Jus Nepal
बुधबार, जेष्ठ ८, २०८२ | May 21, 2025 |

जाहेरी दरखास्तको अव अभिलेख राख्नु पर्ने

काठमाण्डौ: फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, दायरी, कारबाही, सुनुवाई र किनारा तथा सोसँग सम्बन्धित अन्य कार्यविधि र त्यस्ता मुद्दामा भएको फैसला कार्यान्वयन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको छ ।

ऐनका दफा २८ मा जाहेरी दरखास्तको अभिलेख राख्नु पर्ने व्यवस्था गरिएको छ । उपदफा १ मा पक्राउ परेको ब्यक्तिलाई दफा १४ को उपदफा ३ बमोजिम हिरासतमा राख्ने अनुमतिको लागि अदालत समक्ष निवेदन दिँदा प्रहरी कार्यालय वा अनुसन्धान अधिकारी समक्ष परेको जाहेरी दरखास्त वा दिएको सूचनाको एक प्रति अनुसन्धान अधिकारीले सरकारी वकिल मार्फत मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ । त्यसै गरि उपदफा २ मुद्दा हेर्ने अधिकारीले उपदफा १ बमोजिमको दरखास्त वा सूचनाको छट्टै अभिलेख राख्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.