Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

लिखत तयार गर्दा पुर्याउनु पर्ने रीतहरु

काठमाडौं: अदालतमा सेवाग्राहीका विवाद र मुद्धाका विषयहरुको अन्र्तगतमा रहेर दर्ता गर्न ल्याएका फिरादपत्र, प्रतिउत्तरपत्र, मुद्दाको रुपमा कारवाही हुने निवेदनपत्र, लिखित जवाफ र अन्य निवेदनपत्रहरू तोकिएको मापदण्डमा रहेर तयार गर्नेपर्छ ।  उक्त निवेदनहरु तयार गर्दा रित पुरयाई गर्नुपर्दछ नत्र अदालतले दर्ता गर्ने छैन । जसका लागि जिल्ला अदालत नियमावली २०५२ को परिच्छेद ४ ले लिखतमा पुरयाउनु पर्ने रीतसम्बन्धी कुराहरूको व्यवस्था गरेको छ । जो निम्न रहेका छन ।

(क) फुलिस्केप आकारको नेपाली सादा कागजमा बायाँतर्फ पाँच सेन्टिमीटर किनारा छोडिएको, पहिलो पृष्ठमा शिरतर्फ दश सेन्टिमीटर ठाउँ छोडिएको र एक पृष्ठमा बत्तीस पंक्तिमा नबढाई कागजको एकापटिृ मात्र पक्की कालो मसीले स्पष्ट वुझिने गरी लेखिएको, टाईप गरिएको वा मुद्रण गरिएको हुनुपर्दछ ।

(ख) प्रत्येक लिखतमा लिखत दर्ता गर्न ल्याउनेको नाम, थर, ठेगाना, उमेर र त्यस्तो लिखतमा विपक्षी बनाइएको प्रत्येक व्यक्तिको नाम,थर, गाउँ विकास समिति वा नगरपालिका, वडा नं।, गाउँ टोल मार्गको नाम, टेलिफोन नम्वर, प्याक्स नम्वर, ईमेल ठेगाना, कुनै कार्यालयमा काम गर्ने कर्मचारी भए सो कार्यालयको नाम, पद र कार्यालय रहेको स्थान भएसम्म व्लक नं. र सजिलैसँग फेला पार्न सकिने परिचयात्मक विवरण तथा अर्काको घरमा डेरा गरी बसेको भए घरधनीको नामसमेत खुलेको ठेगाना र थाहा भएसम्म तिनीहरूको उमेर र बाबुको नाम र विवाहित महिला भए पतिको नाम समेत उल्लेख हुनुपर्दछ ।

(ग) लिखत दर्ता गर्न ल्याउने प्रत्येक व्यक्तिले प्रत्येक पृष्ठको शिर पुछारमा छोटकरी दस्तखत गरी आखिरमा लेखात्मक तथा ल्याप्चे सहिछाप समेत गरेको हुनुपर्दछ । तर, लेखपढ गर्न नजान्नेका हकमा ल्याप्चे सहिछाप मात्र गरेको भएपनि रीतपूर्वक भएको मानिनेछ ।

(घ) कुनै कानून व्यवसायीले लिखतको मस्यौदा गरेको भए त्यसको बायाँपटिृ किनारामा निजले मस्यौदा गरेको भनी र लिखत दर्ता गर्न ल्याउने व्यक्तिबाहेक अरुले मस्यौदा गरेको भए, यो लिखतको मस्यौदा मैले गरेको हुँ मैले घुस, कीर्ते, जालसाजीमा सजाय पाएको छैन भनी आफ्नो पूरा नाम, थर, ठेगाना उल्लेख गरी लिखतको पहिलो पृष्ठको बायाँ किनारामा त्यस्तो मस्यौदा गर्ने व्यक्तिले दस्तखत गरेको हुनुपर्दछ ।

(ङ) लिखतको आखिरी प्रकरणमा, यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झूठा ठहरे कानूनबमोजिम सहुँला वुझाउँला भन्ने वाक्य रहेको हुनुपर्दछ ।

(च) खण्ड (ङ) मा उल्लिखित वाक्यमुनि दाँया किनारामा लिखत दर्ता गर्न ल्याउने व्यक्तिले हस्ताक्षरको सही र ल्याप्चेसही गर्नुपर्छ । त्यसको मुनि लिखत दर्ता गर्न ल्याएको साल, महिना, गते र बार उल्लेख गर्नुपर्दछ ।

लिखतमा विषयहरू सिलसिलेवार रुपमा प्रकरण छुट्याई उचित र संयमपूर्ण भाषामा लेखिएको हुनुपर्दछ, लिखतको पेटबोलीमा परेका प्रत्येक व्यक्तिको नाम, थर, ठेगाना र आवश्यक अन्य परिचयात्मक विवरण खुलेको हुनुपर्दछ,  लिखतमा उल्लिखित प्रत्येक ठाउँको पूरा विवरण हुनुपर्दछ, लिखत दर्ता गर्न ल्याउने वा अदालतमा कागज गर्न आउने कुनै पनि व्यक्तिले आफ्नो नाम, थर वतन यकीन खुलेको नागरिकता वा अन्य कुनै प्रमाण पेस गर्नुपर्दछ । तर सोसम्बन्धी प्रमाण एक पटक पहिले पेस भई मिसिल संलग्न रहेको अवस्थामा पटक पटक पेश गर्नुपर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri