुको प्याकिङ्गमा उपभोग्य मिति र प्रयोग गर्ने तरिका छ/छैन हेरौ ।
६. सामान खरिद गर्दा विल पाँउनु उपभोक्ताको अधिकार हो । वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा एब्ल् वा भ्याट बिल लिने गरौ ।
७. अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको विक्री वितरण भएमा स्थानिय प्रहरी कार्यलय वा जिल्ला प्रशासन कार्यलय वा वाणिज्य कार्यलय वा यस विभागमा उजुरी गरौ ।
८. कमसल उपभोग्य वस्तु तथा सेवाको प्रयोगबाट कुनै हानी नोक्सानी भएमा सम्बन्धित जिल्ला क्षतिपुर्ति समिति (जिल्ला प्रशासन कार्यलय) मा उजुरी गरौ ।
९. व्यवसाय दर्ता गरेको व्यवसायिसँग मात्र सामान खरिद गर्ने बानी बसालौ ।
साथै विभागले उपभोक्ता हित विपरीत कुनै कार्य भएको थाहा भएमा नागरिक खबरदारी गरौ वा यस विभागको टेलिफोन नम्वर ०१-४२५२१८४/४२४८१९५, टोल फ्रि नं. ११३७, प्याक्स नम्वर: ४२६०५३६, इमेल: info@dsmpci.gov.np मा जानकारी दिन अनुरोध गरेको छ ।
हरेक क्षेत्रमा देखिएका अनियमितता र अपारदर्शीताका कारण आजित वनेका उपभोक्तालाई सरकारको यो कार्यले ठुलो राहात पुग्ने देखिएको छ । जसमा उपभोक्ताको भुमिका प्रत्यक्ष र परोक्ष ढंगले प्रभावकारी रहनु जरुरी रहेको छ । परिणमस्वरुप अनुसन्धान एवं कार्य सम्पादनमा थप सहजता हुने देखिन्छ । सरकारले जारी गरेको उक्त जानकारी जानकारी मात्रै सिमीत नभई प्रभावकारी र सेवामुखी बनाँउने कुरामा उपभोक्ताको साथ पनि त्यतिकै जरुरी रहेको छ । यहाँ उपभोक्ता स्वयंले पनि गलत काम र विषयका विरुद्ध आवाज उठाई आफुले पाएको हक र अधिकारको पुर्ण रुपमा प्रयोग र पालना गर्नु जरुरी रहेको छ ।