Jus Nepal
बुधबार, असार ४, २०८२ | June 18, 2025 |

चिकित्सा शिक्षा विधेयक २०७५: सम्वन्धन र खारेजी सम्वन्धी यस्ता छन व्यवस्था

काठमाण्डौ: राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले मेडिकल कलेजको सम्वन्धन र सम्वन्धन खारेजी सम्वन्धी यस्ता व्यवस्था गरेको छ । विश्व विद्यालयले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनैपनि शिक्षण संस्थालाएई सम्वन्धन दिन नपाँउने । यदि नेपालमा सन्चालन नभएका नयाँ शैक्षिक कार्यक्रम सन्चालन गर्न आवाश्कयक प्राज्ञिक तथा भौतिक पुर्वाधार तथा व्यवस्थापकिय क्षमता भएक शिक्षण संस्थाहरुलाई भने उक्त कार्यक्रम सन्चालन गर्नका लागि आयोगको सिफारीसमा सम्वन्धित विश्वविद्यालयले सम्वन्धन दिन सक्ने व्यवस्था गरेको छ ।

त्यसै गरि विश्वविद्यालयले एक जिल्लामा एक भन्दा वढि मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्वन्धन दिन भने नपाँउने उल्लेख गरेको छ । तर जनसंख्या, उपलव्ध शिक्षण संस्था, भागोलिक विशिष्टता, स्वास्थ्य सेवामा नागरीको पहुँच तथा सामाजिक न्याय समेतर्ला मध्यनजर गरि आयोगले उपयुक्त ठानेको खण्डमा जिल्लामा एक भन्दा वढि मेडिकल कलेज वा डेन्टल अस्पताल खोल्न लागि सम्वन्धन पाँउनेछन ।

निम्न अवस्थामा विश्वविद्यालयले शिक्षण संस्थालाई सम्वन्धन नदिने व्यवस्था गरेको छ ।

प्रचलित कानून बमोजिम लिएको आशयपत्रमा उल्लेखित शर्तहरु पुरा नगरेको, अस्पताल सन्चालन सम्वन्धमा प्रचलित कानून बमोजिम स्विकृती लिई आफ्नै अस्पताल पुर्ण रुपमा सन्चालन गरेको, आयोगले तोकेको मापदण्ड पुरा नगरेको र प्रचलित कानून बमोजिम पुरा गर्नु पर्ने अन्य शर्त र मापदण्ड पुरा नगरेको अवस्थामा सम्वन्धन नलिदने व्यवस्था गरेको छ ।

त्यस्तै गरि एनेको दफा १४ ले सम्वन्धन खारेजीको व्यवस्था गरेको जसमा निम्न कुराहरु समावेस गरिएका छन । निर्धारीत भन्दा वढि शुल्क लिएका, आयोगले निर्धारण गरे बमोजिम सिट संख्या सम्वन्धि मादण्डको उल्लघन गरेमा, आयोगले दिएको निर्देशन वारम्वार उल्लघन गरेका र ऐन बमोजिम निर्धारण गरिएको मापदण्ड पुर नगरेको खण्डमा सम्वन्धन खारेजी हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.