काठमाण्डौ: हरेक जसो अदालतमा मुद्दा प्रक्रियामा हुने काम कारवाहीलाई नियमित, व्यवस्थित र नियन्त्रित बनाई मुद्दाको काम कारवाही प्रक्रियालाई प्रभावकारी एवम् अनुमानयोग्य बनाउन मुद्दाका पक्ष, कानून व्यवसायी, सरकारी वकिल लगायतको उपस्थितिमा न्यायाधीशसमक्ष हुने छलपलको व्यवस्थापन नै प्रारम्भिक सुनुवायी व्यवस्थापन हो ।
– मुद्दाको कारवाहीलाई छिटोछरितो र अनुमानयोग्य बनाउने,
– मुद्दाको समग्र कारवाही र सुनुवाइलाई प्रभावकारी एवम् उद्देश्यमूलक बनाउने,
– मुद्दाको काम कारवाहीमा मुद्दाका पक्ष तथा कानून व्यवसायीको सहयोग र समन्वयमा अभिवृद्धि गर्ने,
-मुद्दामा कुनै पक्षको प्रतिनिधित्वका लागि वैतनिक कानून व्यवसायीको सेवा (कानूनी सहायता) आवश्यक पर्ने भए सोको व्यवस्था गर्ने,
-मुद्दामा विवादित विषवस्तुको पहिचानमार्फत विवादको दायरालाई सिमाङ्कन गरी मुद्दाको काम कारवाहीलाई निश्चित बनाउने ।
प्रारम्भिक सुनुवाइ मूलभूत विषयहरू
प्रारम्भिक सुनुवाइ छलफलमा गरिने कार्यहरूमा विवादित प्रश्नहरू पत्ता लगाउने, मुद्दामा मेलमिलाप वा विवाद समाधानका अन्य वैकल्पिक उपायहरूको अवलम्बन, वादी प्रतिवादीबाट आवश्यक ठानेका जानकारी वा विवरणहरू प्रस्तुत गर्ने र एकअर्को पक्षलाई जानकारी गराउने, मुद्दाको कार्यतालिका निर्धारण गर्ने लगयतका विषहरु पर्दछन । प्रारम्भिक सुनुवाइ व्यवस्थापनका मुख्य मूलभूत कार्यहरू निम्न रहेका छन । मेलमिलापको सम्भावनाको खोजी गर्ने र बुझ्नुपर्ने प्रमाणहरूको पहिचान र प्रमाण बुझ्ने आदेश गर्ने
प्रारम्भिक सुनवायी के हो ?
प्रारम्भिक सुनवायी गर्दा निम्न उद्देश्य केन्द्रित हुनुपर्दछ । प्रारम्भिक सुनुवाइ पेसी अन्र्तगत देवानी मुद्दामा दुवै पक्षको तारिख मिलानपछि र फौजदारी मुद्दामा सबै प्रतिवादी चुक्ता भएपछि वा चुक्ता हुने अवधि नाघेपछि मुद्दामा मुख नमिलेको कुरा यकिन गरी बुझ्नुपर्ने प्रमाण यकिन गरी प्रमाण सङ्कलन र परीक्षणको आदेशको लागि, मुद्दाका पक्ष तथा कानून व्यवसायीसँग मुद्दाको कारवाही र प्रकृयाका बारेमा छलफल गरी आवश्यक्ता अनुसार समय तालीका निर्धारण गर्न तथा मेलमिलापको सम्बन्धमा मुद्दाका पक्षहरुसँग छलफल गर्ने लगाएतको कामको लागि पहिलो पटक इजलाससमक्ष पेस गर्ने कार्यलाई प्रारम्भिक सुनुवाइ पेसी भनिन्छ ।
मुद्दाको प्रारम्भिक सुनुवाइको लागि पेसीमा चढाउदा निम्न कुरामा विचार पुर्याउनुपर्दछ
-सबै प्रतिवादीहरू चुक्ता भैसकेको वा निजहरूको हाजिर हुने अवस्थाको बारेमा
-कुनै प्रतिवादीको म्याद थाम्ने थमाउने अवधि बारेमा
-हाजिर नहुने प्रतिवादीको म्याद रीतपूर्वक तामेल
अन्तिम सुनुवाइ पेसी
मुद्दामा प्रारम्भिक पेसीमा भएको आदेश अनुसारका कार्यहरू सम्पन्न गरी मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने कार्यलार्ई अन्तिम सुनुवाइ पेसी भनिन्छ । मुद्दामा बुझ्नुपर्ने प्रमाण बुझिसकेपछि फैसला वा अन्तिम आदेशको लागि मुद्दा इजलाससमक्ष पेस हुन्छ ।
-मुद्दामा अन्तिम सुनुवाइको गर्दा निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।
-मुद्दामा आदेशानुसारका सबै कार्यहरू सम्पन्न हुनुपर्ने ।
-मुद्दाको कुनै पक्ष उपस्थित नभएको र थाम्ने थमाउने अवधि बाँकी भएमा मुद्दा पेसीमा चढाउनु हुँदैन ।
-मुद्दामा पेसी तारिख तोक्नासाथ सफ्टवयरमा अपडेट गर्नेपर्दछ । थुनुवा, वृद्ध आदि अग्राधिकार जनाउनुपर्ने भएमा सो कुराको जानकारी दिनुपर्दछ ।
-सरकारवादी मुद्दामा पेसीको सूचना सरकारी वकिल र प्रतिवादी थुनामा रहेको भए मुद्दा पेसीमा चढाएको भोलिपल्टै जानकारी दिनुपर्दछ । -असमर्थ पक्ष वा थुनामा रहेको पक्षको तर्फबाट वैतनिक कानून व्यवसायीको सेवा प्रदान गर्नुपर्नेमा वैतनिक वकिललाई पनि पेसीको सूचना तत्काल दिनुपर्दछ ।