Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

उत्पादक र विक्रेताले दायित्व पुरा नगरे १४ वर्ष कैद र पाँच लाख जरिवाना

काठमाण्डौ: नेपाल सरकार आपुर्ति मन्त्रालय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता वर्गहरुको हितको लागि सुचनामार्फत अनुरोध गरेको छ । नेपालमा हरेक क्षेत्रमा ठगिने र तोकिएको मुल्य भन्दा वढि रकम तिरेरे पनि गुणस्तरिय सामान प्रयोग गर्न नपाईरहेको समयमा विभागले  उत्पादक र विक्रेता वर्गहरुमा उपभोक्तावर्गहरुलाई दिने सेवा सुविधा र उत्पादनका विषयमा मापदण्ड निर्धारण गरेको छ ।

उत्पादक र विक्रेता वर्गमा अनुरोध
१. सम्बन्धित निकायमा व्यवसाय दर्ता गरेर मात्र कारोवार सुरुवात गरौ ।
२. उत्पादकले आफुलु उत्पादन गरेको उपभोग्य वस्तुको लेवलमा निम्न कुराहरु नेपाली वा अंग्रेजी भाषामा अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ ।

  • उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्वर प्रष्टसँग उल्लेख हुनुपर्ने ।
  • खाद्य पदार्थ र औषधि तथा औषधिजन्य वस्तुको निर्माणमा प्रयोग भएका तत्वहरुको मिश्रण, त्यसको परिमाण र तौल (कुल तौल र खुद तौल) ।
  • गुणस्तर निर्धारण भएका उपभोग्य वस्तुमा वा सो वस्तुको गुणस्तर÷गुणस्तर प्रमाण चिन्न ।
  • उपभोग्य वस्तुको अधिकतम खुद्रा मुल्य, ब्याच नम्वर, उत्पादन मिति र उपभोग्य मिति ।
  • उपभोग्य वस्तु उपभोग गर्ने तरिका, प्रयोग गर्दा हुन सक्ने प्रभाव र अपनाउनुपर्ने सावधानी ।
  • तुरुन्त खान मिल्ने पदार्थ र दुधजन्य पदार्थको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञापत्रको दर्ता नम्वर ।
  • इलेक्ट्रोनिक हार्डवेयर तथा यान्त्रिक सामानहरुको वारेन्टी तथा ग्यारेन्टीका शर्त विवरणहरु एवं ग्यारेन्टी मिति र आवाश्यक अन्य विवरणहरु ।
  • सेवा प्रदायकले प्रदान गर्ने उपभोग्य सेवाको शुल्क, अवधि, समय, तरिका र अन्य आवश्यक विवरणहरु ।
  •  प्रज्वलिनशिल दुर्घटनाजन्य वा सजिलै सँग टुटफुट हुन सक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाँउनु पर्ने कुराहरु ।

३. कारोवार स्थलमा सबैले देख्ने गरि साईनबोर्ड राखौ ।
४. बिक्रेताले उपभोग्य वस्तुको थोक र खुद्रा मुल्य प्रष्ट रुपमा अंकित मुल्यसुची विक्रिस्थलमा सवैले देख्ने ठाँउमा राख्नु पर्नेछ ।
५. सम्पुर्ण उत्पादक, वितरक तथा विक्रेताहरुले म्याद नाघेका र टुटफुट भएका सामानहरु एउटा छुट्टै क्षेत्र (Expire Zone) मा राखी विक्रिका लागि होइन (Note for Sale) भन्ने सुचना उक्त स्थानमा राख्नु पर्नेछ ।
६. कसैले माग आपुर्ति वा मुल्यमा प्रतिकुल प्रभाव पर्ने कार्य गरेमा उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख नगरेमा, उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तु वा सेवाको उत्पादन वा विक्रि वितरण गरेमा तोकिए बमोजिमका अन्य दायित्व पुरा नगरेमा कसुरवालालाई उपभोक्ता संरक्षण ऐन २०५४ बमोजिम बढिमा १४ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

साथै विभागले उपभोक्ता हित विपरीत कुनै कार्य भएको थाहा भएमा नागरिक खबरदारी गरौ वा यस विभागको टेलिफोन नम्वर ०१-४२५२१८४/४२४८१९५, टोल फ्रि नं. ११३७, प्याक्स नम्वर: ४२६०५३६, इमेल: info@dsmpci.gov.np मा जानकारी  दिन अनुरोध गरेको छ ।

हरेक क्षेत्रमा देखिएका अनियमितता र अपारदर्शीताका कारण आजित वनेका उपभोक्तालाई सरकारको यो कार्यले ठुलो राहात पुग्ने देखिएको छ । जसमा उपभोक्ताको भुमिका प्रत्यक्ष र परोक्ष ढंगले प्रभावकारी रहनु जरुरी रहेको छ । परिणमस्वरुप अनुसन्धान एवं कार्य सम्पादनमा थप सहजता हुने देखिन्छ । सरकारले जारी गरेको उक्त जानकारी जानकारी मात्रै सिमीत नभई प्रभावकारी र सेवामुखी बनाँउने कुरामा उपभोक्ताको साथ पनि त्यतिकै जरुरी रहेको छ । यहाँ उपभोक्ता स्वयंले पनि गलत काम र विषयका विरुद्ध आवाज उठाई आफुले पाएको हक र अधिकारको पुर्ण रुपमा प्रयोग र पालना गर्नु जरुरी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri